Sunday, September 25, 2016

भारत–पाकिस्तानको झगडामा चीन, सिन्धु नदीको धार परिवर्तन गरिदिने

india-pakistan
एजेन्सी, १० असोज  । भारत र पाकिस्तानबीचमा अहिले पानी युद्ध सुरु भएको छ । पृथकतावादीको आक्रमणमा भारतको उरीमा १८ जना भारतीय सैनिकको मृत्यु भएपछि दुई देशबीच तनाव उत्कर्षमा पुगेको हो ।उरी हमलाकारी पाकिस्तानकै संरक्षणमा रहेको भन्ने भारतको भनाइले अहिले टकरावको स्थिति उत्पन्न भएको छ । दुवै देशका प्रधानमन्त्री आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

भारतले पाकिस्तानलाई गलाउन पानी कूटनीति सुरु गरेको छ । चीनबाट बग्ने  सिन्धु नदीको पानी बाँडफाँटमा पुनरावलोकन हुन सक्ने भारतले बताएपछि चीनलाई विवादमा तान्ने जबर्जस्ती प्रयास भएको छ ।  सिन्धु नदीको मूल उत्पत्ति चीनबाट भएको हो । यो भारत हुँदै पाकिस्तानसम्म पुगेको छ । तर,  सिन्धु नदीको पानी बाँडफाँटमा अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय सहमति भएको छैन ।

सन् १९६० मा तत्कालीन भारतीय प्रधानमन्त्री जवहारलाल नेहरु र पाकिस्ताका प्रधानमन्त्री अयुव खानबीच  सिन्धु नदीको बाँडफाँटको सन्धि भएको थियो ।तर, अन्तर्राष्ट्रिय सन्धि सम्झौता नभएका कारण चीनले इन्दुज नदीको धार परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ । यदि  सिन्धु नदीको धार परिवर्तन गरिए भारतले ३६ प्रतिशत पानी गुमाउन सक्नेछ ।
ब्रह्मपुत्र नदी चीनको यार्लुङ जाङबुबाट बग्दै बंगालको खाडीमा गएर मिसिएको छ । ब्रह्मपुत्रको पानीबाट करोडौं भारतीय र बंगलादेशी नागरिक आश्रित छन् ।तिब्बतको नीति प्रशिक्षण केन्द्रका तेम्बा जम्लाहका अनुसार भारतले आगामी दिनमा आफ्ना क्रियाकलाप बडो सावधानीपूर्वक चाल्नुपर्ने हुन्छ । किनभने चीनले यसअघि ११ वटा ठूला उच्च बाँध ब्रह्मपुत्र नदीमा बाँधिसकेको छ । जसले भारतको इच्छामा ठूलो नोक्सानी हुन्छ

पूर्वगृहमन्त्रीको गाडी दुर्घटना को रहस्य खुल्यो !

काठमाडौ १० असोज । पूर्वगृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे चढेको बा ९ च १५३१ नम्बरको स्कोर्पिओ गाडी आइतबार अपराह्न पौने पाँच बजेतिर चितवनको दारेचोक गाविस–३ खोप्टेभीरमा दुर्घटनामा परेको छ । -

घिमिरेसहित सातजना सवार गाडी पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा तीनजनाको मृत्यु भएको छ । पूर्वगृहमन्त्री घिमिरे, उनका भाइद्वय मोहन र प्रकाश त्रिशूलीमा बेपत्ता भएका छन् । गाडी चालक प्रहरी हबल्दार विष्णु राई गम्भीर घाइते भएका छन् । चिवतन प्रहरीका अनुसार मुस्ताङबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त गाडी दुर्घटना हुँदा पूर्वगृहमन्त्री घिमिरेकी आमा चैतन्यकुमारी घिमिरे, आफन्त नारायणप्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक रामचन्द्र कार्कीको घटनास्थलमै मृत्यु भएको छ । उनीहरू तीनैजनाको शव त्रिशूली नदीकिनारमा फेला परेको उद्धारकार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक अजयकुमार थापाले जानकारी दिए । गम्भीर घाइते चालक राईलाई सशस्त्र प्रहरीले उद्धार गरेको थियो । राईको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पूर्वगृहमन्त्री घिमिरे सोह्र श्राद्ध पारेर मुस्ताङको कागबेनीमा आफ्नो बुबाको श्राद्ध गरी आमालाई मुक्तिनाथ मन्दिर दर्शन गराई घर फर्कंदै गर्दा दुर्घटनामा परेका हुन् । बेपत्ता हुनेमा पूर्वगृहमन्त्री घिमिरे, उनका भाइ प्रकाश र काकाका छोरा मोहन छन्। आइतबार रातिसम्म बेपत्ता भएकाहरू फेला पर्न सकेका छैनन् । कसरी भयो दुर्घटना ? पृथ्वी राजमार्गस्थित खोप्टेभीर पुलनजिकै आइपुग्दा अगाडिको गाडीलाई ओभरटेक गरेर लेन समात्ने क्रममा पुलको बारमा गाडी ठोक्किएर त्रिशूली नदीमा खस्न पुगेको प्रत्यक्षदर्शीलाई उधृत गर्दै उद्धारमा खटिएका एक प्रहरीले बताएका छन् । ‘मेरो आँखैअगाडि पुलको बारमा ठोक्किएर गाडी बायाँतर्फ त्रिशूली नदीमा खस्यो’, प्रत्यक्षदर्शी अर्को गाडीका चालकलाई उधृत गर्दै ती प्रहरीले भने, ‘दुर्घटनामा परेको गाडीले त्योभन्दा अगाडिको गाडीलाई ओभरटेक गरेर आफ्नो साइडमा लेन समात्न लाग्दा गाडी पुलको बारमा ठोक्किएको थियो । गाडी बारमा ठोक्किएपछि उछिट्टिएर भीरमा ठोक्किँदै त्रिशूलीमा खस्यो ।’ गाडी सडकबाट अन्दाजी दुई सय मिटर तल नदीमा खसेको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक राईले दुर्घटनाका बेला गाडी आफूले नभई पूर्वगृहमन्त्री घिमिरेले नै चलाएको बताएका छन् । ‘दमौलीदेखि गाडी उहाँले नै चलाउनुभएको थियो’, उद्धारमा खटिएका प्रहरीसँग कुराकानी गर्ने क्रममा चालक राईले भनेका थिए, ‘दमौलीमा आइपुगेपछि गाडी रोक्न लगाउनुभयो । मलाई चालकको सिट खाली गर्न भन्नुभयो । तिमी थाकेका हौला, कुरिनटारसम्म म गाडी चलाउँछु । त्यसपछि तिमीले चलाउनु भन्नुभयो ।’ विडम्बना १ कुरिनटार आउन अढाइ किलोमिटर जति बाँकी रहेको ठाउँमा गाडी दुर्घटनामा पर्‌यो । घटनास्थल खोप्टेभीर मुग्लिन र कुरिनटारको मध्यक्षेत्रमा पर्छ । प्रहरीका अनुसार उनी आफू भने उछिट्टिएर बाँचेका थिए । अन्नपूर्णपोस्टबाट साभार |

पाकिस्तानलाई आतंकवादको संज्ञा दिँदै लडाइ लडनका लागि युद्धको चुनौती स्विकार गरे मोदी

७ असोज‘हिम्मत भए गरिबी र बेरोजगारीको लडाइ लड्न भारत तयार’। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानले दिएको युद्धको चुनौती भारतले स्विकार गरेको बताएका छन्। प्रधानमन्त्री मोदीले केरल राज्यको आमसभामा बोल्दै पाकिस्तानको आतंकवादको संज्ञा दिँदै लडाइ लडन भारत पछि नहट्ने चेतावनी दिएका हुन्। उनले भने, ‘हिन्दुस्तान विश्‍व सफ्टवेयर सप्लाइ गर्छ तर पाकिस्तान भने टेरोरिस्टको सपलाइ गरेछ,किन?’ हिम्मत भए, गरिबी र बेरोगारी हटाएर देखाऊ।’ उनले पाकिस्तानलाई विश्‍वमा एक्लै पारेर छाड्ने धम्की समेत दिए। पाकस्तानको सामना गर्न भारतको हिन्दुस्तानका सबै जनता एक जुट भएको भन्दै अब कसैले हमला गर्न नसक्‍ने बताए। उनले पाकिस्तानलाई व्यग्य गर्दै हजार वर्षसम्म लड्नेले किन कुनामा लुकेको भन्दै हिम्मत भए युद्धको सामना गर्न तयार रहेको बताए। -एजेन्सी

चालक अनुमतिपत्र पाउन झन् सजिलो ! अब सडक संकेत नबुझे पनि हुने

काठमाडौं, १० असोज । सडकमा ध्वनि सुन्न नसक्ने र सङ्केत बुझ्न नसक्ने व्यक्तिहरूले पनि अबदेखि सवारीचालक अनुमतिपत्र पाउने भएका छन् ।
व्यवस्थापिका संसद्ले सवारी तथा यातायात व्यवस्था ऐन संशोधन विधेयक पारित गर्दै तोकिएको सडकमा सवारी चलाउन पाउने गरी इजाजत पत्र पाउने व्यवस्था गरेको हो ।
सरकारका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पेस गर्नुभएको विधेयक आइतबारको बैठकले पारित गरेको हो ।
पारित विधेयक प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ । अब चालक क्षमता परीक्षण गराई तोकिएको मापदण्ड पूरा गरेका सडकमा सवारी चलाउन सक्ने गरी अनुमतिपत्र जारी हुनेछ ।
यसअघि सवारी तथा यातायात व्यवस्था ऐनको दफा ४७ (ङ)ले साधारण ध्वनि सङ्केत, आवाज सुन्न नसक्ने व्यक्तिलाई सवारीचालक इजाजत पाउन अयोग्य मानेको थियो ।
तर, सर्वोच्च अदालतको २०६८ चैत २९ गते जारी गरेको निर्देशनात्मक आदेश अनुसार ऐन संशोधन भएको अाजकाे गोरखापत्र दैनिकले समाचार छापेको छ । ।
संशोधनपछि ऐनको दफा ४७ (ङ)मा प्रतिबन्धात्मक वाक्यांश थप भएको छ ।
यस्तै आइतबारको संसद् बैठकले श्रम विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
सामाजिक सुरक्षा विधेयकलाई पनि संसद्को पूर्ण बैठकले दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।


दशैंको टीकाको उत्तम साइत असोज २५ गते ८ः४५ मा

काठमाडौं, ९ असोज । नेपाल पञ्चांग निर्णयक समितिले यस वर्षको दसैंको टीकाको उत्तम साइत विजया दशमी (२५ असोज) को बिहान ८ बजेर ४५ मिनेटमा रहेको जनाएको छ । समितिले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णमासम्म मनाइने दसैंको साइत सार्वजनिक गरेको हो । विजया दशमीको दिन बिहान ८ बजेर ४५ मिनेटको समयलाई टीकाको उत्तम साइत तोकिएको समितिका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतमले जानकारी दिएको आजको राजधानी दैनिकमा खबर छ ।

आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देवीको प्रसाद ग्रहणका लािग शुभसाइत तोकिएपनि सर्वसाधारणका लािग विजया दशमीको दिनभर नै उत्तम भउकाले जुनसुकै बेला टीका–प्रसाद ग्रहण गर्दा पनि शुभ हुने उनले बताए । विजया दशमीका दिन बिहान ८ बजेर २५ मिनेटमा देवी बिसर्जनका लागि शुभ साइत तोकिएको समितिका अध्यक्ष प्रा।डा। गौतमले जानकारी दिए ।

धेरै बेरसम्म पानि उमल्दा बिषालु ,किन उमाल्नु हुँदैन पिउने पानी धेरै समय ?

सबैले जानेको कुरा हो पानी यत्तिकै भन्दा उमालेर पिउँदा स्वस्थकर हुन्छ । हरेको कुराको एउटा सीमा हुन्छ, त्यस्तै पानी उमाल्नुको पनि सीमा हुन्छ । यदि त्यो सीमा भन्दा बढी पानी उमालेर पिउन थालियो भने स्वास्थ्यका लागि हानीकारक हुनसक्छ ।

जब पानी धेरै उमालिन्छ वा बारम्बार उमालिन्छ, तब यसमा आर्सेनिक, नाइट्राइट र फ्लुराइडको मात्रै धेरै बढ्छ । यीनीहरुको अधिक मात्रो स्वास्थ्यका लागि हानिकारक छ ।

विषालु नाइट्राइटः पानीलाई धेरै उमाल्दा यसमा नाइट्राइटको मात्रा बढ्दै जान्छ । जुन यसको एक अवयव पनि हो । पानी धेरै उमालेपछि नाइट्राइट स्वास्थ्यका लागि हानिकारक तत्वमा बदलिने संभावना हुन्छ । किनभने उच्च तापमानमा नाइट्राइट नाइट्रोसेमिनमा बदलिन्छ । जुन क्यान्सरको कारक बन्न सक्छ ।

आर्सेनिकको मात्राः पानी धेरै उमाल्दा यसमा आर्सेनिकको मात्रै बढ्छ । आर्सेनिक धेरै भएको पानी पिउँदा क्यान्सर, मुटुरोगजस्ता बिराम हुने खतरा बढ्छ । जो धेरै समयदेखि आर्सेनिक धेरै भएको पानी पिउँदै आएको छ, उसलाई छाला सम्बन्धि रोग हुने संभावना प्रबल हुन्छ ।

फ्लुराइडको मात्रा बढ्दाः पानी धेरै उमाल्दा फ्लुराइडको मात्रा बढ्दै जान्छ । लामो समयसम्म धेरै फ्लुराइडयुक्त पानी पिउनेमा हड्डि कमजोर हुने रोग देखिन सक्छ ।

चिकित्सकहरुका अनुसार पानी ५ मिनेट भकभक उमाले किटाणु रहित हुन्छ । पिउने पानी ५ देखि १० मिनेटसम्म उमाल्नुपर्छ ।

विहेपछि किन मोटाउँछन् महिला ? यस्तो रहेछ वैज्ञानिक कारण

पुरुष मित्रहरु कुनै स्लिम स्त्रीलाई मन पारेर विहे गर्ने फैसला गर्दै हुनुहुन्छ भने एउटा कुरामा सम्झौता गर्नैपर्छ । त्यो के हो भने तपाइँले मन पारेकी स्लिम केटीको सरिर विहेपछि पनि उस्तै स्लिम रहन्छ भन्ने पक्का हुँदैन । अर्थात् विहेपछि कुनैपनि महिलाको सरिर भद्धा हुँदैजान्छ । त्यसैले अहिले भोलि भद्धा बनेको खण्डमा पनि उस्तै माया गर्ने बाचा गरेर लगनगाँठो कस्ने सुर कस्दा राम्रो होला ।
अमेरिकामा गरिएको पछिल्लो अनुसन्धानले विहेपछि महिलाहरु मोटाउने र सम्बन्ध विच्छेदप्रति पुरुषहरु मोटाउने तथ्य पत्ता लगाएको छ । ओहायो विश्वविद्यालयमा गरिएको अनुसन्धानले यस्तो देखाएको हो । महिलाहरुले विहेपछि आफ्ना पतिको वा कर्मघरका मान्छेहरुको बढि सेवा सुश्रुषा गर्नुपर्ने हुन्छ , जसका कारण उनीहरुले आफ्नो सरीरको तन्दुरुस्तीको लागि समय दिन पाउँदैनन् । बिहेपछि महिलाहरु बढि आत्मविश्वासी बन्ने र आफ्नो जिउडाल र सुन्दरताको मामिलालाई कम मात्र महत्व दिने गरेकाले पनि सरिर मोटाउँदै जाने अनुसन्धानकर्ताहरु बताउँछन् ।

अध्ययनकर्ताहरुले पुरुषहरु भने विहेपछि दुब्लाउने र डिभोर्सपछि मोटाउने गरेको बताउँछन् । विहेपछि पुरुषहरुले मानसिक मात्र होइन शारीरिक रुपमै बढि उर्जा खर्च गर्नुपर्ने हुन्छ । अर्को कुरा बिहेपछि पुरुषहरु आफ्नो तन्दुरुस्तीको मामिलामा समेत महिलाको भर पर्छन् त्यसैले जब डिभोर्स पछि उनीहरु एक्ला हुन्छन् उनीहरुलाई व्यायामको होस हुँदैन र मोटाउँछन् ।


पूर्वगृहमन्त्रीका चालकले दिए बयान – कसरी भयो त दुर्घटना ?

काठमाडौं ९ असोज । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्नी ८० वर्षीया आमा चैत्यकुमारीलाई मुक्तिनाथ धामको तीर्थाटन गराएर आइतबार काठमाडौं फर्किँदै थिए । हिन्दू धर्माबलम्बीहरुका प्रमुख चारधाम मध्ये मुस्ताङको मुक्तिनाथ एक हो । स्कारपियो जीपमा आमा र आफन्त लिएर गएका घिमिरेसँग गाडी चालक पनि थिए । त्रिशुलीमा खसेको जीपबाट उछिट्टिर बाँच्न सफल भएका घिमिरेका चालक बिष्णु राईले नै प्रहरीलाई सबैभन्दा पहिले दुर्घटनाको खबर गरेका थिए । उनले भने- दमौलीदेखि गाडी उहाँले चलाउनुभएको थियो ।
recovered-recovered-recovered-recovered
दमौलीमा केहीबेर रोकिएपछि घिमिरेले चालक राईलाई भनेका थिए-तिमी थाकेका छौ, केबलकारसम्म म चलाउँछु, अनि तिमी चलाउनू । तर, केबलकार अर्थात कुरिनटार नपुग्दै गाडी त्रिशुलीमा खस्यो ।

घिमिरेको भनाइ सम्झिँदै चालक राईले भने- केबलकार चढ्ने ठाउँ आउन एक/दुई किलोमिटर छ भने जस्तो लाग्छ, त्यसपछि गाडी कसरी उछिटिएर गयो केही पनि थाहा पाइँन । अनलाइनखबरबाट साभार |

पूर्वगृहमन्त्रीका चालकको बयानः दमौलीबाट तिमी थाक्यौ, केबुलकारसम्म म गाडी चलाउँछु भन्नुभयो

काठमाडौं ९ असोज । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्नी ८० वर्षीया आमा चैत्यकुमारीलाई मुक्तिनाथ धामको तीर्थाटन गराएर आइतबार काठमाडौं फर्किँदै थिए । हिन्दू धर्माबलम्बीहरुका प्रमुख चारधाम मध्ये मुस्ताङको मुक्तिनाथ एक हो । स्कारपियो जीपमा आमा र आफन्त लिएर गएका घिमिरेसँग गाडी चालक पनि थिए । त्रिशुलीमा खसेको जीपबाट उछिट्टिर बाँच्न सफल भएका घिमिरेका चालक बिष्णु राईले नै प्रहरीलाई सबैभन्दा पहिले दुर्घटनाको खबर गरेका थिए । उनले भने- दमौलीदेखि गाडी उहाँले चलाउनुभएको थियो ।

दमौलीमा केहीबेर रोकिएपछि घिमिरेले चालक राईलाई भनेका थिए-तिमी थाकेका छौ, केबलकारसम्म म चलाउँछु, अनि तिमी चलाउनू । तर, केबलकार अर्थात कुरिनटार नपुग्दै गाडी त्रिशुलीमा खस्यो ।

घिमिरेको भनाइ सम्झिँदै चालक राईले भने- केबलकार चढ्ने ठाउँ आउन एक/दुई किलोमिटर छ भने जस्तो लाग्छ, त्यसपछि गाडी कसरी उछिटिएर गयो केही पनि थाहा पाइँन । अनलाइन खबर बाट

बहुचर्चित अधिकारी हत्या प्रकरणको फैसला आज हुँदै, के माओबादीका शिर्ष नेता पर्लान जेल ?

चितवन, ९ असोज । माओबादी द्धन्द्धको समयमा भएको आफ्नो छोराको हत्यारालाई कारवाहीको माग गर्दै बाबुआमा नै आमरण बसेपछि चर्चित बनेको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणको फैसला आइतबार हुँदैछ । अनसनका क्रममै बाबु नन्दप्रसाद अधिकारीको दुई वर्षअघि मृत्यु भएपछि न्यायका लागि उनले अधिकारी दम्पत्तिले उठाएको कदमले विश्वको ध्यान खिचेको थियो । हत्या गरिएका अधिकारीकी आमा नन्दमाया भने अहिलेसम्म अनसनमै रहँदै न्यायको लागि लडिरहेकी छन् । अहिले भने केही दियता अनसन रोकेर अदालतको फैसला कुरिरहेकी छन् ।
2016-09-25_0942
चितवन जिल्ला अदालतका सूचना अधिकारी कृष्ण बरालले प्रमाण बुझ्ने र बकपत्र लिने काम सकिएकोले आइतबार अन्तिम पेशी तोकिएको जानकारी दिए । उनका अनुसार यस घटनाका वादी तथा प्रतिवादीतर्फका वकिलको मुद्दा पेशी नहटाए तोकिएकै दिन आइतबार फैसला हुनेछ । छोरा कृष्णप्रसादको हत्यारालाई कारबाही माग गर्दै अनशनमा बसेकी गंगामायाले गएको भदौ २७ गते अनशन तोडेकी थिइन । चितवन जिल्ला अदालतको श्रेष्तेदारसहितको टोलीले असोज २ गते वीर अस्पतालमै पुगेर गंगामायासँग बकपत्र गरेको थियो । २०६१ जेठ २४ गते कृष्णप्रसाद अधिकारीको चितवनको रत्ननगरमा हत्या भएको थियो ।  नन्दप्रसाद अधिकारीले आफ्नो छोरोको हत्या माओवादीबाट भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । त्यसको एक वर्ष ६ महिनापछि कृष्णप्रसादका दाइ नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । चितवन जिल्ला अदालतले २०७१ वैशाख ४ गते किटानी जाहेरी भएका मध्ये ८ जनालाई धरौटीमा र तीन जनालाई साधारण तारिखमा छोडेको थियो । यस घटनामा संलग्न भनिएका दुईजना अझै सम्पर्कमा आएका छैनन् ।लाइटनेपालबाट साभार |

भारतलाई लाग्यो फेरी अर्को झड्का , भारत र पाकिस्तानको युद्ध भए चीनले पाकिस्तानलाई सघाउने

काठमाडौं, ९ असोज । काश्मिरको उरी घटनाले भारत र पाकिस्तानबीच विवाद बढिरहेका बेला चीनले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
2016-09-25_1839
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार चीनले भारत–पाकिस्तानबीचको सम्भावित युद्धका क्रममा पाकिस्तानलाई मद्दत गर्ने रणनीति सार्वजनिक गरेको हो । चीनका महावाणिज्य दूत जनरल यु बोरेनले भनेका छन्– ‘यदि कोही विदेशी हमला भएमा हामी पाकिस्तानलाई पुरा सहयोग गर्नेछौं । कश्मिर विवादमा पनि हामीले पाकिस्तानलाई साथ दिएको छौं ।’

चीनको यो सन्देश महावाणिज्य दूत बोरेन पञ्जाब प्रान्तका मूख्य मन्त्री शाहबाज सरिफसँग लाहोरमा भएको बैठकमा सुनाएको पाकिस्तानी चर्चित पत्रिका डनले जनाएको छ ।

चीनको सन्देशमा अगाडि भनिएको छ– ‘चीन कश्मिर मुद्दामा पाकिस्तानको साथमा छ । कश्मिर (भारत अधिनस्थ) मा निहत्था मानिसमाथि भइरहेको ज्यादतीलाई जायज ठहर्याउन सकिँदैन । कश्मिर विवादको हल कश्मिरी जनताको इच्छा बमोजिम गरिनुपर्ने जरुरी छ ।’


मोदी भाषण मै ब्यस्त हुदै गर्दा यता पाकिस्तानले भारतमाथि आक्रमण गर्न स्थान नै तोक्यो

काठमाडौं, ९ असोज । काश्मिरको उरी आक्रमणको एक हप्ता पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना सेना प्रमुखसँग पाकिस्तानलाई तह लगाउनेबारे कुरा गर्नमा व्यस्त छन् ।l_115278_080354_updates
अर्कोतिर पाकिस्तानी मिडियामा यस्तो सामाचार आरहेको छ पाकिस्तानी एयरफोर्सले भारतमाथि आक्रमण गर्न ठाउँ नै तय गरिसकेको छ ।

पाकिस्तानी सेना प्रमुखले प्रधानमन्त्री नवाज शरीफसँग भारतमाथि आक्रमण गर्न अन्तिम चरणको कुराकानी गरिसकेका छन् । तर यो त्यहि एयरफोर्स हो जसले भारतीय सेनाको सर्जिकल अपरेसनमा लाहौर र इस्लामावादमा आफ्नो मानिसमाथि नै एफ १६ प्रहार गरेको थियो ।

राहील शरफिले भारतीय सेनाले आक्रमण गरेपछि आफुले पनि तयारी पुरा गरिसकेको र ठाउँसमेत तय गरिसकेको बताएका छन् । राहिलले पाकिस्तानी सेना देशको प्रत्येक इन्चको सुरक्षा गर्न तयार रहेको बताएका छन् ।

पूर्वगृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुलीमा खस्यो,पूर्वगृहमन्त्री घिमिरे त्रिशुलीमा अझै बेपत्ता, आमा र तीन जनाको शव भेटियो

काठमाडौं ९ असोज । पूर्वमुख्यसचिव तथा गृहमन्त्री माधव घिमिरे चढेको जीप त्रिशुली नदीमा उनकी आमासहित तीन जनाको मृत्यु भएको छ। पूर्वगृहमन्त्री घिमिरेसहित तीन जना अझै बेपत्ता रहेको चितवनका प्रमुख जिल्ला अधिकारी बताए।
25092016054337madhab_prasad_ghimire-1000x0
सिंहका अनुसार घिमिरे चढेको बा९च १५३१ नम्बरको कार दुर्घटनामा परेको हो। मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको कार मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट त्रिशुली नदीमा खसेको हो। सिंहका अनुसार तीन जनाको शव फेला परेको छ। घिमिरेकी आमा, सशस्त्र प्रहरीका सुरक्षकर्मी तथा नाम नखुलेका व्यक्तिको शव फेला परेको हो। जीपका चालक हामफालेर बाँचेका छन्। उनलाई उपचारका लागि भरतपुर लगिएको छ। ‘पूर्वगृहमन्त्रीसहित तीन जना बेपत्ता हुनुहुन्छ,’ सिंहले सेतोपाटीलाई बताए। उनका अनुसार दुर्घटनामा परेको कार तथा बेपत्ताहरूको खोजीका लागि प्रहरी खटिएको छ। घिमिरे खिलराज रेग्मी मन्त्रिपरिषद अध्यक्ष हुँदा गृहमन्त्री थिए।

सपनाबाट ब्युँझेपछि तरबार फ्याँके काजीबाले…

९ असोज, काठमाडौं । दशैं भन्ने बित्तिकै हामी प्राय: पशु पंक्षीको काटमार सम्झन्छौँ । खसीबोका, राँगाभैँसी, कुखुरा, हाँसलगायत प्राणीको बध र त्यसबाट प्राप्त मासुलाई उत्सव–प्रसादका रुपमा लिनेको सङ्ख्या नेपाली समाजमा धेरै छ । तर शास्त्रहरूले निहत्था र कमजोर पशुपक्षीको हत्याबाट प्राप्त हुने कुरालाई उपयोग गर्न निषेध गरेको छ ।वेद र उपनिषद्का दर्जनौँ पङ्क्तिले हिंसालाई निषेध गरेका छन् । तर पनि धर्म र संस्कारका नाममा हिन्दूमात्र होइन, संसारका प्रायः सबै धर्म-सम्प्रदायले हिंसा र हिंसाबाट प्राप्त हुने भोजनलाई आफ्ना पर्व र संस्कारको अङ्ग बनाएका छन् । मासु र पशुबधको सन्दर्भ जोडिएको दशैं पर्व आउनै लाग्दा राजधानीको थिएटर मल (काठमाडौँ मल, सुन्धारा)मा त्यस्तै प्रेम, पशुहिंसा र संस्कारको सन्दर्भ जोडिएको नाटक प्रस्तुत भयो शनिबार ।
2016-09-25_1713
दुर्गा दाहालको कथा र परिकल्पनामा रचिएको यो नाटकका निर्देशक हुन् अजय अधिकारी सुशील । दशैंको सन्दर्भ पारेर मात्र एक दिनका लागि मञ्चन गरिएको नाटक शनिबार दुई सो चलाइएको थियो । एकै दिन मात्र प्रदर्शन भएका कारण होला, कतिपय दर्शक टिकट नपाएर घर फर्केका थिए ।

कथा सामान्य छ, गाउँमा एक सज्जन र सम्पन्न काजीबा छन् । उनी आफ्नो छुकछुके नातिसँग गफिन र खेल्न मन पराउँछन् । कसैको दुःख देख्न चाहँदैनन् । तर उनलाई काटमारको भने खुब सोख छ । उनी आफ्नो अति नै प्यारो नातिसँग तरबारमा धार लगाउनसमेत आफैँ आरन पुग्छन् । तर एक रात काजीबा डरलाग्दो सपना देख्छन् । उनी यमराजको द्वारमा लगिएका हुन्छन् । यमराजको द्वारमा पहिले बलि दिएका र हत्या गरिएका प्राणीसमेत हुन्छन् र काजीबाले आफूहरुको हत्या गरेकाले काजीलाई उचित सजाय दिन भन्दै यमराजसँग जनावरले माग गर्छन् । तर काजीबाले आफ्नो जीवनकालमा सत्कर्म र सेवासमेत गरेकाले यमराज उनलाई तत्काल कठोर सजाय दिनु उचित ठान्दैनन् र उनलाई बाख्राकै पाठो बनाएर काजीबाकै घरमा जन्म दिने निर्णय गरिन्छ ।

काजीबा आफ्नो नातिसँग पाठोकै रुपमा मात्र भए पनि भेट्न पाइने भयो भन्दै रमाउँछन् । बाख्राको पाठो बनेर आफ्नै घरमा जन्मेपछि काजीबा अब आफ्नो नातिसँग रमाउँदै खेल्छन् । उनलाई त्यसमा बडो आनन्द आउँछ । बडादशैंको महाष्टमीको दिन आउँछ र बोकाको रुपमा जन्मेका काजीबालाई उनका आफ्नै छोराले मार हान्न तयार हुन्छन् । यो देखेर काजीबा आत्तिन्छन् र ‘मलाई नमार–नमार’ भन्दै कराउँछन् । ओछ्यानमा सुतेका काजीबा नमार-नमार भनेर बर्बराएपछि घरमा कोहोलो मच्चिन्छ । अल्लिबेर श्रीमती र बुहारीले चिच्याएर बोलाएपछि मात्र काजीबा ब्युँझन्छन् र आफूले देखेको अचम्मलाग्दो सपनाको व्याख्या गर्छन् ।

नाटकलाई बिट मार्दै काजीबा बोल्छन्, ‘हतियारप्रतिको मेरो मोह, हिंसाप्रतिको मेरो रुचि अनावश्यक रहेछ । उस्तै माया, दया र प्रेमका भोका प्राणीलाई मारेर हामी गल्ती गर्दैछौँ ।’ यसो भन्दै काजीबा सिरानमा राखिएको तरबार फ्याँकिदिन्छन र उद्घोष गर्छन्, ‘हे जगतजननी दुर्गा, यो जगतका तिम्रा सबै सन्ततिलाई उत्तिकै प्रेम, करुणा र दयाको भाव जगाइदेऊ । म तिमीले नै सिर्जना गरेका निमुखा प्राणीलाई मारेर कहिल्यै खान्न । म मासु अबदेखि खान्न ।’

हल र व्यवस्थापनको चुनौती रहेकाले नाटक एक सो मात्र चलाइएको तर सम्भव भएसम्म दसैँअघि अरू केही सो समेत चलाउन सकिने नाटकका परिकल्पनाकार दुर्गा दाहालले बताएका छन् ।


किन लगाइन्छ जनै ? जनै लगाउनु वैज्ञानिक दृष्टिबाट पनि अत्याधिक फाईदाजनक, यस्ता छन् फाईदा

तपाइँ धेरैले देख्नु भएको छ, हिन्दु धर्म मान्ने खासमा ब्राह्मण, क्षेत्रीले बाँयाबाट दाँया काँधमा काँचो धागोको डोरी लगाउने गर्छन् । यहि धागोको डोरीलाई जनै भनिन्छ । हिन्दु धर्ममा जनैको धार्मिक महत्व धेरै नै रहेको पाईन्छ।
Janai

हिन्द धर्ममा जनैको विशेष खालको स्थान र महत्व छ तर अब यसका वैज्ञानिक कारणबारे पनि खोज अनुसन्धान भैरहेका छन् । जनैको निर्माण काँचो धागो जोडेर हुन्छ जसमा तीन फेरो हुने गर्छ। तीन फेरोलाई क्रमश: ब्रह्मा, विष्णु र महेशको प्रतिक मानिन्छ। धार्मिक दष्टिबाट जनै धारण गर्नाले शरीर शुद्ध र पवित्र मानिन्छ ।

Janaiतपाईलाई थाहा नहोला तर वैज्ञानिक दृष्टिबाट जनै लगाउदा मानिस झनै स्वस्थ रहने पत्ता लागेको छ। यसले हृदय रोगको सम्भावनालाई कम गर्छ। चिकित्सा विज्ञानका अनुसार दाँया कानको नशा अण्डकोष र गुप्तेन्द्रियो सँग जोडिएको हुन्छ। पिसाब फेर्ने समयमा दाँया कानमा जनै राख्नाले शुक्रको रक्षा हुनुको साथै नराम्रो सपना देख्ने पुरुषको लागि दाँया कानमा जनई राखेर सुतेमा नराम्रो सपना देख्ने समस्याबाट मुक्ति मिल्दछ।

कानमा जनै लगाउनाले पेट सम्वन्धि रोग तथा रक्तचापको समस्या बाट बच्न सकिन्छ। यो पनि मानिन्छ कि शरीरको मध्यभागबाट पिठ्युमा जाने एक प्राकृतिक रेखाले विद्युत प्रवाहको काम गर्छ।

यो रेखा दाँया काँधबाट कम्मरसम्म फैलिएको हुन्छ। त्यसैले जनै लगाउनाले विद्युत प्रवाह नियन्त्रित हुन्छ। जसको कारण काम-क्रोधमा नियन्त्रण राख्न सजिलो हुन्छ।




फेसबुकका मालिक जुकरबर्गको सुझाव : फेसबुक प्रोफाइलबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला

सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । यस्तोमा हामी तपाईंलाई फेसबुकका मालिक माइक जुकरवर्गले फेसबुकमा हाल्न नहुने ११ कुराबारे जानकारी दिएका छन् :
Mark-Zuckerberg-microphon-0
फोन नम्बरः
मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउनेछन् ।

जन्मदिनः
ह्याकरले तपाईंको जन्मदिनले नै तपाईंको नीजि जिन्दगीमा खलबली मच्चाइदिन सक्छन् । यसमार्फत उनीहरु तपाईंको बैंकसम्म पुग्नसक्छन् जसका कारण तपाईंले निकै समस्या झेल्नुपर्ने हुन्छ ।

वास्तविक साथीलाई मात्र फेसुबकमा प्रवेशः
अपरिचित मानिसहरुको फ्रेन्ड रिक्वेष्ट कहिले पनि असेप्ट नगर्नुहोला । आफ्नो चिनजानका साथीलाई मात्र यहाँ राख्नु बुद्धिमानी हुनेछ ।

रिलेसनशीप स्टेटसः
यदि तपाईं कोही मानिसको प्रेममा हुनुहुन्छ अथवा कसैसँग ब्रेकअप भएको छ भने यस्ता कुराहरु फेसबुकमा समावेश नगर्नुहोस् । अरुले फाइदा उठाउनेछन् ।

क्रेडिट कार्ड डिटेल्सः
क्रेडिट कार्डको डिटेल्स कहिले पनि फेसबुकमा नराख्नुहोस् । अकाउन्ट ह्याक हुने सबैभन्दा ठूलो डर यसैबाट हुन्छ ।

आफ्नो बोसलाई नजोड्नुहोस्ः
यो तपाईंको पर्सनल स्पेश हो । तपाईंको कुरा तपाईंको बोसलाई नरम्रो लाग्न सक्छ जसका कारण तपाईंले अफिसमा झेल्नुपर्ने हुनसक्छ ।

आफ्नो लोकेसन कहिले पनि नबताउनुहोस्ः
फेसबुकमा तपाईं आफ्नो लोकेशन कहिले पनि ट्याग नगर्नुहोस् । थाहा छैन, कसले तपाईंमाथि नजर गाडिरहेको छ ।

छुट्टिको जानकारी नदिनुहोस्ः
याद राख्नुहोस्, यसो गर्दा तपाईंले ठूलो नोक्सानी व्यवहोर्नु पर्ला । यस्तो हुनसक्छ कि तपाईंले फेसबुकमा १५ दिनको लागि छुट्टीमा जाँदैछु भनेर लेख्नुभएको छ र त्यही १५ दिनमा तपाईंको घरमा चोरी पनि हुनसक्छ । त्यसकारण यस्ता कुराहरु फेसबुकमा नराख्दा राम्रो ।

परिवारको तस्बिर नराख्नुहोस्ः
यस्तो गर्दा तपाईंले आफ्नो दुश्मनहरुलाई पनि आफ्नो परिवारसम्म पुर्याइरहनु भएको छ । परिवारको तस्बिर हाल्न तुरुन्त बन्द गर्नुहोस् ।

बालबच्चाको स्कूलको जानकारी नहाल्नुहोस्ः
तपाईंको आफ्नो साथीभाइसँग धेरै कुरा भन्न खोज्नुहुन्छ होला तर यसो भन्दैमा फेसबुकमा आफ्नो बालबच्चाको केही पनि जानकारी नहाल्नुहोस् । उनीहरुको स्कूलको केही गतिविधि पनि नहाल्नुहोस् । यसो गर्नुहुन्छ भने तपाईंलाई बेफाइदा नै हुन्छ ।

लोकेशन सेटिङ्ग सधैं बन्द राख्नुहोस्ः
आइफोन होस् वा एन्ड्रोइड , लोकेसन सेटिङलाई सधैं बन्द राख्नुहोस् । यसो गर्दा तपाईंको स्थिती बारे अरुलाई थाहा हुन्छ र खबर पाएलगत्तै त्यस्ता व्यक्तिले केही भिन्न प्लानिङ गरेर तपाईंलाई हानी पुर्याउन सक्छ


नआउनुस् अमेरिका : यहाँ देखाइ र भोगाइमा फरक छ, खाडी मुलुक भन्दा खतम छ

अमेरिका आएको एक महिना मात्र भएको रहेछ । कामको खोजीमा भौतारिरहेको थियो उ । भेटमा मैले सोधी हाले, 'कस्तो लाग्यो त भाई अमेरिका ?'

'नेपालबाट सोचेजस्तो रहेनछ दिदी अमेरिका,' उसले खिन्न हुँदै जवाफ दियो । 'ल्याएको पैसा सकिन लागिसक्यो काम पाएको छैन । कलेजको फी तिर्न के ले, खानु के ले उसले लामो श्वास तान्यो ।' उसको अनुहारमा देखिएको चिन्ताले मलाई पनि कस्तो कस्तो असहज बनायो । विद्यार्थी भिसामा पढ्न आएको उ ।


औलामा गन्न सकिने धनीमानीबाहेक आम नेपालीका सन्तान कनीकुथी ऋण सहयोग जुटाएर अमेरिका आउँछन् । उनीहरुले आˆनो मात्रै होइन आफ्ना परिवारका सपनाहरु पनि साथमै ल्याउछन् । त्यो सबै पूर्ति गर्ने बोझले यस्तरी थिच्छ जसबाट उम्किन मुस्किल पर्छ । हो, नेपालबाट देखेजस्तो सजिलो पक्कै छैन अमेरिका ।
भिडिओ हेरेर प्रतिक्रिया दिनुहोला। 

भारत विश्व समुदायबाट कश्मिरको ध्यान हटाउने प्रयारमा लागेको पाकिस्तानको आरोप

इस्लामाबाद –पाकिस्तानले कश्मिरमा भैरहेको अत्याचारबाट विश्व समुदायको ध्यान हटाउन भारतले आफ्ना बारेमा दुश्प्रचार गरेको आरोप लगाएको छ। पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतले बारम्बार पाकिस्तानलाई आतंकबादीको आरोप लगाउने  गरेको र यसको सँधै पाकिस्तानले खण्डन गर्ने बताएको छ।

भारतीय राज्य केरलामा शनिबार सम्पन्न एक सभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  पाकिस्तान आतंकबादलाई संरक्षण गर्ने राष्ट्र भएको आरोप लगाएका थिए। मोदिले भने,  भारत र पाकिस्तान  एकै समयमा स्वतन्त्र भएका हुन् तर आज हेर्नुस भारत विश्वमा सफ्टवेयर एक्सपोर्ट गर्छ भने पाकिस्तान विश्वमा आतंककारी एक्सपोर्ट गर्छ आखिर यो किन?’

मोदीको यस्तो प्रतिक्रयापछि पाकिस्तानको विदेश मन्क्रालयका प्रवक्ता नाफीस जकारियाले भने, ‘भारतले पाकिस्ताको धेरै जसो स्थानमा आतंकबादी गतिबिधिलाई बढाइ रहेको छ। विशेष गरी काश्मिर र बालुचीस्तानमा।’ उनले भारतले कस्मिर क्षेत्रमा मानव अधिकार हनन गरिहेको आरोप समेत लगाए ।

 जकारियाले भने, ‘पाकिस्तानले काश्मिरमा भैरहेको अत्याचारबाट विश्व समुदायको ध्यान हटाउन चाहिरहेको छ यो कुरा कुलभुषण यादवको बयानले पनि प्रष्ट हुन्छ कि बालुचिस्तानमा भैरहेको घटनामा भारतको उक्साहाटमा भैरहेको छ।’
पाकिस्तानले केही महिना पहिले पक्राउ परेका कुलभुषणलाई भारतीय जासुस भएको आरोप लगाउदै आएको छ।

अब चाहिदैन ज्योतिष,हस्ताक्षरबाटै पत्ता लगाउ आफ्नो भाग्य र भविष्य

एजेन्सी । आफ्नो भविश्यको वारेमा धेरैलाई चासो र चिन्ता हुन्छ । त्यसैले त धेरैजना ज्योतिष कहाँ धाउने गर्दछन् । तपाईं आफ्नो भाग्य र स्वभाव र अरुको भाग्य ज्योतिष कहाँ नपुगिकनै सजिलै सँग थाहा पाउन सकिन्छ । त्यसका लागि चिना वा हस्तरेखा हेरिरहनु पर्दैन । मात्र हस्ताक्षर हेर्दा हुन्छ ।
हरेक दिन कुनै न कुनै ठाउँमा मानिसहरुले हस्ताक्षर गर्नैपर्ने हुन्छ । अफिसमा होस् या कुनै निर्णय गरेको बेला । हस्ताक्षर जरुरी छ । हस्ताक्षर व्यक्तिको अनुहारको प्रतिविम्व अर्थात सहीछाप हुने ज्योतिषहरुको भनाई छ । हस्ताक्षरबाटै मानिसहरुको स्वभाव पत्ता लाग्ने बताइन्छ । कसरी पत्ता लगाउन सकिन्छ त हस्ताक्षरबाट मानिसको स्वाभाव ?

ज्योतिष शास्त्रका अनुसार जसले हस्ताक्षरको सुरुको अक्षर ठूलो लेख्छ उ निकै प्रतिभावान मानिस हुन्छ । यस्ता खालका मानिसहरु जुनसुकै काम जसरी पनि सकाउने खालका हुन्छन् । पछिल्ला अक्षरहरु सानोसानो बनाउँदै हस्ताक्षर गर्ने मानिसहरु विस्तारै सुखसयलमा जिन्दगी विताउन पाउँछन् ।

जसले हस्ताक्षर छिटोछिटो गर्छन् र उसको अक्षर कसैले बुझ्न सक्दैनन् भने ती मानिसहरुले जिन्दगीमा सुख पाउँदैनन् । उनीहरुले विभिन्न समस्याहरु भोग्नुपर्ने हुन्छ । यिनीहरु काममा भने निकै खट्छन् । यस्ता मानिसहरुले अरुलाई पनि धोका दिन्छन् । तर, अरु मानिसहरुले भने उनीहरुलाई धोका दिन सक्दैनन् ।

तोडमोड र अलगअलग गरी हस्ताक्षर गर्नेहरु चलाख हुन्छन् । यस्ता मानिसहरुले अरुको नोक्सानसमेत पुराउने गर्छन् । जसले कलात्मक हस्ताक्षर गर्छन् उनीहरु रचनात्मक स्वभावका हुन्छन् । यिनीहरु जुनसुकै काम पनि कलात्मक ढंगले गर्छन् । यस्ता मानिसहरु कलाकार हुन्छन् ।

हस्ताक्षरको मुनि रेखा तान्ने मानिसहरु काँतर स्वभावका हुन्छन् । उनीहरु जहिलेपनि असुरक्षित महसुस गर्छन् । यस्ता मानिसहरु लोभि पनि हुन्छन् । कोही मानिसहरु नामको पहिलो अक्षर ठूलो आकारमा लेख्छन् र बाँकी केही सानो गरी उपनाम लेख्छन् उनीहरु अद्भुत प्रतिभाका धनी हुन्छन् । यस्ता मानिसहरुले जीवनमा सम्पूर्ण सुखसुविधा पाउँछन् । यिनीहरुको वैवाहिक जीवन पनि सुखी हुनेगर्दछ ।

हस्ताक्षर मध्यम आकारको गर्नेहरु हरेक काम राम्रोसँग गर्ने गर्छन् । यिनीहरु हरेक कामलाई सन्तुलित बनाएर राख्छन् । बनावटी रुप देखाउँदैनन् । कतिले हस्ताक्षर तलबाट सुरु गरेर माथितिर लैजाने पनि गर्छन् । यस्ता मानिसहरु बढी आशावादी हुन्छन् । उनीहरु भगवानमा आस्था राख्छन् । निराश कहिल्यै हुदैनन् । यस्ता हस्ताक्षर गर्ने व्यक्तिमा नेतृत्व गर्ने क्षमता हुन्छ ।

त्यस्ता मानिसहरु माथिबाट तलतिर तान्दै हस्ताक्षर गर्छन् तिनीहरु नकरात्मक विचार बोकेका हुनसक्छन् । यिनीहरु कुनै पनि काम गर्नुअघि असफलताको कुरा पहिले नै सोच्छन् । उनीहरुको मानसिक अवस्था पनि ठिक नहुन सक्छ । यिनीहरु आफ्नो विचार परिवर्तन गरीरहने र कुनै एउटा कुरामा अडिग हुन नसक्ने खालका हुन्छन् ।

यदि कसैले हस्ताक्षरको अन्त्यमा लामो लाइन तान्छन् भने उनीहरु उर्जावान हुन्छन् । यस्ता व्यक्तिहरु सहयोगी हुन्छन् । जुनसुकै काममा सफलता प्राप्त गर्छन् ।जो मानिसले आफ्नो नामको बीचको अंश अगाडि लेख्छन् उनीहरु आफूलाई मनपर्ने नपर्ने विषयमा अधिक महत्व राख्छन् ।

जसले नाम मात्र लेख्छन्, थरहरु केही लेख्दैनन् त्यस्ता मानिस आफ्नो सिद्धान्तमा काम गर्न रुचाउँछन् । मानिसको सल्लाह पनि मान्दैनन् । सबैको सल्लाह सुन्छन् तर आफ्नो मनखुसी गर्छन् ।


यसरी गर्दैछ भारतले पाकिस्तानसँग युद्धको तयारी : आज भारतीय सैनिक उच्च अधिकारीले प्रधानमन्त्री मोदीसँग भेट गरे

Pathankot: Indian Prime Minister Narendra Modi being received by the Chief of Army Staff, General Dalbir Singh and the Chief of the Air Staff, Air Chief Marshal Arup Raha on his arrival, at Pathankot Airbase on Saturday. PTI Photo(PTI1_9_2016_000076B)
नयाँदिल्ली, ९ असोज । भारतीय सेनाका सैनिक प्रमुख, हवाई बल तथा नौसेनाको उच्च पदस्थ अधिकारीले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट गरी मुलुकको सुरक्षा अवस्थाबारे छलफल गरेका अल इन्डिया रेडियोले जनाएको छ । सैनिक प्रमुख जनरल दलवीर सिं, वायुसेना प्रमुख मार्सल अरुप राह र नौसेनाका उपप्रमुख करवीर सिंले भारतीय प्रधानमन्त्री मोदीको निवासमा देशको सुरक्षा अवस्थामा छलफल भएको उक्त सरकारी रेडियोले आफ्नो प्रसारणमा जनाएको हो । भेटका क्रममा भारत प्रशासित कास्मिरको उरी क्षेत्रमा चारजना बन्दुकधारीले गरेको आक्रमण र यस पछाडि यहाँको सुरक्षा अवस्थालगायतका कुरामा छलफल भएको बताइएको छ ।
यसै हप्ताको सुरुमा उरीमा भएको आक्रमणमा १८ जना सैनिक अधिकारीको मृत्यु भएको थियो भने २० सैनिक घाइते भएका थिए । उरी घटनापछि पाकिस्तान र भारतबीतको सम्बन्धमा चिसोपना छाएको छ । नयाँदिल्लीले उरी आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ । उरी आक्रमणपछि केही भारतीय राजनीतिज्ञ तथा पूर्व सैनिकले आक्रमणप्रति कला प्रतिक्रिया दिइनुपर्ने बताएका छन् ।

पाकिस्तानले भने भारतीय पक्षबाट लगाएको आरोपको खण्डन गर्दै भारतीय पक्षबाट आएका प्रतिक्रियाप्रति विशेष चासो व्यक्त गरेको छ । उरी आक्रमणपछि भारतीय सरकारका उच्च अधिकारी तथा सैनिक अधिकारीको निरन्तर भेट तथा छलफल भइरहेको र यसबाट आगामी कूटनीतिक तथा रणनीतिक प्रतिक्रिया जनाउने योजना बनिरहेको विश्लेषकहरुको भनाइ छ । यसैबीच, शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने बताउनु भएको छ ।

पाकिस्तानले एसियामा अस्थिरता निम्त्याउने कार्यमा लागेको आरोप लगाउनु भएको छ । उहाँले गएका चार महिनामा भारतीय सुरक्षा फौजले ११० जना आतंकबादी समूहमा सदस्यले युद्धविरामको रेखालाई काश्मिर इलाकामा काटेको बताउनु भएको छ । एसियामा खासगरी बङ्गलादेश र अफगानिस्तानमा आतंकवादी गतिविधि पाकिस्तानको उक्साहटका कारण भएका दावी गर्नुभयो । उहाँले पाकिस्तानलाई चेतावनीको शब्दमा भन्नुभयो, “म पाकिस्तानलाई एक्लाउने अभियानस्वरुप अवका दिनमा विश्व समुदायसँग पहल शुरु गर्नेछु”। रासस र सिन्ह्वा र एपी


भारत र पाकिस्तनबीच युद्धको तयारी भइरहदा अमेरिकाले किन राख्यो सुरक्षा परिषद्लाई आकस्मिक बैठक बोलाउन आग्रह ?

pak-nuclear
एजेन्सी । बेलायत, फ्रान्स र अमेरिकाले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन आग्रह गरेका छन् ।
सिरियाको दोस्रो ठुलो सहर अलेप्पोमा शनिबार भएको घटनाका बारेमा छलफल गर्न ती देशहरुले संयुक्त रुपमा शनिबार उक्त आग्रह गरेका हुन् ।  स्थानीय समय अनुसार आइतबार बिहान १० बजे सो आकस्मिक बैठकको आयोजना गर्न आग्रह गरिएको कुटनितिज्ञहरुले जानकारी दिएको छ ।

सिरियाको अलेप्पो सहरमा शनिवार भएको भीषण हवाई हमलालगायतको आक्रमणहरुमा परी ४५ सर्बसाधारण मारिएपछि आकस्मिक बैठक बोलाउन ती देशहरुले आग्रह गरेका बताइएको छ ।  सिरियाली सैनिकले विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी सहरहरुमा पुनः कब्जाको लागि भीषण आक्रमण गर्ने घोषणा गरेको दुई दिनपछाडि सो हवाई हमला भएको जनाइएको छ । राष्ट्रसङ्घका महासचिव बानकी मुनले अलेप्पोमा आधुनिक हतियारसहित आक्रमण भएकोमा यसअघि नै चिन्ता व्यक्त गरेका थिए ।

सो सहरमा हवाई हमला, डरलाग्दा हरियार, वङ्कर वम र शक्तिशाली मेसिनहरु प्रयोग गरेर आक्रमण भएको बताउनु बानले बताएका थिए । अलप्पो सहरमा हातहातियारहरुलाई गलत प्रयोग गरी युद्ध अपराध भईरहेको बानले बताएको उनका प्रवक्ताद्धारा जारी विज्ञप्तिमा जानकारी दिइएको थियो ।

सिरियामा केही दिन अगाडी मात्र ‘अल इद अदा’को अवसर पारी अमेरिका र रसियाको संयुक्त पहलमा युद्धविराम सम्झौता भएको थियो ।


तपाइँलाई कुनै केटीले मन पराउँछे कि पराउँदिन ? यसरी थाहा पाउनुहोस

हरेक पुरुषलाई आफूसँग कुनै स्त्री आकर्षित हुन्छे कि हुन्ने भन्ने चासो र चिन्ता हुन्छ । तपाइँ कुनै केटीले तपाइँलाई मन पराउँछे कि मन पराउँदिन भन्ने जान्न चाहनु हुन्छ भने यी कुरा विचार गर्नुस् ।
१. कुनै पनि केटीले तपाइँलाई मन पराउँछे भने उसले तपाइसँग बोल्दा आफ्नो कपाल टोक्ने गर्छे । आफ्नो कपाल चलाउँदै कुनै युवती तपाइँसँग बोल्छे वा बोल्दा कपाल चलाइरहन्छे भने बुझ्नुस् उसले तपाइँलाई मन पराउँछे र तपाइँको ध्यान खिच्न चाहन्छे ।
२. यदि कुनै केटीले तपाइँसँग घुमफिर गर्न वा समय विताउन तयार हुन्छे भने बुझ्नुस् उसले तपाइँलाई मन पराउँछे । यो साथीकोरुपमा होस् वा प्रेमकै रुपमा ।
३. यदि तपाइँसँग कुनै केटीले आँखा जुधाएर कुरा गर्छे भने बुझ्नुस् उ तपाइँसँग नजिक हुन र कुरा सुन्न चाहन्छे । तर आँखा अन्तै राखेर कुरा गर्ने केटीले या त तपाइँको कुरा मन पराएका छैनन् या उनीहरु तपाइँसँग नजिक अनुभव गर्दैनन् भन्ने बुझाउँछ ।
४. केटीहरु त्यस्ता केटासँग कुरा गरेर समय बर्वाद गर्दैनन् जो उनीहरुलाई मन पर्दैनन् । तपाइँसँग कुरा गर्न इच्छुक केटीले तपाइँलाई म पराइरहेकी पनि हुन्छे ।
५. कति कति बेला केटीहरु अली चर्को स्वरमा केटासँग कुरा गर्छन् । यसो गर्नु सँधै रिसाएको मात्र होइन कहिले काँहि खुसी नै रहेको तर प्रेम बुझाउनका लागि पनि गर्छन् । तपाइँको कुरा मन पराउने केटीले मात्र तपाइँसँग चर्को स्वरमा कुरा गर्छन् ।
६. तपाइँलाई मन पराउने युवती तपाइँसँग हुँदा हाँसी खुसी देखिन्छन् । उनीहरुले तपाइँसँग रहेको समय हाँसी खुसीमै वितेको देखाउन पनि चाहन्छन् । तर बाटोमा कुनै केटीले हाँस्दैमा भने यसको अर्थ त्यस्तो लाग्दैन ।
७. तपाइँसँग भेट्न आउँदा चिटिक्क परेर वा बनेर आउने केटी पनि तपाइँलाई प्रभाव छोड्न चाहेको बुझ्नुस् । अरुबेला वास्ता नगर्ने तर तपाइँलाई भेट्न आउँदा भने सम्हालिने केटीले तपाइँलाई मन पराउँछिन् ।
-

नेपाल र भुटान जस्तो नसम्झन भारतलाई पाकिस्तानको चेतावनी

काठमाडौं, ९ असोज । भारतको काश्मीरस्थित उरी क्षेत्रमा भएको आतंकवादी आक्रमण पश्चात पाकिस्तान र भारतबीच युद्धको खतरा बढिरहेको छ ।

अघिल्लो आइतबार उरी क्षेत्रमा भएको आतंकवादी आक्रमणका कारण १७ जना भारतीय सैन्य मारिएपछि दुई देश युद्धको तयारीमा रहेका छन् । यही विषयलाई लिएर पाकिस्तानी सञ्चार माध्यमहरुले भारतसँग नडराउन भन्दै सरकार र नागरिकलाई युद्धको तयारीमा रहन समाचार सम्प्रेशण गरिरहेका छन् ।

दैनिक पत्रिकाहरुले प्रथम पृष्ठमा सम्पादकीय नै लेखेर भारतलाई कडा चेतवानी दिँदै पाकिस्तानी सरकार र नागरिकलाई नडराउन र नझुक्न भन्दै युद्धतर्फ आकर्षित गराएको हिन्दी बीबीसीले उल्लेख गरेको छ । केही पत्रिकाले सचेत पनि गराएका छन् । उनीहरुले पाकिस्तानका कारण भारतले आफ्नो राजनीतिलाई प्रभाव पार्न खोजेको लेखेका छन् ।

बीबीसीकाअनुसार ‘एक्सप्रेस’ले सम्पादकीयमा परमाणु शक्ति सम्पन्न दुई मुलुक पाकिस्तान र भारतबीच भइरहेको युद्धको तयारीले दुवैलाई फाइदा नहुने उल्लेख गरेको छ ।

‘यही पाकिस्तान परमाणु शक्ति सम्पन्न हुन्थ्यो भने भारतले पाकिस्तानमाथि आक्रमण गर्न ढिलो गर्दैन थियो’, एक्सप्रेसको सम्पादकीय उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘हामी युद्ध चाहँदैनौ, तर हामी भुटान या नेपालजस्तो पनि होइनौं ।’

भारतले पाकिस्तानसँग युद्ध गरे अमेरिकाले साथ नदिने,युद्ध गरे भारतले ठूलो नोक्सानी बेहोर्नुपर्ने अमेरिकाको चेतावनी

modi
काठमाडौं, ९ असोज । काश्मिरको उरीमा भारतीय सैनिकमाथि भएको हमलापछि भारत र पाकिस्तानबीच चर्किएको विवादका बीच विश्वकै एक शक्ति राष्ट्र अमेरिकाले युद्धको बाटो नरोज्न दुबै देशलाई अपिल गरेको छ ।
अमेरिकाको प्रमुख पत्रिका न्यूयोर्क टाइम्सले शुक्रबारको सम्पादकीयमा यदि दुई देशबीच युद्ध भए यसबाट भारतलाई ठूलो नोक्सान हुने चेतावनी दिएको छ । सम्पादकीयमा अमेरिकी सरकारको धारणासमेत जोडेर भारतलाई पाकिस्तानसँग युद्ध गर्ने खेलमा नलाग्न सुझाव दिँदै यदि भारतले पाकिस्तानसँग युद्ध गर्छु भनेर सोच्यो भने यसबाट उसैलाई नै नोक्सान हुनेमा सचेत गराइएको छ ।

भारत र पाकिस्तानको परमाणु शक्तिको चिरफार गर्दै भनिएको छ– ‘यदि दुई देशबीच चलिरहेको विवादले युद्धको रुप लियो भने यो निकै घातक हुनेछ । भारतले बदला लिन कारवाही गरेमा यसले पाकिस्तानलाई जवाफी कारवाहीमा उत्रन बाध्य पार्नसक्छ । यो जटिल स्थिती हुनसक्छ । सम्पादकीयले भारत र भारतीय नेतालाई बदलाको भावना त्याग्न सुझाव दिएको छ ।

अमेरिकी पत्रिकामा पाकिस्तानलाई पनि संयमितता अपनाउन सुझाव दिइएको छ । आतंकवादविरुद्ध सबै राष्ट्र एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।


भारि बर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च, खतराको संकेत

सुनसरी, ९ असोज – पूर्वी पहाडी जिल्लाहरुमा लगातार बर्षा भएपछि सप्तकोशी नदीमा फेरि पानीको बहाव बढेको छ।2016-09-25_0854
पानीको बहाव बढेपछि नदीमा खतराको संकेतस्वरुप रातो बत्ति बालिएको छ। आइतबार बिहान ७ बजे गरिएको मापन अनुसार पानीको बहाव १ लाख ९० हजार ५ सय क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले जानकारी दिए।

अहिले कोशी ब्यारेजका ५६ मध्ये २२ वटा ढोका खोलिएका छन्। पानी १ लाख ५० हजार क्युसेकभन्दा माथि गएपछि व्यारेजमा खतरा स्वरुप रातो बत्ति बाल्ने गरिएको छ।

यी हुन् ४३ हजार दुई सय पटक बलात्कार भएकी युवती

एजेन्सी । मानव तस्करीका लागि मेक्सिकोको अपराधिक संगठनहरु विश्वभर फैलिएको एक अध्ययनले देखाएको छ । मेक्सिको सरकारले अपराधिक संगठनलाई तह लगाउन नसक्दा यस्ता अपराधिक घटनाहरु धेरै हुने गरेको छ ।
एउटी युवतीले मेक्सिकोमा आफुमाथि भएको हिंसाबारे बोलेकी छिन् । उनी हुन् कार्ला जासिन्टो । उनलाई लाग्छ उनी ४३ हजार २ सय पटक बलात्कार भएकी छिन् । उनी भनिन ,‘प्रत्येक दिन ३० जना मानिसहरुले ४ वर्षसम्म मलाई बलात्कार गरीरहे।’

उनी १२ वर्षीकी हुदाँ एकजना मानिसले ललाईफकाई वलात्कार गरेको उनले बताए। उनी भन्छिन्,‘एकजना मानिस थियो,जसले मलाई गिफ्ट, पैसा, कारहरु दिनेगथ्र्यो ।’ उसको प्रलोभनमा परी उनी मेक्सिको सहर टलाक्सकलामा उसँगै गइन् । ‘त्यहाँ वेश्वावृतिका लागि काम गर्ने विभिन्न महिलाहरु लगिने ठाउँ रहेछ ।

तीन महिनासम्म उनी उक्त मानवतस्करसँग उक्त ठाउँमा बसिइन् । त्यसपछि उनलाई उक्त व्यक्तिले गुएडालाजारा, मेक्सिकोको ठुलो सहरमा लिएर गएको थियो । त्यसपछि उनीलाई बेश्याबृति गर्न बाध्य बनाइयो । उनी भन्छिन्,‘म विहान १० बजेबाट सुरु गर्थे र मध्येराति सकिन्थ्यो । उनलाई वेश्यावृतिमा लगाउन बाध्य बनाएका ती मानवतस्कर व्यक्तिले नराम्रोसँग कुटपिट गरेको उनले बताइन् । उनको घाटीमा लिपिस्टिको दाग देखेपछि उसले कुट्न सुरु गरेको थियो ।

अन्तर्राष्ट्रिय संस्था माइग्रेसनका अनुसार मेक्सिकोमा प्रत्येक वर्ष २० हजारको संख्यामा मानवतस्करी हुने बताएको छ ।अमेरिकामा पनि प्रत्येक १० जनामा पाँच जना मोस्ट वान्टेड मानव तस्करहरु टेनासिन्गोबाट रहेका छन् । त्यहाँको जनसँख्या ११ हजार रहेको छ । जासिन्टोलाई सन् २००६ मा उद्धार गरिएको थियो । उनको उमेर हाल २३ वर्ष रहेको छ । अब उनी मानव तस्कर विरोधी अभियानमा काम गर्दै आइरहेकी छिन् ।

अर्को सातादेखि डिभी लोटरी, कति चाहिन्छ योग्यता ? फोटो कस्तो खिच्नु पर्छ ? यस्तो छ भर्ने सही तरिकासहित


काठमाडौं ९ असोज । अमेरिकाको ग्रिनकार्ड पाउने सबैभन्दा सजिलो तरिका डिभी लोटरीका लागि अर्को सातादेखि आवेदन दिन सकिने भएको छ । इस्टर्न डेलाइट टाइम अनुशार आगामी साताको मंगलबार अक्टोबर ४ तारिख दिउसो १२ बजेदेखि डिभी लोटरीका लागि आवेदन दिन सकिनेछ । नोभेम्बर ७ सोमबार इस्टर्न टाइम अनुशार दिउसो १२ बजेसम्म डिभी लोटरी भर्न सकिनेछ । विगतका बर्षहरुमा भन्दा लोटरी फर्ममा सामान्यमात्र हेरफेर गरिएको जनाइएको छ ।

dv-lottery
डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम सम्बन्धी निर्देशिका
अमेरिकी कङ्ग्रेसको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्ने गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३(सी) ले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई “डाइभर्सिटी आप्रवासी” का रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ । आर्थिक वर्ष सन् २०१८ का लागि ५०,००० डाइभर्सिटी भिसा (डिभी) उपलब्ध गराइनेछ । डिभीका लागि दर्ता गर्न कुनै शुल्क लाग्दैन ।
चिठ्ठा पर्ने आवेदकहरू (“विजेताहरू”) ले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ । डिभीका उम्मेदवारहरूको चयन कम्प्युटरद्वारा विनाक्रमबद्ध तरिकाले गरिन्छ । भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।
डिभी–२०१८ का लागि निम्न देशका नागरिकहरू योग्य हुने छैनन् किनभने यी देशले विगत पाँच वर्षमा ५०,००० भन्दा बढी नागरिकहरू संयुक्त राज्य अमेरिका पठाइसकेका छन्ः
बङ्गलादेश, ब्राजिल, क्यानाडा, चीन (मुख्य भूमिमा जन्मेका), कोलोम्बिया, डोमिनिकन रिपब्लिक, एल साल्भाडोर, हाईटी, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, पेरु, फिलिपिन्स, दक्षिण कोरिया, संयुक्त अधिराज्य (उत्तरी आयरल्यान्ड बाहेक) र उसका आश्रित भूभाग, र भियतनाम ।
हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्र, मकाउ विशेष प्रशासनिक क्षेत्र, र ताइवानमा जन्मिएका व्यक्ति योग्य छन् ।
यो बर्षका लागि योग्यतामा परिवर्तन ः डिभी लोटरी २०१८ का लागि इक्वेडरका नागरिकहरु योग्य हुनेछन् ।
योग्यता
आवश्यकता १ :
ती देशमा जन्मेका व्यक्ति जुन देशका नागरिक डिभीमा सहभागी हुन योग्य छन् ।
यदि तपाईँ योग्यताप्राप्त देशमा जन्मिनुभएको होइन भने, तपाईँले अन्य दुई तरिकामार्फत सहभागी हुन पाउनुहुन्छ ।
– के तपाईँको पति/पत्नीको जन्म त्यस्तो देशमा भएको हो जहाँका नागरिक डिभीका लागि योग्य छन्? यदि हो भने तपाईँले आफ्नो पति वा पत्नीको जन्मदेशको नागरिकताको हक दाबी गर्न सक्नुहुन्छ – तर दुबै तपाईँर तपाईँको पति/पत्नी छनोटमा परी भिसा प्राप्त गरी एकैसाथ अमेरिका प्रवेश गर्नु पर्दछ ।
– के तपाईँको जन्म त्यस्तो देशमा भएको हो जहाँका नागरिक डिभीका लागि योग्य छैनन्तर तपाईँका दुबै आमाबुबाको जन्म आफू जन्मेको देशमा भएको होइन वा तपाईँको जन्म भएको बेला उक्त देशमा वैध रूपमा बसोबास गरिरहेका थिएनन्? यदि हो भने तपाईँले आफ्नो आमाबुबाको जन्मदेशको नागरिकताको हक दाबी गर्न सक्नुहुनेछ, यद्यपि सो देशका नागरिक डिभी–२०१८ कार्यक्रमका लागि योग्य हुनुपर्नेछ । यसका बारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नमा हेर्नुहोस् ।
आवश्यकता २ :
हरेक डिभी आवेदकले डिभी कार्यक्रमका लागि निम्न शैक्षिक वा कार्य अनुभवको आवश्यकता पूरा गरेको हुनुपर्दछ :
– माध्यमिक तहको शिक्षा वा त्यसको समानार्थ शिक्षा जसको अर्थ प्राथमिक र माध्यमिक गरी १२ वर्षे औपचारिक शिक्षा सफलताका साथ पूरा गरेको ।
वा
– तपाईँसँग विगत पाँच वर्षमा दुई वर्षको कामको अनुभव हुनुपर्दछ – त्यस्तो काम जसको लागि कम्तीमा दुई वर्षको तालिम वा अनुभव आवश्यक पर्दछ । तपाईँको कामको अनुभव योग्य भए नभएको निर्धारण युएस डिपार्टमेन्ट अफ लेबर (अमेरिकी श्रम मन्त्रालय) को डेटाबेसद्वारा गरिनेछ ।
कार्यानुभव डिभीका लागि योग्य हुने नहुनेबारेथप जानकारीका लागि बारम्बार सोधिने प्रश्नमा हेर्नुहोस् । यदि तपाईँको दुबै आवश्यकता पूरा हुँदैन भने डिभीका लागि आवेदन नहाल्नुहोस् ।

आवेदन अवधि डिभी–२०१८ को लागि आवेदन हाल्नका लागि www.dvlottery.state.gov मा गई सन् २०१६ अक्टोबर ४ तारिख मंगलबार ईस्टर्न डेलाइट टाइम (ईडीटी) (जीएमटी–४) को मध्याह्न र सन् २०१६ नोभेम्बर ७ तारिख सोमबार ईस्टर्न डेलाइट टाइम (ईडीटी) (जीएमटी–५) को मध्याह्नबीच इलेक्ट्रोनिक रूपमा दर्ता गर्नु पर्दछ । आवेदकहरूलाई आफ्नो आवेदन भर्न दर्ता अवधिको अन्तिम हप्तासम्म नकुर्न विशेष अनुरोध गर्दछौँ । म्याद नाघेपछिको आवेदन वा कागजीय आवेदन स्वीकार गरिने छैन । अमेरिकी विदेश मन्त्रालयलेएकभन्दा बढी आवेदन परे नपरेको पत्ता लगाउन सुविज्ञ प्रविधिको प्रयोग गर्दछ । एकभन्दा बढी आवेदन हाल्ने आवेदकहरू डिभीका लागि अयोग्य ठहरिनेछन् । डिभी–२०१८ कार्यक्रममा लागि विद्युतीय आवेदन दर्ता गर्ने प्रक्रिया www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा आवदेन फारम (ई–डिभी आवेदन फारम वा DS-5501 भर्नुहोस् । आंशिक रूपमा भरिएका आवेदनहरूलाई स्वीकारिने छैन । आवेदन फारम बुझाउनका लागि कुनै शुल्क लाग्दैन । तपाईँलाई “भिसा कन्सल्टेन्ट,” “भिसा एजेन्ट” वा अन्य व्यक्तिमार्फत आफ्नो आवेदन नभराउन विशेष अनुरोध गरिन्छ । यदि तपाईँले आफ्नो आवेदन भर्न कसैको मद्दत लिँदैहुनुहुन्छ भने आवेदन भर्ने समयमा तपाईँसाथमा उपस्थित हुनुपर्दछ ताकि तपाईँले “कन्फर्मेशन पेज” र आफ्नो “युनिक कन्फर्मेशन नम्बर” प्राप्त गर्न सक्नुहुनेछ । तपाईँले आफ्नो कन्फर्मेशन पेज र आफ्नो युनिक कन्फर्मेशन नम्बर सुरक्षित राख्न अत्यन्त जरुरी छ किनभने सो बिना तपाईँले आफ्नो आवेदन कुन प्रक्रियामा छ भनी अन्लाइनमार्फत हेर्न सक्नुहुन्न । यदि कसैले तपाईँको कन्फर्मेशन पेज र युनिक कन्फर्मेशन नम्बर सुरक्षित राखिदिने प्रस्ताव गरेको खण्डमा सतर्क रहनुहोस् । ई–डिभी भर्दा प्रदान गरिएको ईमेल खाता र त्यसमा आफ्नो पहुँच कायम राख्नुहोला । डाइभर्सिटी भिसा कार्यक्रमसम्बन्धी हुने जालसाजीबारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् । आवेदन दर्ता गरेपछि तपाईँले एक “कन्फर्मेशन स्क्रिन” देख्नुहुनेछ जसमा तपाईँको नाम र युनिक कन्फर्मेशन नम्बर हुन्छ । आफ्नो अभिलेखको लागि उक्त “कन्फर्मेशन स्क्रिन” लाई प्रिन्ट गर्नुहोस् । सन् २०१७ मे २ देखि तपाईँले आफ्नो डिभी–२०१८ आवदेनको स्टेटस चेक गर्न सक्नुहुन्छ । त्यसको लागि www.dvlottery.state.gov मा गई “एन्ट्रेन्ट स्टेटस चेक” (Entrant Status Check) मा क्लिक गरी आफ्नो युनिक कन्फर्मेशन नम्बर र व्यक्तिगत जानकारी हाल्नुहोस्। तपाईँंले आफू डिभी–२०१८ का लागि छनोट भए नभएको पत्ता लगाउन र आफ्नो आप्रवासी भिसा अन्तर्वार्ता अपोइन्टमेन्ट मिति चेक गर्नका लागि एन्ट्रेन्ट स्टेटस चेक प्रयोग गर्नु पर्दछ । अमेरिकी सरकारले तपाईँलाई प्रत्यक्ष रूपमा सूचित गर्दैन । एन्ट्रेन्ट स्टेटस चेक आफ्नो आवेदनको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने निर्देशनहरूको एक मात्र स्रोत हो । छनोट प्रक्रियाबारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् । आवेदन भर्नका लागि तपाईँलेनिम्न जानकारी उपलब्ध गराउनुपर्दछ ः १. पूरा नाम – थर, नाम, बीचको नाम । आफ्नो नाम राहदानीमा लेखिए अनुरूप दुरुस्त लेख्नुहोस् । २. लिङ्ग – पुरुष वा महिला । ३. जन्म मिति – दिन, महिना, वर्ष । ४. जन्मिएको शहर । ५. जन्मिएको देश – देशको नाम आफ्नो जन्मस्थलका रूपमा हाल प्रयोग भइरहेका स्थान हुनुपर्दछ । ६. डिभी कार्यक्रमका लागि योग्यताप्राप्त देश – सामान्यतया, तपाईँजन्मिएको देश नै तपाईँको लागि डिभीको लागि योग्यताप्राप्त देश हुनेछ । तपाईँ हाल जहाँ बसोबास गरिरहनुभएको छ, तपाईँको लागि डिभीको लागि योग्यताप्राप्त देशसँग त्यसको सम्बन्ध छैन । यदि तपाईँ डिभी कार्यक्रमका लागि योग्य नरहेको देशमा जन्मिनुभएको हो भने तपाईँसँग अन्य विकल्प रहे नरहेको बारे जानकारी लिन कृपया बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् । ७. फोटो(हरू) – आफ्नो, आफ्नो पति÷पत्नी तथा आवेदनमा उल्लिखित सबै सन्तानको हालै खिचिएको फोटो ( पछिल्लो छ महिनामा खिचिएकोहुनुपर्ने) । फोटोसम्बन्धी मापदण्डका लागि डिजिटल फोटोबुझाउनेसम्बन्धी हेर्नुहोस् । यदि तपाईँको पति÷पत्नी अमेरिकी नागरिक वा वैध स्थानीय बासिन्दा हो भने तपाईँले उनीहरूको फोटो राख्न जरुरी छैन तर राख्नुभएको खण्डमा पनि तपाईँको आवेदन भनेरद्द हुने छैन । सामूहिक फोटो स्वीकार हुने छैन । प्रत्येक व्यक्तिको छुट्टै फोटो राखिनुपर्दछ । यदि फोटो पछिल्लो छ महिनामा नखिचिएको, मिलाइएको वा तल उल्लेख गरिए अनुरूपका आवश्यकताहरू पूरा नभएको खण्डमा तपाईँको आवदेन रद्द हुनसक्छ वा तपाईँलाई भिसा जारी नहुन सक्छ । थप जानकारीका लागि डिजिटल फोटो बुझाउनेसम्बन्धीमा हेर्नुहोस् । ८. चिठी पठाउने ठेगाना – नाम ठेगाना शहर,गाउँ जिल्ला, देश, प्रान्त, राज्य हुलाकी कोड, जिप कोड देश ९. हाल बसोबास गरिरहनुभएको देश । १०. फोन नम्बर (ऐच्छिक) । ११. ईमेल ठेगाना – आफ्नो प्रत्यक्ष पहुँच भएको ईमेल ठेगाना उपलब्ध गराउनुहोला । यदि तपाईँको आवेदन छनोटमा परेमा र तपाईँले आवेदन प्रक्रिया अवस्था Entrant Status Check मार्फत उत्तर पठाउनुभएमा तपाईँले अमेरिकी विदेश मन्त्रालयबाट ईमेलमार्फत आवेदन प्रक्रिया अवस्था (Entrant Status Check) मा तपाईँको आप्रवासी भिसाको अन्तर्वार्ताको विवरण उपलब्ध हुने जानकारी प्राप्त गर्नुहुनेछ । अमेरिकी विदेश मन्त्रालयले तपाईँ डिभी कार्यक्रमका लागि छनोट हुनुभयोभनेर तपाईँलाई कहिल्यै पनि ईमेल पठाउने छैन । छनोट प्रक्रियाबारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् । १२. हालसम्म हासिल गर्नुभएको शिक्षा : (१) प्राथमिक विद्यालय मात्र, (२) माध्यमिक विद्यालय तर पूरा नगरेको, (३) माध्यमिक विद्यालय पूरा, (४) व्यावसायिक विद्यालय, (५) विश्वविद्यालयमा केही कक्षाहरू लिएको, (६) विश्वविद्यालयको डिग्री हासिल गरेको, (७) केही स्नातक तहका विषयहरू पढेको, (८) स्नातकोत्तर, (९) केही विद्यावारिधी तहका विषयहरू पढेको, र (१०) विद्यावारिधी हासिल । शैक्षिक आवश्यकताहरूबारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् । १३. वर्तमान वैवाहिक स्थिति – अविवाहित, विवाहित तर मेरा पति/पत्नी अमेरिकी नागरिक वा अमेरिकी वैध स्थायी बासिन्दा (एलपीआर) होइनन्, विवाहित र मेरा पति/पत्नी अमेरिकी नागरिक वा अमेरिकी एलपीआर हुन्, सम्बन्धविच्छेद, विधवा, वा कानुनी रूपमा अलग्गिएर बसेको । आफ्नो पति/पत्नीको नाम, जन्म मिति, लिङ्ग, जन्मिएको शहर/नगर र जन्मिएको देश, र मापदण्ड मिल्ने फोटो हाल्नुहोस् । योग्य पति/पत्नीकोनाम उल्लेख नगरिएको खण्डमा डाइभर्सिटी भिसाका प्राथमिक आवेदकका रूपमा तपाईँको आवेदन अयोग्य ठहरिनेछ र भिसा अन्तर्वार्ताका बेला जारी गरिनुपर्ने कुनै पनि भिसा जारी गरिने छैन । यदि तपाईँले भिसाको लागि आवेदन गर्नुभन्दा अगाडि नै सम्बन्धविच्छेद गर्ने योजना बनाउनुभएको छ भने पनि आफ्नो पति वा पत्नीको विवरण उल्लेख गर्नु पर्दछ । यदि पति÷पत्नी अमेरिकी नागरिक हो वा वैध स्थायी बासिन्दा हो भने उनीहरूलाई भिसा आवश्यक पर्दैन वा जारी गरिने छैन । तर उनीहरूको नाम उल्लेख गरिएको खण्डमा तपाईँको आवेदनमा कुनै असर पर्ने छैन । परिवारिक सदस्यसम्बन्धी थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् । १४. सन्तानको सङ्ख्या – तपाईँका २१ वर्ष मुनिका अविवाहित सन्तान तपाईँसँगै बस्ने भए या नभए तापनि वा तपाईँसंयुक्त राज्य अमेरिका आप्रवासन गर्ने बेला सँगै जाने मनासय राखेका भए या नभए तापनि वा पछि अमेरिका गई तपाईँसँगै बस्ने मनासय राखेका भए या नभए तापनि तपाईँले हरेकको नाम, जन्म मिति, लिङ्ग, जन्म शहर/नगर र जन्म देश उल्लेख गर्नु पर्दछ । आफूले बुझाउनुभएको फोटोको मापदण्डसँग मिल्ने गरी हरेक सन्तानको छुट्टाछुट्टै फोटो बुझाउनुहोस् । निम्न लिखित अनिवार्य समावेश गर्नुहोला : – सबै जिवित प्राकृतिक सन्तान, – तपाईँले कानुनी रूपमा ग्रहण गर्नुभएको सबै जीवित धर्मसन्तान, र – तपाईँले आवेदन भर्दाको समयमा २१ वर्ष मुनि रहेका अविवाहित सौतेला सन्तानको विवरण पनि समावेश गरिनुपर्दछ चाहे तपाईँसो सन्तानको आमा वा बुबासँग कानुनी रूपमा विवाहित रहनुभएको होस्वा नहोस्र चाहे तपाईँसँग बसोबास गरेको होस् वा नहोस् र वा तपाईँसँग आप्रवासन गर्ने हुन् वा नहुन् । विवाहित सन्तान र तपाईँले आवेदन पेश गर्दा २१ वर्ष पुगेका वा त्यसभन्दा बढी उमेर भएका सन्तान डाइभर्सिटी भिसाका लागि योग्य हुने छैनन् । तर केही अवस्थामा चाइल्ड स्टेटस प्रोटक्शन ऐन नामक अमेरिकी कानुनले उमेर पुगिसकेका सन्तानलाई पनि छुट प्रदान गर्दछ । यदि तपाईँले आफ्नो अविवाहित सन्तान २१ वर्षको उमेर नुपग्दै आवेदन बुझाउनुभएको थियो र भिसा जारी हुने समयभन्दा अगाडि सो सन्तान २१ वर्ष पुगेमा उसलाई चाइल्ड स्टेटस प्रोटेक्शन ऐन अन्तर्गत २१ वर्ष मुनिकै उमेर ठहर भई उसको भिसाउपर कार्यवाही हुनेछ । अमेरिकी नागरिक वा वैध स्थायी बासिन्दाका रूपमा रहेका सन्तान डाइभर्सिटी भिसाका लागि योग्य हुँदैनन् । यद्यपि उनीहरूको नाम उल्लेख गर्नुभएमा वा छुटाउनुभएमा तपाईँको आवेदनलाई कुनै असर पर्दैन । डिभीका लागि योग्य सम्पूर्ण सन्तानको नाम उल्लेख नगरिएको खण्डमा प्राथमिक आवेदक डिभीको लागि अयोग्य ठहरिनेछ र भिसा अन्तर्वार्ताका बेला जारी गरिनुपर्ने कुनै पनि भिसा जारी गरिने छैन । परिवारिक सदस्यसम्बन्धी थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् । डिभी–२०१८ कार्यक्रमका लागि विद्युतीय आवेदन कसरी भर्ने बारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् । आवेदक छनोट हरेक क्षेत्र र देशका लागि छुट्याइएको सङ्ख्याको आधारमा योग्य आवेदनहरूमध्येबाट गोलाप्रथाको माध्यमबाट आवेदकहरूको छनोट कम्प्युटरद्वारा गरिन्छ । सबै डिभी–२०१८ आवेदकहरूले आफूडिभी कार्यक्रमको लागि छनोट भए नभएको पत्ता लगाउन आवेदन दर्ताका बेला प्राप्त युनिक कन्फर्मेशन नम्बर प्रयोग गरी ई–डिभी वेबसाइटको एन्ट्रेन्ट स्टेटस चेकमा गई हेर्नु पर्दछ । एन्ट्रेन्ट स्टेटस चेक ई– डिभीको वेबसाइट www.dvlottery.state.gov मा सन् २०१७ मे २ देखि कम्तीमा सन् २०१८ सेप्टेम्बर ३० सम्म उपलब्ध हुनेछ । यदि तपाईँको आवेदन छनोटमा परेको रहेछ भने तपाईँकन्फर्मेशन पेजमा पुग्नु हुनेछ जसमा अमेरिका अप्रवासन गर्न लाग्ने शुल्क लगायतका जानकारीका साथै थप निर्देशनहरू दिइएको हुन्छ । डिभी–२०१८ का लागि छनोट भएकाहरूले केवल एन्ट्रेन्ट स्टेटस चेक मार्फत मात्र छनोट भएको जानकारी प्राप्त गर्न सक्नेछन्। अमेरिकी विदेश मन्त्रालयले छनोट भएको सूचना चिठी वा ईमेलमार्फत पठाउँदैन । अमेरिकी दूतावास र वाणिज्यदूतावासहरूले छनोट भएकाहरूको सूची उपलब्ध गराउँदैनन्। छनोटमा नपरेकाहरूले पनि सूचना पाउने थलो भनेको एन्ट्रेन्ट स्टेटस चेक हो । सूचनाका लागि अरुकोभर पर्नुको सट्टा तपाईँलाई हामी एन्ट्रेन्ट स्टेटस चेक आफै हेर्नुहुन जोड गर्न चाहन्छौँ । योग्यताका मापदण्ड पुगेका छनोट भएकाहरू तथा उनीहरूका योग्य पारिवारिक सदस्यहरूको आवेदनउपरको सम्पूर्ण कार्यवाही र डिभी भिसा जारी २०१८ सेप्टेम्बर ३० भित्र गरिसक्नुपर्दछ । सो मिति पश्चात्कुनै पनि हालतमा डिभी जारी गर्न मिल्ने छैन न त कुनै पनि परिवारिक सदस्यले सो मिति पश्चात्अमेरिका गइसकेका प्रमुख आवेदकसँग बसोबास गर्न जानका लागि डिभी प्राप्त गर्न सक्नेछ । छनोट प्रक्रियाबारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् । डिजिटल फोटो बुझाउनेसम्बन्धी : तपाईँले नयाँ डिजिटल फोटो खिच्न सक्नुहुन्छ वा हालै (गत छ महिनामा) खिचिएकोप्रिन्ट फोटोलाई डिजिटल स्क्यानरमार्फत स्क्यान गर्न सक्नुहुन्छ । तर फोटो चाहिँ तल उल्लिखित कम्पोजिशन र टेक्निकल विवरण अनुसारको हुनुपर्दछ । तपाईँको फोटो ठीक छ कि छैन भनी थाहा पाउन ई–डिभी वेबसाइटको फोटो भ्यालिडेशन लिङ्कमा गएर हेर्नुहोस् जहाँ फोटोको कम्पोजिशनबारे थप टेक्निकल विवरण र स्वीकार्य तथा अस्वीकार्य फोटोका उदाहरणहरू प्रदान गरिएको हुन्छ । गतबर्ष डिभी लोटरी भर्दा हालेको फोटो यसपटक पनि हालेमा डिभी कार्यक्रमका लागि अयोग्य हुनुहुनेछ । फोटो २४–बीट कलर डेप्थको हुनुपर्दछ । यदि तपाईँले स्क्यानरको प्रयोग गर्दै हुनुहुन्छ भने स्क्यानरको सेटिङ्गस् ट्रु कलर वा २४–बीट कलर मोडमा हुनुपर्दछ । स्क्यानिङसम्बन्धी थप मापदण्डहरूबारे तल हेर्नुहोस् । कम्पोजिशनसम्बन्धी मापदण्ड : – टाउकोको पोजिशन फोटो लिइने व्यक्तिले सिधा क्यामेरामा हेर्नु पर्दछ । टाउको माथि, तल वा दायाँ–बायाँ ढल्केको हुनुहुँदैन । टाउकोको लम्बाइ वा अनुहारको साइज (कपाल समेत गरी टाउकोको टुप्पादेखि चिउँडोको तल्लो भागसम्म) फोटोको पूरा लम्बाइको ५० देखि ६९ प्रतिशतबीच हनुपर्दछ । आँखाको उचाइ (फोटोको तल्लो भागदेखि आँखासम्म) फोटोको लम्बाइको ५६ देखि ६९ प्रतिशतबीच हुनुपर्दछ । – हल्का रङ्गको पृष्ठभूमि सादा, हल्का रङ्गको पृष्ठभूमिमा फोटो खिच्नुपर्दछ । – फोकस फोटो फोकसमा हुनुपर्छ । – साजसज्जाका सामग्री नलगाउने अनुहार स्पष्ट रूपमा पहिचान गर्न नसकिने गरी कालो चश्मा वा अन्य पहिरनका सामग्री लगाएको हुनुहुँदैन । – शिर ढाक्ने वस्त्र वा टोपी नलगाउने धार्मिक कारणलेलगाइने टोपी वा शिर ढाक्ने वस्त्र स्वीकार हुनेछ तर शिर ढाक्ने वस्त्रले आवेदकको अनुहारको कुनै पनि भाग ढाकेको हुनुहुँदैन । कुनै धार्मिक कारणका लागि नभई टाउकोमा लगाइने जातीय वा अन्य वस्त्र मान्य हुनेछैन । सेना, वायुसेवा, वा अन्य क्षेत्रमा कार्य गर्दा लगाइने टोपी मान्य हुनेछैन । टेक्निकल विवरण – नयाँ डिजिटल फोटो लिनेसम्बन्धी : नयाँ डिजिटल फोटोखिच्दा निम्न मापदण्ड पूरा गरिएकोहुनु पर्दछ । फोटोफाइलको फरम्याट : फोटो Joint Photographic Experts Group (JPEG) फरम्याटमा हुनुपर्दछ । फोटोफाइलको साइज : फोटोको अधिकतम साइज २४० किलोबाइट हुनुपर्दछ । फोटोको रेजोल्युशन र डाइमेन्सन : न्यूनतम स्वीकार्य डाइमेन्सन ६०० पिक्सेल (चौडाइ) X ६०० पिक्सेल (उचाइ) देखि बढीमा १२०० पिक्सेल X १२०० पिक्सेल हुनुपर्दछ । फोटोको कलर डेप्थ : फोटो रङ्गिन हुनुपर्दछ (२४ बिट्स पर पिक्सेल) २४–बिट ब्ल्याक एण्ड व्हाइट वा ८–बिट फोटो स्वीकार हुने छैन । फोटो स्क्यान गर्नेसम्बन्धी : प्रिन्ट फोटो स्क्यान गर्नु अगाडि फोटोले माथि उल्लिखित कलर र कम्पोजिशनसम्बन्धी आवश्यकताहरू पूरा गरे नगरेको पक्का गर्नुहोस् । प्रिन्ट फोटोलाई तल उल्लिखित आवश्यकताहरू पूरा हुने गरी स्क्यान गर्नुहोस् । स्क्यानरको रेजोल्युशन : कम्तीमा ३०० dots per inch (dpi) resolution मा स्क्यान गर्नुहोस्। फोटोफाइलको फरम्याट : फोटो Joint Photographic Experts Group (JPEG) फरम्याटमा हुनुपर्दछ । फोटोफाइलको साइज ः फोटोको अधिकतम साइज २४० किलोबाइट हुनुपर्दछ । फोटोको रेजोल्युशन : ६०० X ६०० पिक्सेल देखि बढीमा १२०० X १२०० पिक्सेल । फोटोको कलर डेप्थ : २४–बिट कलर । (ब्ल्याक एण्ड ह्वाइट, मोनोक्रोम, वा ग्रेस्केल फोटोहरू स्वीकार हुने छैनन्।) साभार -खसोखास - See more at: http://www.lightnepal.com/46884/#sthash.wEowZAeS.zCsvB80c.dpuf