Wednesday, September 21, 2016

लालीखर्कमा घरमाथी ट्रक खस्यो, ५ घाईते, दुई जनाको अवस्था गम्भिर

पाँचथर, असोज ५ – बुधबार विहान मेचीराजमार्ग अन्र्तगत पाँचथरको फिदिम राँके सडकखण्ड
अन्तर्गत लालीखर्कमा भएको सवारी दुर्घटनामा परि ५ जना घाईते भएका छन् ।

घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले गम्भिर
घाइते जनकल्याण माविमा कार्यरत शिक्षिका फिदिम २ निवासी सुन्दरी पोख्रेल, ट्रकका
सहचालक विशाल मैनालीलाई थप उपचारका लागि झापाको विर्तामोड स्थित विएण्ड सि
हष्पिटल लगिएको जनाएको छ ।

अन्य घाइते सुम्निमा निमावि कार्यरत फिदिम ३ निवासी मंजुमाँया नेम्बाङ्ग, फिदिम निवासी
प्रेमराज नेम्बाङ्ग, र रानीटारका मन बहादुर राई रहेका छन् । प्रहरी नायव उपरिक्षक नकुल
पोख्रेलले उनीहरुको फिदिम स्थित पाथीभरा हष्पिटलमा उपचार भइरहको जानकारी दिएका छन् ।

फिदिमबाट विर्तामोड जाँदै गरको ना ३ ख २३४७ नम्बरको ट्रक सडकबाट झण्डै ५० मिटर तल
खस्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।


No comments:

Post a Comment