एजेन्सी, १० असोज । भारत र पाकिस्तानबीचमा अहिले पानी युद्ध सुरु भएको छ । पृथकतावादीको आक्रमणमा भारतको उरीमा १८ जना भारतीय सैनिकको मृत्यु भएपछि दुई देशबीच तनाव उत्कर्षमा पुगेको हो ।उरी हमलाकारी पाकिस्तानकै संरक्षणमा रहेको भन्ने भारतको भनाइले अहिले टकरावको स्थिति उत्पन्न भएको छ । दुवै देशका प्रधानमन्त्री आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
भारतले पाकिस्तानलाई गलाउन पानी कूटनीति सुरु गरेको छ । चीनबाट बग्ने सिन्धु नदीको पानी बाँडफाँटमा पुनरावलोकन हुन सक्ने भारतले बताएपछि चीनलाई विवादमा तान्ने जबर्जस्ती प्रयास भएको छ । सिन्धु नदीको मूल उत्पत्ति चीनबाट भएको हो । यो भारत हुँदै पाकिस्तानसम्म पुगेको छ । तर, सिन्धु नदीको पानी बाँडफाँटमा अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय सहमति भएको छैन ।
सन् १९६० मा तत्कालीन भारतीय प्रधानमन्त्री जवहारलाल नेहरु र पाकिस्ताका प्रधानमन्त्री अयुव खानबीच सिन्धु नदीको बाँडफाँटको सन्धि भएको थियो ।तर, अन्तर्राष्ट्रिय सन्धि सम्झौता नभएका कारण चीनले इन्दुज नदीको धार परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ । यदि सिन्धु नदीको धार परिवर्तन गरिए भारतले ३६ प्रतिशत पानी गुमाउन सक्नेछ ।
ब्रह्मपुत्र नदी चीनको यार्लुङ जाङबुबाट बग्दै बंगालको खाडीमा गएर मिसिएको छ । ब्रह्मपुत्रको पानीबाट करोडौं भारतीय र बंगलादेशी नागरिक आश्रित छन् ।तिब्बतको नीति प्रशिक्षण केन्द्रका तेम्बा जम्लाहका अनुसार भारतले आगामी दिनमा आफ्ना क्रियाकलाप बडो सावधानीपूर्वक चाल्नुपर्ने हुन्छ । किनभने चीनले यसअघि ११ वटा ठूला उच्च बाँध ब्रह्मपुत्र नदीमा बाँधिसकेको छ । जसले भारतको इच्छामा ठूलो नोक्सानी हुन्छ
No comments:
Post a Comment