Sunday, September 25, 2016

भारत र पाकिस्तनबीच युद्धको तयारी भइरहदा अमेरिकाले किन राख्यो सुरक्षा परिषद्लाई आकस्मिक बैठक बोलाउन आग्रह ?

pak-nuclear
एजेन्सी । बेलायत, फ्रान्स र अमेरिकाले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन आग्रह गरेका छन् ।
सिरियाको दोस्रो ठुलो सहर अलेप्पोमा शनिबार भएको घटनाका बारेमा छलफल गर्न ती देशहरुले संयुक्त रुपमा शनिबार उक्त आग्रह गरेका हुन् ।  स्थानीय समय अनुसार आइतबार बिहान १० बजे सो आकस्मिक बैठकको आयोजना गर्न आग्रह गरिएको कुटनितिज्ञहरुले जानकारी दिएको छ ।

सिरियाको अलेप्पो सहरमा शनिवार भएको भीषण हवाई हमलालगायतको आक्रमणहरुमा परी ४५ सर्बसाधारण मारिएपछि आकस्मिक बैठक बोलाउन ती देशहरुले आग्रह गरेका बताइएको छ ।  सिरियाली सैनिकले विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी सहरहरुमा पुनः कब्जाको लागि भीषण आक्रमण गर्ने घोषणा गरेको दुई दिनपछाडि सो हवाई हमला भएको जनाइएको छ । राष्ट्रसङ्घका महासचिव बानकी मुनले अलेप्पोमा आधुनिक हतियारसहित आक्रमण भएकोमा यसअघि नै चिन्ता व्यक्त गरेका थिए ।

सो सहरमा हवाई हमला, डरलाग्दा हरियार, वङ्कर वम र शक्तिशाली मेसिनहरु प्रयोग गरेर आक्रमण भएको बताउनु बानले बताएका थिए । अलप्पो सहरमा हातहातियारहरुलाई गलत प्रयोग गरी युद्ध अपराध भईरहेको बानले बताएको उनका प्रवक्ताद्धारा जारी विज्ञप्तिमा जानकारी दिइएको थियो ।

सिरियामा केही दिन अगाडी मात्र ‘अल इद अदा’को अवसर पारी अमेरिका र रसियाको संयुक्त पहलमा युद्धविराम सम्झौता भएको थियो ।


No comments:

Post a Comment