Tuesday, September 20, 2016

स्वस्थ शरीर र चम्किलो अनुहारका लागि पेट स्वस्थ हुनुपर्छ।

डा. रमीता मास्के, डेन्टल सर्जन
राष्ट्रिय नमुना डेन्टल हस्पिटल प्रा.लि.

-    स्वस्थ शरीर र चम्किलो अनुहारका लागि पेट स्वस्थ हुनुपर्छ।

-    पेटको खराबीका कारण अनुहारमा डन्डिफोर, चायाँ, पोतो आउने, उमेर नपुगी चाउरिने तथा केशमा पनि समस्या आई केश झर्ने, टुक्रिने र चाँडै फुल्ने समस्या देखापर्छ।

-    खाली पेटमा शुद्ध पानी, मध्यान्तरमा मोही र रातको खानापछि दूध पिउनाले पेट स्वस्थ रहन्छ।

-    भोजन तथा खानासँगै पानी पिउनाले पाचनमा समस्या आउँछ, त्यसैले खाना खानु १ घन्टाअघि र खाना खाएको १ घन्टापछि पानी पिउनुपर्छ।

-    पेट स्वस्थ राख्न चोकरयुक्त खाना, रेसादार फलफूल तथा सागसब्जी खानुपर्छ।

-    बोक्रायुक्त तरकारीहरू, सागपात एवं पाकेको फर्सी र लौका उत्तम हुन्छ। फलफूलमा मेवा सबैभन्दा उत्तम मानिन्छ।

-    पेट स्वस्थ राख्न उमालेको मनतातो पानी पिउनुपर्छ।

-    पेटलाई स्वस्थ राख्न मण्डुक, पवनमुक्त, दुईचक्री, बक्रासन, अर्धमत्स्येन्द्र आदि आसन उपयुक्त हुन्छन्।

-    पेट स्वस्थ राख्न कपालभाती प्राणायाम कम्तीमा १५ मिनेट तथा अग्निसार क्रिया कम्तीमा ५ पटक दैनिक गर्नुपर्छ।

-    स्वस्थ व्यक्तिको पेट नरम हुनुपर्छ। यी व्यायाम, प्राणायाम एवं खाद्य वस्तुले पेटलाई स्वस्थ एवं नरम राख्न सहयोग गर्छन्।

रीता कार्की, योग शिक्षिका

पतञ्जलि योग समिति, नेपाल

-    शिशुको दाँत आउन थालेदेखि नै सफा गर्नुपर्छ। एक-दुईवटा दाँत पनि नरम कपडाले सफा गरिदिनुपर्छ।

-    शिशुको दाँत साटिने त हो भनेर लापरबाही गर्नुहुँदैन। समय-समयमा परीक्षण गराइरहनुपर्छ।

-    समयभन्दा पहिले शिशुको दाँत निकाल्नु हुँदैन। यसो गर्दा पछि बांगो दाँत आउन सक्छ।

-    बिहान-बेलुकीको खाना खाएपछि दाँत माझ्नुपर्छ।

-    खाना खाएपछि डेन्टल फ्लसले अड्किएको खानेकुरा निकाल्नुपर्छ। खाएपछि सधै कुल्ला गर्नुपर्छ।

-    सकभर दाँत निकाल्नु हुँदैन। दाँत निकालेको ठाउँमा खाली राख्नु हुँदैन। कृत्रिम दाँत भए पनि राख्नुपर्छ।

-    शरीरमा कुनै रोग लागेको छ भने त्यसले दाँतमा असर गर्ने भएकाले शरीर स्वस्थ राख्नुपर्छ।

-    ताजा, पोषिलो, रेसादार खानेकुरा खानुपर्छ। टाँसिने, गुलियो तथा अमिलो खानेकुरा धेरै खानुहुँदैन।

-    गर्भावस्थामा गिजाबाट रगत आउने तथा सुन्निने हुन सक्छ। यस्तो अवस्थामा दन्त चिकित्सकको परामर्श लिनुपर्छ।

-    प्रत्येक तीन महिनाको फरकमा ब्रस परिवर्तन गर्नुपर्छ।

-    सुत्केरी भएको अवस्थामा दाँत माझ्नुहुँदैन भन्ने आम धारणा रहिआएको छ तर त्यो सत्य होइन। यो अवस्थामा अझ बढी दाँत सफा राख्नुपर्छ किनभने यो अवस्थामा धेरै गुलियो-चिल्लो खानेकुरा खाइन्छ।

-    दाँत सफा गर्दा हल्लिन्छ र दाँत निकाल्दा आँखा कमजोर हुन्छ भन्ने धारणा गलत हो।

-    बुद्धि बंगारा झिक्दा बुद्धि नै जान्छ भन्ने गलत धारणा रहेको पाइन्छ। बुद्धि बंगाराले दुःख दियो भने निकाल्नुपर्छ। यसलाई निकालेपछि अर्को कृत्रिम दाँत राख्ने आवश्यकता पर्दैन। यसले खाना चबाउन पनि मद्दत गर्दैन।

मानसिक रोगी


साथीहरूको भीडमा एक जना यस्ता साथी छन्, जो विचित्रै छन् ।
एक दिन हिँड्दाहिँड्दै बाटोमा अकस्मात् उनी भेटिए । मुहारमा हाँसो, शरीरमा अलौकिक स्फूर्ति देखेर यो अनुमान गर्न समय लागेन कि ती मित्र धेरै नै खुसी छन् । ‘म एकदमै खुसी छु,’ हात मिलाएर हालखबर सम्म साटासाट गर्न पाएका थिएनौँ, मित्रले यसरी खुसी प्रकट गरे ।
मित्रको खुसीसम्म सर्न बेर लागेन । जो–कोही पनि खुसी हुँदा त्यसको असर आफूसम्म पनि परिहाल्छ । मित्र खुसी हुनुले मलाई खुसी बनाइहाल्यो ।
‘ल बधाई छ ।’ मित्रलाई बधाई दिन पनि विलम्ब गरिनँ । ‘धन्यवाद ।’ मित्रले धन्यवाद यसरी भने मानौं उनले ठूलै उपलब्धि हासिल गरेका छन् । मानौं ठूलै युद्ध जितेका छन् । ठूलै पदक पाएका छन् ।
अनि म कसरी नसोधी बस्न सक्थेँ कि मित्र के कारणले खुसी छन् ? सोधिहालेँ, ‘के म तिम्रो खुसीको कारण जान्न सक्छु ?’
‘पक्कै पनि मेरा मित्र,’ उनले गालामा बेग्लै चमक ल्याउँदै हँसिलो मुहारका साथ भने, ‘म यस कारणले खुसी छु, किनभने मेरो एक जना दुस्मन दु:खमा छ । त्यो तेजेन्द्र भन्ने छ नि, त्यसको नोकरी खुस्केछ ।’

लौ ! यो के ? हल्काफुल्का कुरा काट्ने बानी यसको वर्षौंदेखि थियो, यो स्तरसम्मको थियो भन्ने मलाई थाहा थिएन ।

व्यर्थै खुसी भइएछ । व्यर्थै बधाई दिइएछ । एक मनले त लाग्यो, यो मोरासँग व्यर्थै मित्रता गाँसिएछ । त्यो तेजेन्द्र भन्ने मान्छेलाई म पनि चिन्थेँ । ठीकै थियो । त्यसो त मलाई ठीकै लाग्ने मान्छे कसैको दुस्मन हुनु हुन्न भन्ने कहाँ लेख्या छ र ? तेजेन्द्रका तीन–तीन जना छोराछोरी थिए तर त्यो बिचरोको बिचल्लीमा यो साथी रमाइरहेको थियो । किन–किन यो कुरा चित्तले पटक्कै स्वीकारेन ।
    ०००

तिनै मित्र केही महिनापछि भेटिए । यसपालि उनको अनुहारको चमक उडेको थियो । ओठमा हाँसो थिएन, शरीरमा स्फूर्ति थिएन । उदास उदास देखिन्थे ।

किन–किन तिनको अनुहार देखेर माया लाग्यो । दु:ख लाग्यो । सोधेँ, ‘के भो मित्र ? किन यस्तो मुहार ?’

मित्रले उदासीका साथ भने, ‘म बडो दु:खमा छु ।’

‘के भो मित्र?’ उनको दु:ख के हो ? जान्न म अधैर्य भएँ ।

‘त्यो तेजेन्द्रेले अर्को राम्रो नोकरी पायो ।’ अघिल्लो भेटमा तेजेन्द्रको नोकरी खुस्किँदा रमाएकोमा जुन आश्चर्य मलाई लागेको थियो अहिलेको भेटमा आश्चर्य चार गुना बढी भएको थियो । यतिसम्म पनि कोही हुन्छ र ?

ती मित्रसित छुटिने बेला भो । बेला भो के भनौँ ? मलाई उनीसँग थप समय बिताइरहन मन लागेन । भनेँ, ‘अब जान्छु मित्र म ।’
उनले सोधे, ‘कहाँ जान्छौ ?’

मैले दृढ हुँदै भनेँ, ‘तेजन्द्रकहाँ । उसलाई बधाइदिनु पर्‍यो नि !’
ऊ झल्याँस्स भएझैँ देखियो । मैले थपेँ, ‘अनि तिमी यता यसरी दु:खी छौ भन्ने कुरा पनि उसलाई सुनाइदिनुपर्‍यो ।’

ऊ अवाक् भएर मतिर हेरिरहेको थियो । मैले निरन्तरता दिएँ, ‘अब डब्बल खुसी हुने भए तेजेन्द्र । एक, उनको आफ्नै खुसीका कारण । दुई, तिम्रो दु:खको कारण ।’
यति भनेर उनको स्पष्टीकरण वा जवाफ नपर्खी सरासर हिँडे ।
 ०००

अरूको दु:खमा रमाएर खुसी हुनु पनि खुसी हो र ? जाबो एउटा खुसीका लागि कसैको दु:ख कुरेर बस्छ भने, बुझे हुन्छ त्यो मान्छे मानसिक रोगी हो । यो साथी त्यस्तै थियो । जो आफूमा खुसी खोज्दैन, जो अरूको दु:खमा खुसी खोज्छ अनि अरूको खुसीमा दु:खी हुन्छ । यस्तो मान्छे वास्तवमै मानसिक रोगी हो ।


दोस्रो विश्वयुद्धका दिन

दोस्रो विश्वयुद्धका दिन

अमरसिंह थापाका दाजुतर्फका सन्तान हौँ हामी। असाध्यै राम्री हाम्री सेती जिजुहजुरआमालाई गल्कोटे राजकुमारले भगाएपछि तिनलाई हाम्रा जिजुहजुरबुबाले छप्पै काटेका थिए रे ! त्यसपछि श्रीमती सेतीको नाक काटी युवराजकै श्रीमती भगाएका थिए। तिनै युवराज्ञीका सन्तान हौँ हामी।

हाम्रो चारै पुस्ता ब्रिटिस सेनामा भर्ती भयो। हजुरबुबा दिलबहादुरले गोर्खा रेजिमेन्ट स्थापना नहुँदै दक्षिण अफ्रिकाको बोर युद्ध लड्नुभयो, बुबा ललितबहादुर पहिलो विश्वयुद्धका क्रममा मेसोपोटामियामा लडेर सेते जमदारका रूपमा प्रख्यात हुनुभयो। प्रथम विश्वयुद्धमा लडेबापत उहाँले चारवटा मेडल पाउनुभएको थियो। म दोस्रो विश्वयुद्धमा सरकि भएँ र पाँचवटा मेडल प्राप्त गरेँ। मेरो छोराले खाडी युद्धमा मिसाइल टू मिसाइल युद्ध लड्यो।

त्यसो त दोस्रो विश्वयुद्ध सन् १९३९ मै औपचारकि रूपमा सुरु भइसकेको थियो। तर, पूर्वी ब्रह्मपुत्रमा त्यसको घोषणा २३ जनवरी १९४१ मा भयो। २६ जनवरी १९४१ मा म ब्रिटिस सेनामा भर्ती भएँ र बलुचिस्तानको क्वेटामा नौ महिना तालिम लिएँ। थप एक महिना भरुभूमिमा र केही समय मोहनबगानको जंगलमा पनि तालिम गराइयो। त्यसपछि फिल्ड फायरङि्का लागि कमिला अर्थात् इस्ट बंगाल हुँदै हामीलाई बर्माका लागि 'मुभ' गराइयो। र, दोस्रो विश्वयुद्धको समाप्ति (१९४५ साल)सम्मै त्यहाँ तैनाथ थिएँ। ९ सय ३२ जनाको एक बटालियन हुन्थ्यो। त्यस्ता ३० बटालियन त गोर्खा सैनिक मात्र थिए त्यहाँ।

घोषित युद्ध साम्प्रदायिक लडाइँजस्तो होइन। घोषित युद्ध त त्यस्तो हो, जसले धेरै गोली-बारुद चलाउन सक्यो, उसैले जित्ने। हामीले जापानी सेनालाई खुबै पेल्यौँ। कतिचोटि बर्माको आराकान क्षेत्रमा हामी आफैँ पनि घेरामा पर्‍यौँ। तर, हामीभन्दा माथि रहेको नवौँ डिभिजनले आएर हामीलाई घेरामुक्त गरायो। त्यसपछि त हामीले जापानी सेनालाई पेलेको पेल्यै गर्‍यौँ, पछि हट्नै परेन। मणिपुरको इम्फाल सीमामा जापानी र इन्डियन नेसनल आर्मी, जो ब्रिटिसविरोधी थिए, का बीचमै क्लेश उत्पन्न भयो, त्यसपछि त ब्रिटिस सेनाले विजय प्राप्त गरेरै छाड्यो।

ब्रिटिस सेनामा भर्ती भई जिम्मेवारी बाँडफाँटका क्रममा म सप्लायर्स टुकडीमा परेको थिएँ। तसर्थ, गन बोकेर युद्धमा सरकि नभएकाले विपक्षी सेनालाई मार्दा वा आफ्नै आँखाअगाडि ढल्दाको खुसी अथवा आफ्नो तर्फका साथीभाइ मर्दाको दुःखको अनुभूति प्रत्यक्ष रूपमा गर्न पाइनँ। तर, युद्धका क्रममा ब्रिटिस सेनामा भर्ती भएका हाम्रा गोर्खाली साथीभाइले खानपिन, आराम, निन्द्रा केही नभनी युद्धमा आफूलाई जसरी होमे, त्यो ज्यादै बफादार र प्रशंसनीय कार्य थियो।

सानो उमेरमै बाबुआमा बितेकाले टुहुरो जीवन मामाघरमा बिताएको थिएँ। त्यसैले जीवनप्रति त्यति धेरै माया लाग्दैनथ्यो। तर, १६-१७ वर्षको उमेरमा सुरुसुरुमा त्यस किसिमको युद्ध र फायरङि् देख्दा कतिपटक एक्लै क्वाँ क्वाँ गर्दै रोएँ। त्यसैबीच मलेरियाले समात्यो, पाँच किसिमका मलेरिया भयो। तर, सबै पचाएँ। त्यसपछि जीवनको चिन्ता केही रहेन।

जंगलको बासमा हामीले आगोमा पकाएर कहिल्यै खाएनौँ। न त त्यस्तो ताजा खानेकुरा आफ्ना साथीभाइलाई वितरण गर्न सक्यौँ। किनभने, जंगलमा आगो बाल्दा विपक्षीको निसाना बनिने पक्का हुन्थ्यो। तसर्थ, तयारी खानाकै भर अझ भनौँ डग बिस्कुट, फलफूलका साथै जंगली कन्दमूल खाएरै हाम्रा साथीहरूले करबि चार वर्ष त्यो युद्ध लडे।

प्याकेटका खानेकुरा ल्याउन पनि ज्यादै सास्ती खेप्नुपथ्र्यो। कतिपय ठाउँमा गाडीमा ल्याउँथ्यौँ। वर्षायाममा हिलो-चिप्लो ठाउँमा गाडी फसेर सास्ती हुन्थ्यो। टायरमा बाहिरबाट चेन लगाएर पनि सामान ढुवानी गथ्र्यौं। कहिलेकाहीँ गधा-खच्चडको सहायताले पनि खाद्यान्न ओसारपसार गथ्र्यौं। तर, धेरैजसो भरियाकै भर पथ्र्यौं। भरियाको काम गर्नेमा भारतीय र बर्मेलीका साथै नेपालीको संख्या पनि अत्यधिक थियो।

युद्धका क्रममा पानी पिउनका लागि पनि तर्सिनुपर्ने अवस्था थियो। बर्मामा जापानी सेनासँगको त्यस युद्धमा सहभागी भइरहँदा उनीहरूले पिउने पानी र हामीले पिउने पानीको मुहान एउटै थियो। जब पिउने पानी संकलन गर्ने कुरा आउँथ्यो, तोपखानालाई खबर गथ्र्यौं, त्यसपछि त्यहाँबाट निरन्तर गोलीको वर्षा हुन्थ्यो। त्यहीबीचमा हामी पानी संकलन गरेर क्याम्पमा फिर्ता हुन्थ्यौँ। उनीहरू पनि पानी संकलन गर्नुपर्‍यो भने सोही विधि अपनाउँथे। युद्धमै सहभागी भइरहे पनि सायद त्यति बेला दुवैतर्फका सेना 'कम्प्रमाइज' गर्थे कि ! जापानी र गोर्खा फौजका मानिसहरूको अनुहार मिल्दोजुल्दो हुनाले पनि कतिपय बेला आफ्ना साथी भन्ठानेर दुस्मनतर्फकै टुकडी भए पनि उम्किने मौका मिल्थ्यो।

त्यस युद्धमा कति गोर्खा सैनिकको मृत्यु भयो भन्ने यकिन संख्या अहिलेसम्म पनि बाहिर आएको छैन। न त भर्ती भएको संख्या नै यकिन छ। युद्धमा सहभागी भइरहेका सैनिकका छाती र बायाँ हातमा आइडेन्टिटी डिस (ट्याग), जसमा नाम, नम्बर र रेजिमेन्ट उल्लेख हुन्थ्यो, झुन्ड्याइन्थ्यो। जब कुनै सैनिकको मृत्यु हुन्थ्यो र विरोधीहरूले ती लास ठेगान नलगाउँदै हामीले देख्यौँ भने मृत्यु भएका ती सैनिकका ट्याग काटेर हेडक्वार्टरमा बुझाइन्थ्यो। युद्धका क्रममा त्यसैका आधारमा मृत्यु भएका सैनिकको संख्या यकिन गरिन्थ्यो। तर, लास उठाउने र चिहान बनाएर गाड्ने फुर्सद नै कहाँ मिल्थ्यो र ?

विश्वयुद्धमा सरकि हुनुपूर्व क्वेटाको बलुचिस्तानमा तालिम लिइरहेको बेलाको कुरा हो। शाही थरका मेरा एक अभिन्न मित्र थिए। युद्धमा सहभागी हुन गइरहेकाले मृत्यु र जीवनका बारेमा यकिन थिएन। यसो मन बहलाउन बाहिर घुम्न निस्किएका थियौँ। यसैबीच फिल्म हेर्‍यौँ। त्यसपछि हामी दुवैले केही चिनो साटासाट गर्ने कुरा गर्‍यौँ। तर, त्यस्तो स्थायी के कुरा थियो र जुन साटासाट गर्न मिल्छ? घुम्दै बजार निस्किँदा झन्डै हामी क्याम्पबाट चार किलोमिटरको दूरीमा पुगिसकेका थियौँ। एक पन्जाबीले ट्याटु खोपिरहेको देख्यौँ। यसो गम्यौँ, ट्याटु त कहिल्यै मेटिँदैन। त्यसपछि त्यही ट्याटु खोप्ने निधो गर्‍यौँ। दुवैले बायाँ हातमा ट्याटु खोप्यौँ। मेरो पैसा उनले तिरे, उनको मैले तिरेँ। पन्जाबीमा ॐ लेखिएको यो ट्याटुमा जब मेरो नजर पुग्छ, म त्यस युद्धको सम्झना गर्छु। त्यस साथीलाई त्यस युद्धमा गुमाउनुपर्दाको पीडा सम्झन्छु। एउटै पल्टनबाट खटिएका हामीमध्ये त्यो साथीले दोस्रो विश्वयुद्धकै क्रममा बर्मामा ज्यान गुमायो, म भने बाँचेर फर्किएँ।

वैवाहिक सम्बन्ध असफल हुने कारण


असफल वैवाहिक सम्बन्धले जीवनको रंग फिका हुन्छ । यसले जीवनमा नैराश्य तथा तनाव निम्त्याउँछ । बेमेल विवाहको परिणाम प्राय: नकारात्मक नै हुन्छ । बेमेल विवाहले दम्पतीको जीवन मात्र नभएर उनीहरूसँग जोडिएका मानिसको जीवनमा समेत असर गर्छ । बेमेल विवाह असफल हुनुका धेरै कारण छन् । पहिलो त जो मानिस यो बेमेल विवाह गर्छन् उनीहरू दिमागले होइन मनले सोच्छन् । जब घर–व्यवहार सम्हाल्नुपर्छ त्यतिबेला उनीहरूलाई एक–अर्काको कमी–कमजोरी तथा जीवनको सत्यप्रति खेद हुन्छ । यसले आफू र साथीको बीचको फरक महसुस हुन्छ । यसले गर्दा दम्पतीको माया कम हुँदै जान्छ । जोस तथा आवेगमा लिइएको कदमप्रतिको पश्चातापले एक अर्काप्रति वितृष्णा उत्पन्न हुन्छ ।
उमेरमा भिन्नता
हामी सबैलाई थाहा छ बलिउडका अभिनेता सेफ अली खानले केही वर्ष पहिले आफ्नी श्रीमती अमृता सिंहसँग सम्बन्धविच्छेद गरे । यी दुईको सम्बन्धविच्छेद हुनुको प्रमुख कारण थियो–उमेरको फरक । अमृता सेफभन्दा दस वर्षले जेठी थिइन् । पुरुषको तुलनामा महिलाको उमेर चाँडो ढलेको देखिन्छ । त्यसैले यदि महिला पुरुषभन्दा बढी उमेरकी हुन्छिन् भने विवाहको केही वर्षपछि उनीहरूले एक–अर्काको फरक दुनियाँका बारेमा अनुभव गर्न सक्छन् । उदाहरणका लागि यो जोडीलाई लिन सकिन्छ । अझै पनि सेफ नायकका रूपमा सक्रिय छन् भने अमृता आमाको भूमिकामा देखा पर्छिन् ।
मनोवैज्ञानिकहरूका अनुसार उमेर बित्दै गएपछि शारीरिक संरचनामा फरक आउँछ । यसले अनुहारमा पनि स्वाभाविक परिवर्तन देखा पर्छ । यसले गर्दा बढी उमेर भएको साथी आफ्नो जीवनसाथीप्रति झर्किरहन्छ र शंका पनि गर्छ । यसले गर्दा अर्को साथीले आफ्नै उमेरको साथी आफ्नो जीवनको नभएकोमा पश्चाताप गर्न थाल्छ । फलस्वरूप सम्बन्धमा चिसोपन आउँछ । यसले घरपरिवारमा तनाव तथा निराशा निम्त्याउँछ ।
विचारको अन्तर
पाकिस्तानी क्रिकेटर इमरान खानले ब्रिटेनका खर्बपतिकी छोरी जेमिमा गोल्डस्मिथसँग विवाह गरेका थिए । जेमिमा खुला विचारकी यहुदी परिवारकी छोरी थिइन् । विवाहपछि कडा मुस्लिम परिवारमा घुलमिल हुने प्रयास असफल भएपछि उनीहरू ९ वर्षपछि सम्बन्धविच्छेद गरे । यसले पनि विचारको अन्तर देखाउँछ । एउटा खुला विचारयुक्त र अर्को संकीर्ण विचारधाराको छ भने त्यहाँ विचारको अन्तर देखिन्छ ।
सुन्दरताको अन्तर
अनुहार जस्तो भए पनि दुवैको सुन्दरताको बीचमा धेरै फरक हुनु हुँदैन । यदि एक सुन्दर तथा अर्को कुरूप भए वैवाहिक सम्बन्धमा खटपट उत्पन्न हुन्छ । नराम्रो अनुहार भएको साथीले अर्कोलाई देख्दा मन खिन्न बनाउन सक्छ । यसले गर्दा वैवाहिक सम्बन्धमा प्रेम कम हुन्छ ।
स्टेटसको फरक
स्टेटसमा भिन्नता छ छ भने यो कुराको मानसिक समस्या कम स्टेटस भएको साथीमा देखिन्छ । उसलाई आफ्नो जीवनसाथीले सधै तल खसाएको आभास हुन्छ । आफैदेखि आफूलाई दिक्क लाग्न सक्छ । स्टेटसको फरकले वैवाहिक सम्बन्धमा प्रशस्त असर पुर्‍याएको देखिन्छ ।


१० हजार धरौटीमा छुटेका महत स्कुलहरुमा बम राख्ने समूहका नाइके



४ असोज, काठमाडौं । एकाविहानै राजधानीबासीको जनजीवन आतंकित हुने गरी मंगलबार काठमाडौंका सात निजी स्कुल अगाडि बम भेटियो । दुई स्कुल बाहिर राखेको बम विस्फोट भएको छ भने अन्य स्थानको बमलाई सुरक्षाकर्मीले निष्कृय बनाएका छन् ।
घटनाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालले जिम्मा लिएको छ । र, साँझ प्रहरीले बम राख्ने तथा पड्काउने घटनामा संलग्न भएको भन्दै दुई युवक शंकर लाखे र चन्द्रबहादुर तामाङलाई सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार विद्यार्थी केन्द्रका अध्यक्ष मीन देवकोटा र योङ कम्युनिष्ट फोर्सका सुमन श्रेष्ठको खोजी भइरहेको छ ।

१० हजार धरौटीमा छुटेका थिए नाइकेहरु

घटनाको जिम्मा लिने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपाल क्रान्तिकारी कम्युनिष्ट केन्द्रसँग आवद्ध छ । र, यो माओवादी शान्ति प्रक्रियामा आएपछि हतियार लिएर भागेका केही लडाकू समेत भूमिगत पार्टी हो ।

यी हुन् विद्यालयमा बम पड्काउने मीन देवकोटा
‘दसैंको मुखमा चन्दा उठाउन विद्यालयमा बम आतंक ?’
राजधानीका दुई विद्यालयमा बम बिष्फोट, दुई पक्राउ

यो पार्टीले सरकारसँग वार्ता गर्नुका साथै शान्तिपूर्ण राजनीतिमा आउने भन्दै ०७१ सालमा जिल्ला प्रशासन कार्यलय मकवानपुरमा केही थान हतियार पनि बुझाएको थियो । तर, पछिल्ला वर्षहरुमा चन्दा आतंक र अपराधिक क्रियाकलापमा संलग्न रहँदै आएको खुलेको छ ।

यो पार्टीका अध्यक्ष देवेन्द्र महत हुन् भने महासचिव केशव नेपाल हुन् । उनीहरु दुबै अपराधिक घटनामा प्रहरीले पक्राउ गरेर १० हजार धरौटीमा छुटेको पाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंहका अनुसार ०७१ असार १ मा काठमाडौंको कलंकीबाट मनबहादुर चदाराको झण्डै ४० लाखको यार्सा चोरी भएको थियो ।

चोरीमा संलग्न भएको अभियोगमा पुस १ मा ४ जना पक्राउ परे । जसमा यिनै महरा र नेपाल समेत थिए । प्रहरीले उनीहरुविरुद्ध चोरीको मुद्धा चलाएको थियो । तर, २२ दिन प्रहरी हिरासतमा रहेका उनीहरु १० हजार धरौटी बुझाएर छुटेका थिए ।

यस्तै मंगलबार पक्राउ परेका शंकर र चन्द्रबहादुर पनि साउन ६ गतेे भएको स्कुल बस आगजनीमा पनि समातिएका थिए । र, सामान्य तारेखामा छुटेको पाइएको छ ।

राजनीतिको नाममा चन्दा उठाउने धन्दा

यो समूहले राजनीतिका नाममा पछिल्लो समय स्कुल कलेजहरुबाट चन्दा उठाउने धन्दा चलाउँदै आएको प्रहरीले बताएको छ । स्कुल कलेजलाई धक्याउने र चन्दा उठाउने मात्र उनीहरुको काम रहेको पाइएको छ । यो समूह केही आपराधिक घटनामा पनि संलग्न देखिएको छ ।


१५ बर्षको उमेरमा नै सेक्स भयो : नैनाश्री राना


पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गर्ने धेरै नयाँ मोडलहरु आफ्नो करियर बनाउन यसक्षेत्रमा लागेका धेरै भेटिन्छन् । तर करियरको लागि यसक्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएपनि यसक्षेत्रमा भविष्य छैन भन्दै मोडलिङ् क्षेत्रको सपना पनि देख्न छाडिसकेका छन् धेरैले । तर यति बेला मोडलिङ क्षेत्र छोड्नेको संख्या भन्दा पनि भित्रिनेको संख्या बढ्दै गएको छ । यस्तै भिडकी एक नव मोडल यसक्षेत्रमा करियर खोज्दै भित्रिएकी छन् । ती मोडल हुन्, नैनाश्री राना । धरानमा जन्मिएर हाल काठमाडौंको कपनमा बसोबास गर्दै आएकी नैनाले यसक्षेत्रमा मात्र २/३ महिना विताएकी छिन् । यति छोटो समयमा धेरैको धेरै थरी कुरा सुनिसकेकी बताउने नौना भविष्यमा राम्रो कलाकार बन्ने सोचाइमा छिन् । सानैदेखि अभिनयको सोख चढेको बताउने नैनाले २/३ महिनाको अवधिमा एउटा म्युजिक भिडियोमा काम गरेकी छन् । गीतकार माधव निर्दोष र संगीतकार सन्तोष श्रेष्ठको ‘आत्मीयता’ एल्बममा समावेश भएको नरेन्द्र प्यासीको स्वरवद्ध गीत ‘तिमीबाट टाढा हुँदा’ बोलको गीतमा नैनाले अभिनय गरेकी छन् । उनै मोडल नैनाश्री रानासँगको कुराकानी 

2016-09-20_2039
पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?

अहिले अरु गीतहरुको म्युजिक भिडियोमा व्यस्त छु ।

कति भयो यसक्षेत्रमा प्रवेश गरेको ?

यस क्षेत्रमा प्रवेश गरेको त्यहि दुई तीन महिना भयो ।

कति वटा म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ ?

मेरो पहिलो म्युजिक भिडियो नै आत्मीयता एल्बममा समावेश भएको नरेन्द्र प्यासीले गाउनु भएको ‘तिमीबाट टाढा हुँदा’को गीत नै हो ।

के चढ्नु हुन्छ ? गाडी, स्कुटी वा सार्वजानिक गाडी नै !

म सार्वजानिक गाडी नै हिड्छु ।

अहिले अन्तरवार्ता लिइरहेको अबस्थामा तपाईसँग कति हजार सम्मको गरगहना र लुगा छ ?

अहिले त मैले धेरै बोकेको छैन् । तपाई नै अनुमान लगाउनु न ।

तपाईको साथमा कति रुपैयाँ जति पैसा पर्समा कहिले छुट्दैन् ?

तीन चार हजार जति ।

तपाई कतै बजारमा जाँदा सबैभन्दा मनपर्ने लुगा तपाईको कुन हुन्छ ?

वन पिस र साडी ।

तपाईलाई आफनै अंग सबैभन्दा सेक्सी लाग्ने ?

सबैले भन्नु हुन्छ मेरो व्रेस राम्रो छ भनेर मलाई पनि मेरो व्रेस नै राम्रो लाग्छ ।

एउटा म्युजिक भिडियो खेल्दा त्यस म्युजिक भिडियोका निर्माता, निर्देशकले एउटा मोडलसँग के अपेक्षा गरेका हुन्छन् ?

धेरैले अभिनय राम्रो गरे हुन्थो सोच्छन् भने धेरैले अभिनयलाई सेक्समा तुलना गर्ने गर्छन् ।

तपाईलाई कसैले म म्युजिक भिडियो वा फिल्म खेलाइदिन्छु म सगँ सेक्स गर्नुपर्छ भनेर प्रस्ताब राखे की राखेनन् ?

धेरैले राखे । नाम चाँही भन्न चाहदिन । तर म अभिनय सेक्समा साट्ने केटी होइन् ।

सेक्स के हो त ?

एउटा मान्छेलाई अति नै आवश्यक पर्ने चिज हो ।

सेक्सको अनुभब छ तपाईलाई ?

छ ।

कति बर्षको उमेरमा ?

१५ बर्ष जति भएको थिए होला ।

को सँग भएको थियो ?

मेरो व्याईफ्रेण्डसँग ।

कस्तो हुदो रैछ पहिलो सेक्सको अनुभव ?

निकै रमाइलो ।

तपाईले कुनै पनि ब्लुफिल्म हेर्नु भएको छ ?

हेरेको छु एक जना साथीले देखाएको थियो । धेरै पहिला ।

अहिले हेर्ने गर्नुहुन्छ कि हुन्न ?

अहँ हेर्दिन ।

तपाईलाई कसैले म यति सम्म पैसा दिन्छु मसगँ सेक्स गर्नुपर्छ भनेर सेक्सको प्रस्ताव राखे भने तपाई के गर्नु हुन्छ ?

म हुदैन भन्छु । म पैसाका लागी सेक्स गर्दिन । सेक्स त मन मिल्ने मान्छेसँग मात्र गर्छन् ।

नेपाली कुन सेलिव्रेटिले सेक्सको प्रस्ताब राखे भने तपाई सेक्स गर्न तयार हुनुहुन्छ ?

मैले भनी हाले नि, म मन मिल्ने मान्छेसँग मात्र सेक्स गर्छु ।

नेपाली नायक मध्य सेक्सी लाग्ने नायक ?

जीवन लुईटेल ।

अन्ततः तपाईलाई १० बर्षपछि कहाँ देख्न पाइने छ ?

एउटा राम्रो कलाकार भएको ।

केही भन्न चाहनु हुन्छ आमदर्शक तथा पाठकलाई ?

म मेहनत गर्छु, मैले गरेको हरेक कामहरुलाई सल्लाह सुझाव दिनुहोला भन्न चाहन्छु ।



आइफोन सेभेनमा देखियो अनौठो समस्या !

असोज ४, काठमाडौँ | केहि समय अघि सामसुंगको नयाँ फोन नोट ७ को ब्याट्री पड्कने समस्याका कारण सामसुंगले आफ्नो सबै नोट ७ बजारबाट फिर्ता लागेको समाचार सेलाउन नपाउँदै फेरी अर्को बिश्व ब्रान्डेड कम्पनी एप्पलको आइफोन-७ ले अचम्मको समस्या झेल्नु परेको समाचार छ । अहिले आइफोनमा देखिएको समस्या त्यति खतरनाक नभएपनि प्रयोगकर्तालाई तनाब दिने खालको छ ।

अमेरिकी मोवाइल उत्पादन कम्पनी एप्पलले हालै सार्वजनिक गरेको आइफोन सेभेन र सेभेन प्लसमा अनौठो समस्या देखिएको बिभिन्न समाचार एजेन्सीहरुले समाचार लेखेका छन् ।

सेभेन र सेभेन प्लसमा खरिद गरेका केहि उपभोक्ताले बताए अनुसार नयाँ फोनबाट अनौठो आवाज आउने गरेको छ, जुन सर्पको आवाजजस्तो सुनिन्छ । रिपोर्टका अनुसार यो आवाज एप्पलको ए १० फ्युजन प्रोसेसरकै हुनसक्छ ।

समाचारहरुका अनुसार स्टेफन हैकेट नामका एकजना ब्लगरले आइफोन सेभेनमा यो अनौठो आवाज नोट गरेका थिए । उनले ट्वीटरमा यसको भिडियो लिंक पोष्ट गर्दै लेखेका छन्, ‘मेरो आइफोन सेभेनमा बढी लोड हुँदा निक्कै खराव आवाज उत्पादन भइरहेको छ ।’

एप्पलका पूर्व पिआर तथा अहिले टेकचर्चका लेखक ड्यारल इरिङटनले पनि यो समस्याबारे बोलेका छन् । उनले एक ट्वीटमा भने, ‘भर्खरै बक्सबाट निकालिएको ब्राण्ड न्यु डिभाइसले पनि यस्तै आवाज निकालिरहेको छ ।’ एप्पलले यसबारेमा अझै आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन । तर स्टेफन हैकटले भनेका छन् कि एप्पल केयरमा उनले यसबारे कुरा गर्दा उनलाई नयाँ डिभाइस रिप्लेस गर्ने सल्लाह दिइयो ।

वर्ज अनलाइनका अनुसार हिसिङ आवाज वास्तवमा नोइज हो, जुन प्रोसेसरबाट पैदा हुन्छ । रिपोर्टका अनुसार केहि प्रयोगकर्तामा यो समस्या देखिएको छ र आइफोनको पहिलो उत्पादनमा केहि गडबढी भएको अनुमान गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!

विप्लब माओवादीका कमाण्डरले भने - स्कुलमा बम हामीले राखेको होइन, बरु बम राख्नेलाई छोड्दैनौँ

असोज, काठमाडौं । नेत्रविक्रम चन्द बिप्लब नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल घोषणा गर्दै दिएको १० दिने अल्टिमेटम सकिने अघिल्लो दिन राजधानीका बिभिन्न विद्यालयमा बम विष्फोट हुनु संयोगमात्र हो ? अधिकांशले यहि प्रश्न गर्दै क्रान्तिकारीका नेताहरुलाई प्रश्न गरेपछि बिप्लबका विद्यार्थी नेताहरु अप्ठेरोमा परेका छन् ।


बम राखेको आशंका आफूहरुतिर आएपछि क्रान्तिकारीले अस्वीकार गर्दै बमका बारेमा नीतिनै बनाउनुपर्ने महशुस गर्न थालेको छ । क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले भोलि बम र बन्दूक बोकेर हिँड्नुपरे पनि विद्यालयमा चाहिँ बम नपड्काउने नीति अख्तियार हुने उनले बताए ।

चलाउनेले भने-बम हामीले राखेको हो कि भनेर लगाइएका अनुमान गलत हुन् । हामीले शैक्षिक हड्तालका लागि दश दिने अल्टिमेटम दिएको भोलि सकिदैछ । यसबीचमा भएको बम काण्डसँग हाम्रो संलग्नता छैन । हामीले यो तहको परिकल्पना गरेका छैनौं ।

उनले विद्यालयमा पढ्ने साना नानीहरुको मस्तिस्कमै असर पर्ने खालको गतिबिधि भोलि विद्रोहमै जानु परे पनि गर्न नहुने बारे छलफल भइरहेकोब बताए । बिप्लव माओवादीले फेरि शसस्त्र विद्रोह गर्ने धम्की दिँदै आएको छ ।

तपाईहरुले यो बमकाण्डको मात्र जिम्मा नलिएको हो कि, स्कूलमा कहिल्यै बम नराख्ने प्रतिबद्धता पनि देखाउनुहुन्छ ? प्रश्नमा महासचिव चलाउनेले भने-हामी नेपाली नीति नियम अनुसार चलेको विद्यालयमा कहिल्यै पनि बम नराख्ने भन्न सक्छौं । तर राष्ट्रियतालाई नै चुनौति दिएर आएका भारतीय स्कूलको हकमा सरकारले नियन्त्रण नगर्ने हो भने भन्न सकिन्न ।

विद्यालयमा बम राख्नेहरुको पहिचान गर्ने सवालमा राज्यलाई सघाउन आफूहरु तयार रहेको उनले बताए ।

अनलाईन खबरबाट

Whoopee Land - Adventorous Experience In Kathmandu

At a time when the sun is scorching and the rainfall is erratic in Kathmandu, it will be best to visit the newly opened ‘Whoopee Land Amusement and Water Park’. The park began its services on July 6, making it the second water park operating in the Kathmandu valley. The amusement park is located near Chobhar, about 3.5 km away from Balkhu. A large sculpture of The Incredible Hulk welcomes you at the entrance. There are other structures of famous movie characters as much effort has gone to give the park a Hollywood theme. There are 17 different rides in the park and various restaurants, food stalls and gift shops are also present for the likings of the visitors.

Read this also

North american International Group, Inc., {also called|also referred to as|often known as} AIG, is an American multinational insurance corporation with more than 88 {mil|, 000, 000} customers in 130 countries. AIG companies employ over 64, 000 people in 90 countries. {The organization|The business|The corporation} {works|functions|runs} through three businesses: AIG Property Casualty, AIG {Existence|Lifestyle|Your life} and Retirement and {Usa|Combined|Unified} Guaranty Corporation (UGC). AIG Property Casualty provides insurance products for commercial, institutional and individual customers. AIG Life and Retirement provides life insurance and {pension|old age|retirement living} services in the {Usa|Combined|Unified} States. UGC {concentrates on|targets|is targeted on} {home loan|mortgage loan} guaranty insurance and {home loan|mortgage loan} insurance. AIG also {concentrates|centers} on global capital {marketplaces|market segments} operations, direct investment and retained interests.

AIG was obviously a central player in the financial {problems|turmoil|catastrophe} of 2008. {It had been|It absolutely was} bailed out by the all of us government for $180 {billion dollars|million}, and the government {required|got|had taken} control. The Financial {Problems|Turmoil|Catastrophe} Inquiry Commission (FCIC) of the US government {came to the conclusion|determined|deducted} AIG failed {mostly|generally} because it sold massive {quantities|sums|portions} of insurance without hedge its investment. Its {tremendous|substantial|gigantic} sales of credit {arrears|standard} swaps were made without putting up initial {security|guarantee|assets}, {putting aside|putting away} capital reserves, or hedging its exposure -- a profound failure in corporate governance, particularly {the|their|it is} risk-management practices. "

AIG's corporate headquarters are in New York {Town|Metropolis}, its Europe, Middle East, and Africa (EMEA) {head office are|hq are|home office are} in London, {as well as|as well as its|and its particular} Asian headquarters are in Hong Kong. The company serves 98% of the Fortune 500 companies, 96% of Fortune 1000, and 90% of Fortune Global 500, and insures forty percent of Forbes 400 {Wealthiest|Most wealthy|Millionaires} Americans. AIG was {rated|positioned|placed} 40th {most significant|major} company in the 2014 Fortune five-hundred list. {Relating|Regarding|Matching} to the 2014 Forbes Global 2000 list, AIG is the 42nd-largest {general public|open public|general population} company in the world. On {Mar|Drive|Walk} 31, 2015 AIG {experienced|got|acquired} a market capitalization of $75. 04 billion us dollars
AIG traces its {origins|root base|beginnings} back to 1919, when American Cornelius Vander Starr (1892-1968) established {a basic|a standard} insurance agency, American Asiatic Underwriters (AAU), in Shanghai in china, China. Organization grew rapidly, and two years later, Starr {created|shaped|produced} a life insurance procedure.[10] By the late 1920s, AAU {experienced|got|acquired} branches throughout China and Southeast Asia, including the Philippines, Indonesia, and Malaysia.[11] In 1926, Mr. Starr opened his first office {in the usa|in america|in the us}, American International Underwriters Corporation (AIU). He also focused on opportunities in Latin America and, {back again|again} in the 1930s, AIU entered Havana, Cuba. The steady {development|progress|expansion} of the Latin American agencies proved significant as it would offset the decline in business from Asia due to the impending World War 2.[9] In 1939, Mr. Starr moved his headquarters from Shanghai, {Cina|China and tiawan|Chinese suppliers}, to New York {Town|Metropolis}.

‘छक्कापञ्जा’देशभर तहल्का मच्चाई रहदा दिपा र दिपक माथि लग्यो यस्तो गंभिर आरोप

काठमाडौं । अभिनेता दीपक गिरी र अभिनेत्री दीपाश्री निरौलाले निर्माण गरेको फिल्म ‘छक्कापञ्जा’ले अहिले दर्शक तानेको छ । फिल्मले राम्रो कमाइ पनि गरेको छ । तर फिल्मको कमाइ लुकाउन दीपक र दीपाले गर्नुसम्मको कीर्ते काम गरेको खुलासा हुँदै गएको छ ।
राजधानीका फिल्महरूमा राम्रो कलेक्सन गरेको ‘छक्कापञ्जा’ कमाइ पूरै नदेखाएर राज्यलाई कर छल्ने तयारीमा दीपक र दीपा सक्रिय भएको स्रोतले जनाएको छ ।
यो जोडीले फिल्म हल सञ्चालकहरूलाई फोन गरेर र भेटेरै कलेक्सन भएको रकमको बास्तविकता बाहिर नल्याउन दबाब दिइरहेका छन् ।
फिल्मको पब्लिसिटीमा थुप्रै खर्च गर्न भ्याएका दीपक र दीपाको खुट्टा अहिले भुइँमा छैन । फिल्म चलेपछि उनीहरूको खुसीको सीमा नरहनु स्वभाविक हो ।
फिल्म देखाउन दीपक र दीपाको जोडीले एमालेका अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरूलाई फिल्म हलसम्म पु-याएको थियो ।
यसले पनि ‘छक्कापञ्जा’को राम्रै प्रचार प्रसार भयो । फिल्ममा दीपा, दीपक, कमल गाउँले, प्रियंका कार्कीलगायत टेलिभिजनमा देखिन अधिकांश कलाकारहरूको अभियन छ ।
हुन त राज्यलाई कर छल्ने बानि नै परिसकेका नेपाली फिल्मका कलाकार र निर्माताहरूको व्यवहार फिल्म राम्रो चल्दा पनि सुधार नहुनुमा राज्यको नीति नियम कमजोर रहेको आरोप छ ।
यही कमजोरीलाई पछ्याएर दीपा र दीपकले राज्यलाई कर छल्न थालेका हुन् । दर्शकको राम्रो माया पाएको ‘छक्कापञ्जा’ले अहिलेसम्म कति कमाइ ग-यो त्यसको हिसाब किताब दीपक र दीपाले दर्शक र राज्यलाई दिनु पर्दैन ? भनेर प्रश्न उठ्न थालेको छ ।

Bombs explode at schools in kathmandu, scare in many others

Bombs have gone off at two Boudha-based schools on Tuesday in kathmandu, Nepal. Also the bomb terrors have spread across Radiant School of Lalitpur, Kanchanjunga School of Dallu in Kathmandu, Ray School of Bouddha, Akashdeep School, Eastpole School and Manokamana School of Kathmandu. Locals have claimed that sound of some blasts have been heard from the Manokamana school at 3:45am in the morning. A small pamphlet of Young Communist Force Nepal (YCFN) has been found inside the school. “A suspicious object has been found in other three schools as well,” AIG Pratap Singh Thapa said to Republica Online. He also added that the police have been conducting tests on those objects.

Read this also

North american International Group, Inc., {also called|also referred to as|often known as} AIG, is an American multinational insurance corporation with more than 88 {mil|, 000, 000} customers in 130 countries. AIG companies employ over 64, 000 people in 90 countries. {The organization|The business|The corporation} {works|functions|runs} through three businesses: AIG Property Casualty, AIG {Existence|Lifestyle|Your life} and Retirement and {Usa|Combined|Unified} Guaranty Corporation (UGC). AIG Property Casualty provides insurance products for commercial, institutional and individual customers. AIG Life and Retirement provides life insurance and {pension|old age|retirement living} services in the {Usa|Combined|Unified} States. UGC {concentrates on|targets|is targeted on} {home loan|mortgage loan} guaranty insurance and {home loan|mortgage loan} insurance. AIG also {concentrates|centers} on global capital {marketplaces|market segments} operations, direct investment and retained interests.

AIG was obviously a central player in the financial {problems|turmoil|catastrophe} of 2008. {It had been|It absolutely was} bailed out by the all of us government for $180 {billion dollars|million}, and the government {required|got|had taken} control. The Financial {Problems|Turmoil|Catastrophe} Inquiry Commission (FCIC) of the US government {came to the conclusion|determined|deducted} AIG failed {mostly|generally} because it sold massive {quantities|sums|portions} of insurance without hedge its investment. Its {tremendous|substantial|gigantic} sales of credit {arrears|standard} swaps were made without putting up initial {security|guarantee|assets}, {putting aside|putting away} capital reserves, or hedging its exposure -- a profound failure in corporate governance, particularly {the|their|it is} risk-management practices. "[5]

AIG's corporate headquarters are in New York {Town|Metropolis}, its Europe, Middle East, and Africa (EMEA) {head office are|hq are|home office are} in London, {as well as|as well as its|and its particular} Asian headquarters are in Hong Kong. The company serves 98% of the Fortune 500 companies, 96% of Fortune 1000, and 90% of Fortune Global 500, and insures forty percent of Forbes 400 {Wealthiest|Most wealthy|Millionaires} Americans. AIG was {rated|positioned|placed} 40th {most significant|major} company in the 2014 Fortune five-hundred list.[6] {Relating|Regarding|Matching} to the 2014 Forbes Global 2000 list, AIG is the 42nd-largest {general public|open public|general population} company in the world.[7] On {Mar|Drive|Walk} 31, 2015 AIG {experienced|got|acquired} a market capitalization of $75. 04 billion us dollars
AIG traces its {origins|root base|beginnings} back to 1919, when American Cornelius Vander Starr (1892-1968) established {a basic|a standard} insurance agency, American Asiatic Underwriters (AAU), in Shanghai in china, China.[9] Organization grew rapidly, and two years later, Starr {created|shaped|produced} a life insurance procedure.[10] By the late 1920s, AAU {experienced|got|acquired} branches throughout China and Southeast Asia, including the Philippines, Indonesia, and Malaysia.[11] In 1926, Mr. Starr opened his first office {in the usa|in america|in the us}, American International Underwriters Corporation (AIU).[12] He also focused on opportunities in Latin America and, {back again|again} in the 1930s, AIU entered Havana, Cuba.[13] The steady {development|progress|expansion} of the Latin American agencies proved significant as it would offset the decline in business from Asia due to the impending World War 2.[9] In 1939, Mr. Starr moved his headquarters from Shanghai, {Cina|China and tiawan|Chinese suppliers}, to New York {Town|Metropolis}.