आइतबार साँझ ५ बजेतिर त्रिशूलीमा कारसहित खसेर वेपत्ता घिमिरेको अहिलेसम्म अत्तोपत्तो नलागेका बेला उनकै मोबाइलबाट फोन आएपछि दुर्घटनास्थलमा मानिसहरुलाई आश्चर्यमा पारेको हो ।
चितवनका प्रहरी प्रमुख एसपी कुँवरका अनुसार उनको मोबाइलमा बिहान ९ बजेर २२ मिनेट जाँदा घिमिरेको मोबाइलबाट फोन आएको थियो । झण्डै १० सेकेण्ड घण्टी बजेपछि फोन काटिएको थियो । यसअघि कुँवरको घिमिरेसँग कुराकानी हुने गरेको थियो । तर, पछिल्लो फोन नउठाउँदै काटियो । एसपी कुँवरले फोन कलब्याक गर्न खोज्दा घरी लाग्ने, तर नउठ्ने घरी फोन नलाग्ने भयो ।
त्रिशूलीमा बेपत्ता घिमिरेको मोबाइलबाट फोन आएपछि अचम्म परेका एसपी कुवँरले चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहलाई जानकारी गराए ।
त्यसपछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा एसपी कुँवरको नेतृत्वमा एक टोली त्रिशुली नदी किनारमा खोजीका लागि गयो । खोज्दै जाँदा बेपत्ता घिमिरेको मोबाइल किनारमा च्यापिएको अवस्थामा फेला पर्यो ।
घिमिरेको मोबाइल च्यापिएकाले आफै फोन डायल भएर एसपी कुँवरलाई फोन गएको हुन सक्ने अनुमान प्रमुख जिल्ला अधिकारी सिंहले गरे । उनले भने- ‘फोन च्यापिएको अवस्थामा फेला पर्यो । आफै डायल भएर एसपी सापलाई फोन गएको हुनसक्छ । यसबारे थप अनुसन्धान हुँदैछ ।’
प्रमुख जिल्ला अधिकारी सिंहका अनुसार दुर्घटनामा परेर त्रिशुली नदीमा बेपत्ता भएका घिमिरेसहित तीन जनाको खोजी कार्य जारी छ ।
No comments:
Post a Comment