Wednesday, September 21, 2016

सुत्नुभन्दा अगाडी भुलेर पनि नखानुहोस् यि खानेकुराहरु

foods khana

एजेन्सी । हामीले दिउँसो र राती के र कस्तो खाना खान्छौँ त्यसले हाम्रो जीवनमा प्रत्यक्ष अर्थ राख्छ । कतिपय खानाहरुले दिउसो खाँदा राम्रो गर्छन् भने कतिपयले रातीमा खाँदा राम्रो गर्छन् । तर कतिपय दिउसो खाएका खानेकुरा राती खाँदा त्यसको असर लामो समयसम्म पर्छ । खानेकुराहरु जसमा उच्च मात्रामा क्यालोरी, फ्याट हुन्छ ति खानाहरु रातीमा नखाँदा नै उत्तम हुने चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार यदी त्यस्ता खानेकुराहरु सुत्नुभन्दा अगाडी खाएको खण्डमा तपाई राम्रोसँग निदाउन सक्नुहुन्न ।

पिज्जामा धेरै क्यालोरी हुन्छ । यसमा उच्च मात्रामा फ्याट्स हुने हुँदा यो रातीमा खानु अत्यन्तै घातक मानिन्छ ।

तर उमालेको अण्डा भने रातीमा खाँदा फाइदा नै पुगछ । जसले मसल्स बनाउन मद्धत गर्छ ।

पास्तामा पनि धेरै कार्बोहाइडेट हुने हुँदा राती सुत्नुअघि यो खाएको खण्डमा यसले तपाईको शरीरमा बढी फ्याट संचीत गर्छ । जसले रातीमा तपाईलाई अप्ठ्यारो पार्न सक्छ ।

चकलेटहरुमा बढी क्यालोरी हुने हुँदा रातीमा खानु हुँदैन ।

सुत्नुभन्दा अगाडी चाउचाउ खाँदा यसले ठूलो असर गर्दैन । तर सुत्नुअघि धेरै खुर्सानी खानु पनि घातक मानिन्छ । जसले निन्द्रा मात्रै बिर्गादैन यसले बिहानीपख चर्पी बस्ने बेलामा समेत गुद्धार पोल्छ ।

सुत्नुअघि भेजीटेवल सुप खानु उचित मानिन्छ । तर सुत्नुअघि दुध खानु घातक मानिन्छ । सुगरमा फ्याटको मात्रा बढी हुने हुँदा यसले सुगर निम्त्याउन सक्छ । अझ सुगरका बिरामीले त दुध भुलेर पनि खानु हुँदैन ।

त्यस्तै सुत्नुभन्दा अगाडी मासु खानुलाई पनि राम्रो मानिदैन । यि कुराहरु भुलेर पनि सुत्नु अगाडी नखान चिकित्सकहरुले सुझाएका छन् ।

धेरै राम्री हुनु पनि अबिसाप नै रहेछ ,त्यस्तै एक बेलायती सुन्दरी औधी राम्री भएकै कारणले प्रेमी भेटीनन्

सुन्दरता कस्लाई पो मन पर्दैन र ? तर औधी सुन्दरताका कारण यि सुन्दरीले भोगेको पिडा सुन्दा जो कोही पनि छक्क पर्छन् । धेरे राम्री भएकै कारण २२ वर्षीया हन्नाह ग्रेगोरीलाई सबैले गुडीयाका रुपमा हेर्छन् । सामाजिक संजालमा हजारौँ फलोअर्स भएकी बेलायतकी ग्रेगोरीलाई औधी राम्री भएका कारण बेबी डल नामले बोलाउँछन् आफन्त र साथीभाई । आँखामा कृतिम लेन्स लगाउँछिन् । तर उनी जति सुन्दर छिन् उति नै दुखी छन् । कारण धेरै राम्री भएकैले हन्नाह ग्रेगोरीले अहिलेसम्म प्रेमी भेटेकी छैनन् । यति राम्री भएर पनि हन्नाह ग्रेगोरीलाई केटाहरुले बार्बी लुकका कारण घुम्न संकोच मान्ने गरेकाले उनी दुखित बन्दै आएकी छिन् । हन्नाह जब घर बाहिर निस्किन्छिन् तब उनलाई देखेर गिज्याउने हरुको लर्को नै लाग्छ । त्यसैले पनि उनको परिवारका सदस्य समेत उनीसँग हिँड्न मान्दैनन् ।@एजेन्सी ।
2016-02-11_1542
2016-02-11_1542_001

लाख बढी मुल्य पर्ने आइफोन ७, कति रुपैयाँमा बन्छ ?

हालै एप्पलले नयाँ आइफोन सार्वजनिक गरेको छ। यसबारे मिश्रित प्रतिक्रिया आइरहेका छन्। खासगरी आइफोनको मूल्य सधैँ चर्चामा आउँछ। हालै सार्वजनिक गरिएको आइफोन सेभेन एक लाख रुपैयाँभन्दा बढी पर्छ।
107814864_the_apple_iphone7_and_airpods_are_displayed_during_an_apple_media_event_in_san_francisco_c-large_transdnlujdsj-bduoidvkvevwcxqszajogygbic1-5m7moa

यति महँगो मूल्य पर्ने फोनको निर्माण गर्दा कति खर्च लाग्छ होला भन्नेबारे जान्ने इच्छा धेरैलाई हुन्छ।

अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार आइफोन सेभेनको ३२ जीबी संस्करण बनाउन २२४.८० अमेरिकी डलर अर्थात्  करिब २४ हजार रुपैयाँ पर्छ। त्यस्तै आइफोन सिक्स एस बनाउन १८७.९१ डलर लाग्छ।

आइफोन सिक्स एसको तुलनामा सेभेन बनाउँदा बढी खर्च लाग्नुको कारण हेडफोन ज्याक हटाइएकाले हो।

आइफोन सेभेन ३२ जीबी मोडलको ६४९ डलर पर्छ। यस हिसाबले हेर्दा कम्पनीलाई एक सेट बेच्दा ४२४ डलर नाफा हुन्छ। १८९ प्रतिशत नाफा कम्पनीले लिएपनि यसमा अनुसन्धान, विज्ञापन, कार्यक्रम लगायतका अन्य खर्च समावेश गरिएको हुँदैन।

यसलाई आधिकारीक र ठ्याक्कै यति नै हो भनेर किटान भने गर्न नसकिने अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन्।

‘भद्र राजा, हठी रानी’

राजतन्त्रको अन्त्यसँगै दरबारमा कार्यरत अधिकारीहरूको संस्मरणात्मक पुस्तक निस्कने क्रम बढेको छ । दरबारभित्रको गुह्य कुरा खासै खोल्न नसकेका यी पुस्तकहरूमा तत्कालिन राजा–रानीलाई हेर्ने दृष्टिकोण चाहिँ के पाइन्छ त ?

श्रावण २९, २०७३- दरबारमा ३५ वर्षे दीर्घसेवामा संलग्न रेवतीरमण खनाललाई दरबारभित्र संकलित दृश्य ‘सिलबन्दी’मा राख्नुपरेन । राजतन्त्र र दरबार यथावत् रहेको भए उनको अनुभूति ‘सिलबन्दी’मै सीमित रहन्थ्यो, कम्तीमा उनको जीवनभर । राजतन्त्र हुँदा ‘दरबारका कुरा’ बाहिर ल्याउनु भनेको विध्वंस निम्त्याउनुसरह हुन्थ्यो । खनालले भूमिकामा लेखेको एक वाक्य काफी छ, ‘लेखेर गोप्य सिलबन्दी गरेर राख्छु । मेरो शेषपछि प्रकाशित गरे हुन्छ ।’ ‘जाने दरबार नजाने तरबार’को स्कुलिङमा हुर्किएकाहरूले जिउँदै छँदा ‘दरबारका कुरा’ लेख्न सक्ने अवस्था थिएन । तर लोकतन्त्र बहालीसँगै राजतन्त्र समाप्त भयो । ‘सिलबन्द’ अनुभवका पोका आफैंलाई खोल्ने अवसर मिल्यो, खनाललाई । उनले भर्खरै त्यसलाई पुस्तकका रूप दिए ‘अनुभूति र अभिव्यक्ति ।’ ‘सिलबन्द अनुभव’मा केही थप र परिमार्जन गरी प्रकाशित गरेका हुन् उनले ।  दरबारका ‘गोप्य विषय’ बाहिर ल्याउने मामलामा राजा वीरेन्द्रका शाही पाश्र्ववती र ज्ञानेन्द्रका सैनिक सचिव विवेककुमार शाहले बाजी मारिसकेका थिए, २०६७ मै । दरबार–सेनाका पोका–पन्तुरा खोल्ने क्रमको सुरुआत उनै सैन्यसचिव शाहबाट भएको हो, ‘मैले देखेको दरबार’ मार्फत् । महेन्द्र र वीरेन्द्र दुवैले मन पराएका ‘काजी’ ईश्वरीमान श्रेष्ठले २०७० मा दरबारभित्रका केही तथ्यहरू सामेल गरी ‘आत्मकथा’ सार्वजनिक गरेका थिए । दरबारका कुरा लेख्नेमा खनाल तेस्रा पात्र हुन् । त्यसो त, पञ्चायती राजनीतिक हस्ती नवराज सुवेदीको २०६९ मा प्रकाशित पुस्तक ‘इतिहासको एक कालखण्ड’मा दरबारभित्रका केही दृश्य सामेल छ । ईश्वरीमान श्रेष्ठ– जसले ४० वर्ष राजदरबारभित्र बिताए– काजीको दर्जा प्राप्त गर्ने सपना पूरा गरी बाहिरिएका थिए । २००८ मा दरबार प्रवेश गरी २०४८ मा बाहिरिएका यिनले तीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रको सहयोगी भई काम गरे । खनाल भने मुलुकमा पञ्चायती व्यवस्था आगमनसँगै २०१७ फागुन १५ मा जनसम्पर्क अधिकृतको जागिरसँगै दरबार प्रवेश गरेका थिए । २०५२ वैशाख १ मा राजप्रासाद सेवाको प्रमुखसचिवको जिम्मेवारी पूरा गरी अवकाश लिएका हुन् उनले । शासकीय शक्ति खेलाउने ‘दरबार–सेना’ दुवैका विषयबारे कमै मात्र तथ्यहरू बाहिर आउँथ्यो, पञ्चायत र संसदीय कालखण्डभरि । दरबार–सेनाजस्ता रहस्यमय शक्तिकेन्द्रबारे बेला–बखत त्यहाँबाट चुहिएर आउने सूचनाले ‘र्‍युमर’ सिर्जना गथ्र्याे । दरबारलाई अपारदर्शी र षड्यन्त्रको शासकीय थलो ठानिन्थ्यो । पारिवारिक किचलो, सचिव–एडीसीहरू षड्यन्त्रकारी खेलले सिंहदरबार अस्थिर हुन्थ्यो । तिनै दृश्यलाई लक्षित गर्दै पञ्चायती हस्ती सूर्यबहादुर थापाले ‘भूमिगत गिरोह’ र ‘असंवैधानिक शक्ति केन्द्र’का पदावली भित्र्याएका थिए ।     अब राजतन्त्र नरहेपछि दरबारका कुरा खोतल्दै छन्, पूर्वदरबारिया कर्मचारीहरू पनि । भलै पूर्वराजदरबारका विषयमा स्वतन्त्र अनुसन्धानमूलक फेहरिस्त अझै बाहिर आएका छैनन् । त्यही कारण तिनै पूर्व कर्मचारीका संस्मरणमा चित्त बुझाउनुपरेको छ । सेनाका सबाल भने सायदै अब गोप्य रह्यो, पूर्व सेनापतिद्वय रुक्मागद कटवाल र छत्रमान गुरुङका ‘बहादुरी आत्मकथा’ बजारमा ‘हिट’ भइसकेका छन् । यसले अरू जर्साबहरूलाई आत्मकथा लेख्ने हौसला बढाएको हुनुपर्छ । तर, उनीहरूको पुस्तकमा दिवंगत राजा वीरेन्द्रको वंश नास कसले र कसरी गर्‍यो भन्नेचाहिं भेट्टाउन सकिंदैन, सैन्य–सचिव शाहको ‘मैले देखेको दरबार’देखि रेवतीरमण खनालका अनुभूतिसम्ममा । उनीहरू सबै अनुमानमै सीमित छन् । २०५८ जेठ १८ को राति दरबारमा वीरेन्द्रको वंश समाप्त भएको थियो । उनीहरूको संकेतचाहिं दीपेन्द्रतिरै देखिन्छ, स्वभाव विश्लेषण गर्दै । दीपेन्द्रप्रति शाह र खनालको समान अनुभव छ, ‘दीपेन्द्र अस्वाभाविक उपद्रोकर्ता, हठी, बदमासी, परपीडक स्वभावयुक्त पात्र हुन् ।’  दरबारभित्रको तत्कालीन परिस्थिति र दीपेन्द्रको चरित्र–स्वभावलाई आधार मान्दै उनैलाई प्रमुख दोषी देखाउन खोजिएको छ । उता, ईश्वरीमान श्रेष्ठ भने ‘दीपेन्द्र भद्र, शालीन र दयालु युवराज’ ठान्छन् । तर उनै श्रेष्ठको तर्क छ, ‘युवराज दीपेन्द्रको प्रेमहठ र रानी ऐश्वर्यको राजहठको परिणाम दरबार हत्याकाण्ड थियो कि भन्ने लाग्छ ।’   दरबारका कुरा लेख्नेहरूले ‘बडामहारानी ऐश्वर्य’को स्वभावबारे राम्रैसँग खुलाएका मात्र छैनन् कि उनलाई ‘तारो’ नै बनाएका छन् । लेखकहरूको समान धारणा छ– रानी ऐश्वर्यको स्वभाव ‘रफ’ थियो । उनी चर्कैसँग रिसाउँथिन् । दरबारका प्रमुख सचिवहरूलाई ठाडै हकार्थिन् । छोरा दीपेन्द्रलाई रूखो स्वरमा गाली गर्थिन् । खनाल लेख्छन्, ‘दरबारको बैठक तथा बगैंचामा काम गर्ने कर्मचारीहरूले पनि बडामहारानीलाई अति कडा भन्थे ।’     शाही परिवारसम्बन्धी नियमावली रानी ऐश्वर्यको जिद्दीकै कारण ‘सुधार’ हुन सकेन । राज्य सञ्चालन रानीको हठले ‘प्रमुखता’ पाउँथ्यो भने वीरेन्द्र मौनता साँध्थे । खनालका अनुसार, २०३१ मा राजपरिवारमा ‘श्री ५’ को उपाधि पाएकाहरूले गल्ती गरेमा कानुनी सजायसम्बन्धी व्यवस्था नियमावलीमा उल्लेख हुन नहुने र राजाबाट जे हुन्छ, त्यही मान्नुपर्ने धारणा ऐश्वर्यबाट आयो । त्यसमा राजा वीरेन्द्र मौन रहे । श्रेष्ठको पनि उही अनुभव छ, ‘रानी ऐश्वर्यमा यस्तो हठ थियो कि प्रधानमन्त्री कसलाई बनाउने ? राज्य सञ्चालन कसरी गर्ने ? कर्मचारीतन्त्रको व्यवस्था कसरी गर्ने भन्ने विषयमा राजा वीरेन्द्रभन्दा रानी ऐश्वर्य एक कदम अघि भएको आभास हामीलाई हुन्थ्यो । कुनै पनि महत्त्वपूर्ण निर्णयमा रानी ऐश्वर्यको सहभागिता रहन्थ्यो ।’ श्रेष्ठ २०३७ मा राजा वीरेन्द्रका स्वकीय सचिव भएका थिए । रानी ऐश्वर्यको राजनीतिमा सक्रियता, एडीसीहरूको हैकम, शरदचन्द्र शाहको हालीमुहालीका कारण काम गर्न असहज भएको उल्लेख गरका छन् उनले । राजा महेन्द्र र वीरेन्द्र दुवैसँग निकै नजिकका राजनीतिक पात्र मानिन्थे, नवराज सुवेदी पनि । उनी पञ्चायतको आगमनसँगै मन्त्री र पञ्चायतको उत्तराद्र्धमा राष्ट्रिय पञ्चायत अध्यक्ष थिए । उनको पुस्तकमा पनि ‘रानी ऐश्वर्यको महत्त्वाकांक्षा, राजाको निरीहता, दरबारिया सचिवहरूको दबदबा’का केही झलक उल्लेख छन् । उनका अनुसार, ‘श्री ५ साह्रै भद्र र सोझा व्यक्ति । रानीको बढी सक्रियता र सचिवहरूको बढी दबदबाजस्ता कारणले राजा वीरेन्द्रको समयबाट राजसंस्थाको अधोगति सुरु भयो । सचिव र एडीसीहरू राजाका रूपमा देखिन थाले । मन्त्रिपरिषद् स्थापना मात्र हुन गयो । रानीले भनेपछि राजा कुरा नकाट्ने, प्रत्येक निर्णयमा रानीको उपस्थिति अनिवार्य हुँदै गयो । यसलाई सचिव र एडीसीहरूले आफ्नो स्वार्थ पूर्तिमा प्रयोग गर्न थाले ।’     हुन पनि वीरेन्द्रको पालामा शासनमा रानी ऐश्वर्य र अधिराजकुमार ज्ञानेन्द्रको बढ्ता प्रभाव थियो । रानी र दुई भाइलाई शासकीय कार्यविभाजन गरिएको थियो । रानी ऐश्वर्य सामाजिक क्षेत्र हेर्थिन् । ज्ञानेन्द्रको भागमा वन तथा पर्यटन परेको थियो । अधिराजकुमार धीरेन्द्र प्रहरी हेर्थे । राजा वीरेन्द्र भने परराष्ट्र र राष्ट्रिय सुरक्षामा केन्द्रित थिए । त्यहीकारण चालीस दशकमा आमतहमै टिप्पणी हुन्थ्यो, ‘शासकीय शक्ति जति भाइ–भारदार खेलाउँछन् । रानी ऐश्वर्य पनि अधिक शक्ति उपयोग गर्छिन् । वीरेन्द्र त थापना मात्रका राजा हुन् ।’     रानी ऐश्वर्य समाज कल्याण परिषद् संरक्षक थिइन्, २०३४ पछि । त्यो संस्थाका निम्ति चन्दा संकलनको खेती खुब भयो । सँगै समाजमा अनेकन ‘किंवदन्ती’ सुनिन्थे । खुला आलोचना हुन सक्ने सम्भावना थिएन, सक्रिय राजतन्त्र भएकाले । दरबार नजिक हुने होडमा अञ्चलाधीश र प्रमुख जिल्ला अधिकारीहरू ‘चन्दा’ संकलन अभियानमा उत्रिए । व्यापारीहरूबीच परिषद्लाई चन्दा दिने होडबाजी नै चलाइयो । त्यतिखेर चन्दाअनुरूप ‘विभूषण’ दिने नीति परिषद्ले लिएको थियो । खनाल लेख्छन््, ‘नेपालका ठूला साहु–महाजन व्यापारीले धेरै चन्दा दिएर तक्मा पाउने थाले ।’ पञ्चायतको उत्तराद्र्धताका त्यो अथाह चन्दा रानीले ‘स्वीट्जरल्याण्ड बैंक’मा पम्फादेवीको नाममा राखेको हल्लाले सहर तरंगित भयो । ‘स्वीस बैंक खातामा १६ करोड अमेरिकी डलर राख्ने पम्फादेवी ठकुरी भनेकी को हुन् ?’ सबैको मुखमा झुन्डियो यो प्रश्न । २०४६ पहिलो जनआन्दोलनलई आक्रामक बनाउन पनि ‘पम्फादेवी’ र ‘स्वीस खाता’ले खुब काम गर्‍यो । उपल्ला व्यापारीका चन्दा र विदेशी सहायताबाट प्राप्त रकम ऐश्वर्यले आफ्नै खातामा राखेको टीकाटिप्पणीको पृष्ठभूमिमा ‘स्वीस खाता र पम्फादेवी’ प्रकरणलाई अकाट्य सत्य ठानियो । त्यहीखाले ‘हल्ला’ तीसको दशकमा पनि देखा नपरेको होइन, पात्र मात्र फरक थिए । त्यतिखेरको त्यो हल्ला आमतहमा नभएर शासकीय वृत्तमा मात्र सीमित थियो । जब राजा महेन्द्रको मृत्यु भयो, तब उनैका प्रमुखसचिव ईश्वरीमान श्रेष्ठलाई जर्मनीको राजदूत बनाइयो । वीरेन्द्रले उनलाई युरोपेली मुलुकमा आफ्ना पिता महेन्द्रको सम्पत्ति कहाँ, कति छ भनेर बुझ्न र व्यवस्थापन गर्न पठाएको टिप्पणी चलेको थियो त्यो बेला । हुन पनि, दरबारमा कार्यरत रहँदारहँदै श्रेष्ठलाई राजदूत बन्ने अवसर मिलेको थियो । उनी २०३७ सम्म राजदूतमा कार्यरत रहेर फेरि वीरेन्द्रको स्वकीय सचिव हुन आइपुगेका थिए । चालीस वर्षपछि श्रेष्ठले त्यसलाई ‘अफवाहपूर्ण आशंका’ मात्र भन्ने जिकिर गरेका छन् ।  राजा महेन्द्र र वीरेन्द्रले दरबारिया, दरबारमा कार्यरत कर्मचारी र बफादार पञ्चहरूलाई सरकारी सम्पत्ति ‘बक्सिस’ दिने प्रचलन बसाएका थिए । त्यतिखेर कतिपयलाई जंगल नै आफ्नो नाममा गराउने अवसर मिल्यो । त्यसरी सबभन्दा बढी पाउनेमा यिनै काजी ईश्वरीमान श्रेष्ठ थिए । उनले विराटनगरमा सिंगो ब्यारेक नै बक्सिस पाएका थिए । श्रेष्ठले आफ्नो पुस्तकमा सगर्व लेखेका छन्, ‘राजा महेन्द्रबाट कमलादीमा युवराज्ञीहरू शान्ति राज्यलक्ष्मी, शारदा राज्यलक्ष्मी, शोभा राज्यलक्ष्मीहरूकै घरको आडमा २ रोपनी ८ आना जग्गा र घर निर्माण गर्न १ लाख रुपैयाँ बक्सिस उपलब्ध भयो । राजाबाट गोदावरीमा ८० रोपनी जग्गा, चितवनमा केही बिघा जग्गा, विराटनगरमा सिंगो ब्यारेक नै बक्स प्राप्त भएको थियो भने सिमरामा श्रीमतीका निम्ति १५ बिघा जग्गा बक्स भएको थियो ।’ यसैगरी खनालले पनि हुकुम प्रमांगीबाटै कालीमाटीमा ठूलो परिमाणमा जग्गा प्राप्त गरे । उनीहरू मात्रै होइन, जो घरानियाँ र शक्तिसम्पन्न बनेका छन्– उनीहरूमध्ये धेरैले त्यो हैसियत बनाउनुको प्रमुख आधार उही हुकुम प्रमाङ्गी थियो । तर त्यो लाभ शाही परिवारका सदस्य र दरबारले मन पराएका व्यक्तिले मात्र प्राप्त गर्थे । ििि खनालको पुस्तकमा राजा महेन्द्रको भारतप्रतिको दृष्टिकोणबारे छोटो प्रसंग छ । २०२६ फागुनमा राजा वीरेन्द्रको विवाह हुँद ैथियो । त्यतिखेर विभिन्न देशका राजकुमारहरू, सरकारप्रमुखहरू र भारतबाट राष्ट्रपति निम्ता मान्न आएका थिए । पाहुनालाई राजा महेन्द्रले सम्बोधन गर्ने कार्यक्रम थियो । र, आफ्नो मन्तव्यमा महेन्द्रले घुमाउरो शैलीमा भारतप्रति असन्तुष्टि जनाउने एउटा वाक्य पारे, ‘भारतले नेपाललाई सानो भाइलाई जस्तै असुविधा गर्छ ।’ त्यो भाषण परराष्ट्र सचिव यदुनाथ खनाललाई लेख्न लगाइएको थियो । पाहुनासामु त्यस्तो वाक्य राख्न उचित नहुने मान्यता भए पनि महेन्द्रले ‘जिद्दी’ गरेर त्यो वाक्य राख्न लगाएका थिए । त्यसले भारतीयहरूलाई बेखुसी तुल्याएको थियो ।     पञ्चायत र संसदीय कालखण्डमा दरबारभित्रका ‘कुरा’ लेख्न वा बोल्न सकिने अवस्था थिएन । त्यहीकारण त्यहाँका क्रियाकलाप रहस्यमय रहे । कतिपय त किंवदन्तीमा परिणत भए । दरबारका दुई पूर्व प्रमुखसचिव श्रेष्ठ र खनाल, अनि सैन्य सचिव शाहको संस्मरण–पुस्तकले थोरै मात्र पर्दा खोलेको छ । उनीहरू अझै पनि डराएका पो हुन् कि !

दशैंमा घर जाँदा ठगिनुहोला है ! कति छ गाडीभाडा ? (सूचीसहित)

५ असोज, काठमाडौं । आगामी शुक्रबारदेखि दशैंको लागि सार्वजनिक सवारी साधानको अगि्रम टिकट बुकिङ खुला हुँदैछ । दशैंमा राजधानीबाट आफ्नो घर फर्किनेहरुले बसको टिकट काट्न ब्यग्र प्रतिक्षा गरिरहेका छन् ।

त्यसैले टिकट खुल्नासाथ काठमाडौंका कोटेश्वर, गौशाला, नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, सुन्धारा लगायतका स्थानमा रहेका बस काउन्टरहरुमा ठूलो भीड लाग्ने निश्चित नै छ ।

2016-09-21_1017

एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन चलिहरहेको छ । तर, अग्रिम टिकट काट्दा पनि यात्रुले बढी भाडा तिनुपर्ने समस्या निकै चर्किन्छ ।

तोकिएको भाडाभन्दा बढी अशुल्न धरै यातायात व्यवसायीहरु अग्रसर हुने भएकाले यात्रु आफैं पनि भाडाबारे जानकार हुनुपर्छ । नभए काउन्टर बाहिर भेटिने दलालहरुले तपाईंलाई ठग्न सक्छन् भने ब्ल्याकमा टिकट किन्ने चक्करमा लाग्दा ठूलो रकम खर्चनुपर्ने स्थिति आउन सक्छ ।

त्यसैले आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न जान यातायात व्यवस्था विभागले सबैलाई अनुरोध गरेको छ ।

बढेको छैन भाडादार

यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै गत माघमा सार्वजनिक सवारीको भाडा घटाएको थियो । तर, अहिले पनि त्यसअघिकै भाडादरमा रकम अशुल्ने क्रम रोकिएको छैन ।

त्यसैले भाडादरबारे यात्रुहरु पनि सचेत हुनुपर्ने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ बताउँछन् । ‘यात्रु सचेत भए भने कालोबजारी गर्नेहरुको केही लाग्दैन । त्यसैले तोकिएकोभन्दा बढी भाडा जे परेपनि तिर्दिन भन्ने मानसिकता बनाउनुपर्छ’ महानिर्देशक श्रेष्ठले भने, ‘सबै उपभोक्ताले त्यस्तो प्रण गरे भने टिकटमा हुने कालोबजारी निरुत्साहित हुन्छ ।’

अनुगमनको योजना

विभागले दशैंका समयमा अनुगमन गर्नका लागि एउटा विशेष समिति नै बनाएको छ । महानिर्देशक श्रेष्ठको संयोजकत्वमा बनेको समितिले आवश्यक्ता अनुसार टोली बनाएर बुकिङ खुलेदेखि दशैंसम्म निरन्तर टिकट काउन्टरदेखि बसपार्कसम्म अनुगमन गर्ने योजना छ ।

विभागले गतवर्षहरुमा पनि यस्तो अनुगमन गर्ने गरेको थियो । तर, बढी भाडा लिने, छत र ढोकामा यात्रु राख्ने, कोचेर यत्राु हाल्ने, जथाभावी यात्रु ओसार्ने लगायतका समस्या हल हुन सक्दैनथ्यो ।

ठग्नेलाई ५ हजार जरिवाना

यो वर्षभने अनुगमनलाई सशक्त बनाएर बढी भाडा लिने सवारीविरुद्ध कडा बन्ने विभागको योजना छ । यस्तै लामो दुरीका सवारीमा सिटबाहेकमा यात्रु राख्न पनि नदिइने श्रेष्ठले बताए । ‘बढी भाडा लिने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई ५ हजार रुपैयाँ जरिवाना गरिनेछ’ श्रेष्ठले भने,’ट्राफिक प्रहरीको सहयोगमा हामी अनुगमन र कारवाहीलाई तीव्र बनाउनेछौं ।’

नागरिक सहायता कक्ष पनि

दशैंका लागि उपत्यकाबाट बाहिरिने सवारीसाधनहरुको अनुगमन र यात्रुहरुको समस्या समाधानका लागि उपत्यकाका विभिन्न १२ स्थानहरुमा नागरिक सहायता कक्ष स्थापना गरिनेछ ।

सर्वसाधारण जनताको समस्या सुन्न र समाधान गर्नका लागि यस्तो हेल्प डेक्स सञ्चालन गर्ने तयारी छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाइमा सातदोबाटो, कोटेश्वर, गौशाला, जोरपाटी, नयाँ बसपार्क, स्वयम्भू, कलंकी, नागढुंगा, बल्खु, पुरानो बसपार्क र सुन्धारामा नागरिक सहायता कक्षा स्थापना गरिने छ । सहायता कक्षमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, जनपथ प्रहरी, यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरु रहनेछन् ।

सहायता कक्षका प्रतिनिधिले सर्वसाधारण यात्रीहरुलाई सुरक्षा दिने, तोकिएको भाडादर भन्दा बढी लिए/नलिएको हेर्ने, काउन्टरहरुमा भाडा दरको रेटबोर्ड टाँस्न लगाउने, फर्जी टिकट काट्ने व्यक्ति माथि निगरानी राख्ने, यात्रुका समस्याहरु सुन्ने तथा समाधान गर्ने लगायतका काम गर्ने छ ।


पाकिस्तान युद्धको तयारीमा, भारतको मुकाबिला गर्न प्रधानमन्त्री शरीफको निर्देशन

काठमाडौं, ५ भदौ । भारत प्रशासित क्षेत्र काश्मीरको उरीमा भएको आतंकवादी आक्रमण पश्चात भारत–पाकिस्तानबीच टकराव बढेको छ । पाकिस्तानले आफ्नो सैन्य क्याम्पमा आक्रमण गराएको भारतको बुझाइ रहेपछि उसबाट हुन सक्ने कुनै पनि कार्यको प्रतिरोध गर्न पाकिस्तानले पनि तयारी थालेको छ ।

न्यूयोर्कमा रहेका पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले पाकिस्तानी प्रधानसेनापति राहिल शरीफलाई भारतबाट हुने कुनै पनि कारबाहीको सशक्त मुकाबिला गर्न निर्देशन दिएका छन् ।

इस्लामवादबाट देशको उत्तरी क्षेत्रमा हुने सबै उडान रद्द गरिएको छ । एयरफोर्सलाई तयारी अवस्थामा राखिएको छ । आपत्तकालीन अवस्थामा लडाकु विमान अवतरण गराउन केही सडकलाई खाली गराइएको छ ।

संयुक्त राष्ट्रसंघ महासभा बैठकमा सहभागी हुन न्यूयोर्क रहेका पाकिस्तानी प्रधानमन्त्री शरीफले सम्बोधन गर्दैछन् । यस्तै शरीफपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि सम्बोधन गर्नेछिन् ।

लालीखर्कमा घरमाथी ट्रक खस्यो, ५ घाईते, दुई जनाको अवस्था गम्भिर

पाँचथर, असोज ५ – बुधबार विहान मेचीराजमार्ग अन्र्तगत पाँचथरको फिदिम राँके सडकखण्ड
अन्तर्गत लालीखर्कमा भएको सवारी दुर्घटनामा परि ५ जना घाईते भएका छन् ।

घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले गम्भिर
घाइते जनकल्याण माविमा कार्यरत शिक्षिका फिदिम २ निवासी सुन्दरी पोख्रेल, ट्रकका
सहचालक विशाल मैनालीलाई थप उपचारका लागि झापाको विर्तामोड स्थित विएण्ड सि
हष्पिटल लगिएको जनाएको छ ।

अन्य घाइते सुम्निमा निमावि कार्यरत फिदिम ३ निवासी मंजुमाँया नेम्बाङ्ग, फिदिम निवासी
प्रेमराज नेम्बाङ्ग, र रानीटारका मन बहादुर राई रहेका छन् । प्रहरी नायव उपरिक्षक नकुल
पोख्रेलले उनीहरुको फिदिम स्थित पाथीभरा हष्पिटलमा उपचार भइरहको जानकारी दिएका छन् ।

फिदिमबाट विर्तामोड जाँदै गरको ना ३ ख २३४७ नम्बरको ट्रक सडकबाट झण्डै ५० मिटर तल
खस्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।


तस्बिर तपस्या



- नेपाल संवाददाता
तस्बिर तपस्या : राजा वीरेन्द्रलाई आफूले नेपालका कुना–कन्दरामा पुगेर खिचेका तस्बिर देखाउँदै भूगर्वविद् टोनी हेगन ।



नेपाल-भारतबीच राम्राे सम्बन्ध विकास भएकाेमा चीन खुशी



आश्विन ४,२०७३- चीनले नेपाल र भारतबीच राम्रो सम्बन्ध विकास भएकोमा खुशी व्यक्त गरेको छ । बेइजिङमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणप्रति सकारात्मक टिप्पणी गरेका हुन् ।

‘चीनका मैत्रीपूर्ण छिमेकीका रुपमा रहेका नेपाल र भारतबीच राम्रो सम्बन्ध विकास भएकामा हामी खुसी छौं, यसले यस क्षेत्रको शान्ति, स्थिरता र आर्थिक विकास अघि बढ्नेमा हामी विश्वस्त छौ’, प्रवक्ता लुले भने । चीन र नेपालबीच उच्चस्तरीय भ्रमण आदानप्रदानबारे प्रधानमन्त्री दाहालले भारतमा गरेको टिप्पणीबारे बोल्दै उनले भने, ‘हामी मैत्रीपूर्ण छिमेकी देशका रुपमा दुई पक्षीय उच्चस्तरीय भ्रमणबारे एक अर्काबीच निकट सम्पर्कमा रहँदै आएका छौं ।’

यसैबीच चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत स्वशासित क्षेत्रका महासचिव उ यीनजेईले वर्तमान राष्ट्रपति सि जिनपिङ र चीन सरकार तथा तिब्बत स्वशासित क्षेत्रको सरकारले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताएका छन् । उनले नेपालमा संविधान जारी हुनुलाई महत्पूर्ण उपलब्धिको रुपमा चीनले लिएको समेत बताएको ल्हासास्थित नेपाली महाबाणिज्य दूतावासले जनाएको छ ।

ल्हासाका नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले शिष्टाचार भेट गर्ने क्रममा महासचिव उले त्यस्तो धारणा ब्यक्त गरेका हुन् । नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको संविधान दिवस कार्यक्रममा उनी लगायत अन्य तिब्वत सरकारका अधिकारीको उपस्थिति थियो । महासचिवले संविधान जारी भएपश्चात नेपालमा नयाँ राष्ट्रपति निर्वाचित भएको तथा नयाँ सरकार गठन भएकोमा प्रशन्नता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले विगतमा नेपाल चीनको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको समेत बताएका थिए ।

कार्कीले नेपाल चीन जोड्ने पुरानो सडक संचालनमा ल्याउने विषयमा समेत धारणा राखेका थिए । तिब्बत जनसरकारका कार्यकारी उपाध्यक्ष देङ सियोगाङको पनि उपस्थिती रहेको कार्यक्रममा महासचिव उले सडक तत्काल संचालनको पहल गर्न आग्रह समेत गरेका थिए । कार्यक्रममा नेपाली तथा अन्य चिनिया उच्च अधिकारी पनि सहाभागी थिए ।