७ असोज‘हिम्मत भए गरिबी र बेरोजगारीको लडाइ लड्न भारत तयार’। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानले दिएको युद्धको चुनौती भारतले स्विकार गरेको बताएका छन्। प्रधानमन्त्री मोदीले केरल राज्यको आमसभामा बोल्दै पाकिस्तानको आतंकवादको संज्ञा दिँदै लडाइ लडन भारत पछि नहट्ने चेतावनी दिएका हुन्। उनले भने, ‘हिन्दुस्तान विश्व सफ्टवेयर सप्लाइ गर्छ तर पाकिस्तान भने टेरोरिस्टको सपलाइ गरेछ,किन?’ हिम्मत भए, गरिबी र बेरोगारी हटाएर देखाऊ।’ उनले पाकिस्तानलाई विश्वमा एक्लै पारेर छाड्ने धम्की समेत दिए। पाकस्तानको सामना गर्न भारतको हिन्दुस्तानका सबै जनता एक जुट भएको भन्दै अब कसैले हमला गर्न नसक्ने बताए। उनले पाकिस्तानलाई व्यग्य गर्दै हजार वर्षसम्म लड्नेले किन कुनामा लुकेको भन्दै हिम्मत भए युद्धको सामना गर्न तयार रहेको बताए। -एजेन्सी
No comments:
Post a Comment