काठमाडौं, ९ असोज । भारतको काश्मीरस्थित उरी क्षेत्रमा भएको आतंकवादी आक्रमण पश्चात पाकिस्तान र भारतबीच युद्धको खतरा बढिरहेको छ ।
अघिल्लो आइतबार उरी क्षेत्रमा भएको आतंकवादी आक्रमणका कारण १७ जना भारतीय सैन्य मारिएपछि दुई देश युद्धको तयारीमा रहेका छन् । यही विषयलाई लिएर पाकिस्तानी सञ्चार माध्यमहरुले भारतसँग नडराउन भन्दै सरकार र नागरिकलाई युद्धको तयारीमा रहन समाचार सम्प्रेशण गरिरहेका छन् ।
दैनिक पत्रिकाहरुले प्रथम पृष्ठमा सम्पादकीय नै लेखेर भारतलाई कडा चेतवानी दिँदै पाकिस्तानी सरकार र नागरिकलाई नडराउन र नझुक्न भन्दै युद्धतर्फ आकर्षित गराएको हिन्दी बीबीसीले उल्लेख गरेको छ । केही पत्रिकाले सचेत पनि गराएका छन् । उनीहरुले पाकिस्तानका कारण भारतले आफ्नो राजनीतिलाई प्रभाव पार्न खोजेको लेखेका छन् ।
बीबीसीकाअनुसार ‘एक्सप्रेस’ले सम्पादकीयमा परमाणु शक्ति सम्पन्न दुई मुलुक पाकिस्तान र भारतबीच भइरहेको युद्धको तयारीले दुवैलाई फाइदा नहुने उल्लेख गरेको छ ।
‘यही पाकिस्तान परमाणु शक्ति सम्पन्न हुन्थ्यो भने भारतले पाकिस्तानमाथि आक्रमण गर्न ढिलो गर्दैन थियो’, एक्सप्रेसको सम्पादकीय उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘हामी युद्ध चाहँदैनौ, तर हामी भुटान या नेपालजस्तो पनि होइनौं ।’
No comments:
Post a Comment