Sunday, September 25, 2016

अब चाहिदैन ज्योतिष,हस्ताक्षरबाटै पत्ता लगाउ आफ्नो भाग्य र भविष्य

एजेन्सी । आफ्नो भविश्यको वारेमा धेरैलाई चासो र चिन्ता हुन्छ । त्यसैले त धेरैजना ज्योतिष कहाँ धाउने गर्दछन् । तपाईं आफ्नो भाग्य र स्वभाव र अरुको भाग्य ज्योतिष कहाँ नपुगिकनै सजिलै सँग थाहा पाउन सकिन्छ । त्यसका लागि चिना वा हस्तरेखा हेरिरहनु पर्दैन । मात्र हस्ताक्षर हेर्दा हुन्छ ।
हरेक दिन कुनै न कुनै ठाउँमा मानिसहरुले हस्ताक्षर गर्नैपर्ने हुन्छ । अफिसमा होस् या कुनै निर्णय गरेको बेला । हस्ताक्षर जरुरी छ । हस्ताक्षर व्यक्तिको अनुहारको प्रतिविम्व अर्थात सहीछाप हुने ज्योतिषहरुको भनाई छ । हस्ताक्षरबाटै मानिसहरुको स्वभाव पत्ता लाग्ने बताइन्छ । कसरी पत्ता लगाउन सकिन्छ त हस्ताक्षरबाट मानिसको स्वाभाव ?

ज्योतिष शास्त्रका अनुसार जसले हस्ताक्षरको सुरुको अक्षर ठूलो लेख्छ उ निकै प्रतिभावान मानिस हुन्छ । यस्ता खालका मानिसहरु जुनसुकै काम जसरी पनि सकाउने खालका हुन्छन् । पछिल्ला अक्षरहरु सानोसानो बनाउँदै हस्ताक्षर गर्ने मानिसहरु विस्तारै सुखसयलमा जिन्दगी विताउन पाउँछन् ।

जसले हस्ताक्षर छिटोछिटो गर्छन् र उसको अक्षर कसैले बुझ्न सक्दैनन् भने ती मानिसहरुले जिन्दगीमा सुख पाउँदैनन् । उनीहरुले विभिन्न समस्याहरु भोग्नुपर्ने हुन्छ । यिनीहरु काममा भने निकै खट्छन् । यस्ता मानिसहरुले अरुलाई पनि धोका दिन्छन् । तर, अरु मानिसहरुले भने उनीहरुलाई धोका दिन सक्दैनन् ।

तोडमोड र अलगअलग गरी हस्ताक्षर गर्नेहरु चलाख हुन्छन् । यस्ता मानिसहरुले अरुको नोक्सानसमेत पुराउने गर्छन् । जसले कलात्मक हस्ताक्षर गर्छन् उनीहरु रचनात्मक स्वभावका हुन्छन् । यिनीहरु जुनसुकै काम पनि कलात्मक ढंगले गर्छन् । यस्ता मानिसहरु कलाकार हुन्छन् ।

हस्ताक्षरको मुनि रेखा तान्ने मानिसहरु काँतर स्वभावका हुन्छन् । उनीहरु जहिलेपनि असुरक्षित महसुस गर्छन् । यस्ता मानिसहरु लोभि पनि हुन्छन् । कोही मानिसहरु नामको पहिलो अक्षर ठूलो आकारमा लेख्छन् र बाँकी केही सानो गरी उपनाम लेख्छन् उनीहरु अद्भुत प्रतिभाका धनी हुन्छन् । यस्ता मानिसहरुले जीवनमा सम्पूर्ण सुखसुविधा पाउँछन् । यिनीहरुको वैवाहिक जीवन पनि सुखी हुनेगर्दछ ।

हस्ताक्षर मध्यम आकारको गर्नेहरु हरेक काम राम्रोसँग गर्ने गर्छन् । यिनीहरु हरेक कामलाई सन्तुलित बनाएर राख्छन् । बनावटी रुप देखाउँदैनन् । कतिले हस्ताक्षर तलबाट सुरु गरेर माथितिर लैजाने पनि गर्छन् । यस्ता मानिसहरु बढी आशावादी हुन्छन् । उनीहरु भगवानमा आस्था राख्छन् । निराश कहिल्यै हुदैनन् । यस्ता हस्ताक्षर गर्ने व्यक्तिमा नेतृत्व गर्ने क्षमता हुन्छ ।

त्यस्ता मानिसहरु माथिबाट तलतिर तान्दै हस्ताक्षर गर्छन् तिनीहरु नकरात्मक विचार बोकेका हुनसक्छन् । यिनीहरु कुनै पनि काम गर्नुअघि असफलताको कुरा पहिले नै सोच्छन् । उनीहरुको मानसिक अवस्था पनि ठिक नहुन सक्छ । यिनीहरु आफ्नो विचार परिवर्तन गरीरहने र कुनै एउटा कुरामा अडिग हुन नसक्ने खालका हुन्छन् ।

यदि कसैले हस्ताक्षरको अन्त्यमा लामो लाइन तान्छन् भने उनीहरु उर्जावान हुन्छन् । यस्ता व्यक्तिहरु सहयोगी हुन्छन् । जुनसुकै काममा सफलता प्राप्त गर्छन् ।जो मानिसले आफ्नो नामको बीचको अंश अगाडि लेख्छन् उनीहरु आफूलाई मनपर्ने नपर्ने विषयमा अधिक महत्व राख्छन् ।

जसले नाम मात्र लेख्छन्, थरहरु केही लेख्दैनन् त्यस्ता मानिस आफ्नो सिद्धान्तमा काम गर्न रुचाउँछन् । मानिसको सल्लाह पनि मान्दैनन् । सबैको सल्लाह सुन्छन् तर आफ्नो मनखुसी गर्छन् ।


No comments:

Post a Comment