Sunday, September 25, 2016

भारि बर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च, खतराको संकेत

सुनसरी, ९ असोज – पूर्वी पहाडी जिल्लाहरुमा लगातार बर्षा भएपछि सप्तकोशी नदीमा फेरि पानीको बहाव बढेको छ।2016-09-25_0854
पानीको बहाव बढेपछि नदीमा खतराको संकेतस्वरुप रातो बत्ति बालिएको छ। आइतबार बिहान ७ बजे गरिएको मापन अनुसार पानीको बहाव १ लाख ९० हजार ५ सय क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले जानकारी दिए।

अहिले कोशी ब्यारेजका ५६ मध्ये २२ वटा ढोका खोलिएका छन्। पानी १ लाख ५० हजार क्युसेकभन्दा माथि गएपछि व्यारेजमा खतरा स्वरुप रातो बत्ति बाल्ने गरिएको छ।

No comments:

Post a Comment