Sunday, September 25, 2016

यसरी गर्दैछ भारतले पाकिस्तानसँग युद्धको तयारी : आज भारतीय सैनिक उच्च अधिकारीले प्रधानमन्त्री मोदीसँग भेट गरे

Pathankot: Indian Prime Minister Narendra Modi being received by the Chief of Army Staff, General Dalbir Singh and the Chief of the Air Staff, Air Chief Marshal Arup Raha on his arrival, at Pathankot Airbase on Saturday. PTI Photo(PTI1_9_2016_000076B)
नयाँदिल्ली, ९ असोज । भारतीय सेनाका सैनिक प्रमुख, हवाई बल तथा नौसेनाको उच्च पदस्थ अधिकारीले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट गरी मुलुकको सुरक्षा अवस्थाबारे छलफल गरेका अल इन्डिया रेडियोले जनाएको छ । सैनिक प्रमुख जनरल दलवीर सिं, वायुसेना प्रमुख मार्सल अरुप राह र नौसेनाका उपप्रमुख करवीर सिंले भारतीय प्रधानमन्त्री मोदीको निवासमा देशको सुरक्षा अवस्थामा छलफल भएको उक्त सरकारी रेडियोले आफ्नो प्रसारणमा जनाएको हो । भेटका क्रममा भारत प्रशासित कास्मिरको उरी क्षेत्रमा चारजना बन्दुकधारीले गरेको आक्रमण र यस पछाडि यहाँको सुरक्षा अवस्थालगायतका कुरामा छलफल भएको बताइएको छ ।
यसै हप्ताको सुरुमा उरीमा भएको आक्रमणमा १८ जना सैनिक अधिकारीको मृत्यु भएको थियो भने २० सैनिक घाइते भएका थिए । उरी घटनापछि पाकिस्तान र भारतबीतको सम्बन्धमा चिसोपना छाएको छ । नयाँदिल्लीले उरी आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ । उरी आक्रमणपछि केही भारतीय राजनीतिज्ञ तथा पूर्व सैनिकले आक्रमणप्रति कला प्रतिक्रिया दिइनुपर्ने बताएका छन् ।

पाकिस्तानले भने भारतीय पक्षबाट लगाएको आरोपको खण्डन गर्दै भारतीय पक्षबाट आएका प्रतिक्रियाप्रति विशेष चासो व्यक्त गरेको छ । उरी आक्रमणपछि भारतीय सरकारका उच्च अधिकारी तथा सैनिक अधिकारीको निरन्तर भेट तथा छलफल भइरहेको र यसबाट आगामी कूटनीतिक तथा रणनीतिक प्रतिक्रिया जनाउने योजना बनिरहेको विश्लेषकहरुको भनाइ छ । यसैबीच, शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने बताउनु भएको छ ।

पाकिस्तानले एसियामा अस्थिरता निम्त्याउने कार्यमा लागेको आरोप लगाउनु भएको छ । उहाँले गएका चार महिनामा भारतीय सुरक्षा फौजले ११० जना आतंकबादी समूहमा सदस्यले युद्धविरामको रेखालाई काश्मिर इलाकामा काटेको बताउनु भएको छ । एसियामा खासगरी बङ्गलादेश र अफगानिस्तानमा आतंकवादी गतिविधि पाकिस्तानको उक्साहटका कारण भएका दावी गर्नुभयो । उहाँले पाकिस्तानलाई चेतावनीको शब्दमा भन्नुभयो, “म पाकिस्तानलाई एक्लाउने अभियानस्वरुप अवका दिनमा विश्व समुदायसँग पहल शुरु गर्नेछु”। रासस र सिन्ह्वा र एपी


No comments:

Post a Comment