Sunday, September 25, 2016

पूर्वगृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुलीमा खस्यो,पूर्वगृहमन्त्री घिमिरे त्रिशुलीमा अझै बेपत्ता, आमा र तीन जनाको शव भेटियो

काठमाडौं ९ असोज । पूर्वमुख्यसचिव तथा गृहमन्त्री माधव घिमिरे चढेको जीप त्रिशुली नदीमा उनकी आमासहित तीन जनाको मृत्यु भएको छ। पूर्वगृहमन्त्री घिमिरेसहित तीन जना अझै बेपत्ता रहेको चितवनका प्रमुख जिल्ला अधिकारी बताए।
25092016054337madhab_prasad_ghimire-1000x0
सिंहका अनुसार घिमिरे चढेको बा९च १५३१ नम्बरको कार दुर्घटनामा परेको हो। मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको कार मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट त्रिशुली नदीमा खसेको हो। सिंहका अनुसार तीन जनाको शव फेला परेको छ। घिमिरेकी आमा, सशस्त्र प्रहरीका सुरक्षकर्मी तथा नाम नखुलेका व्यक्तिको शव फेला परेको हो। जीपका चालक हामफालेर बाँचेका छन्। उनलाई उपचारका लागि भरतपुर लगिएको छ। ‘पूर्वगृहमन्त्रीसहित तीन जना बेपत्ता हुनुहुन्छ,’ सिंहले सेतोपाटीलाई बताए। उनका अनुसार दुर्घटनामा परेको कार तथा बेपत्ताहरूको खोजीका लागि प्रहरी खटिएको छ। घिमिरे खिलराज रेग्मी मन्त्रिपरिषद अध्यक्ष हुँदा गृहमन्त्री थिए।

No comments:

Post a Comment