यति महँगो मूल्य पर्ने फोनको निर्माण गर्दा कति खर्च लाग्छ होला भन्नेबारे जान्ने इच्छा धेरैलाई हुन्छ।
अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार आइफोन सेभेनको ३२ जीबी संस्करण बनाउन २२४.८० अमेरिकी डलर अर्थात् करिब २४ हजार रुपैयाँ पर्छ। त्यस्तै आइफोन सिक्स एस बनाउन १८७.९१ डलर लाग्छ।
आइफोन सिक्स एसको तुलनामा सेभेन बनाउँदा बढी खर्च लाग्नुको कारण हेडफोन ज्याक हटाइएकाले हो।
आइफोन सेभेन ३२ जीबी मोडलको ६४९ डलर पर्छ। यस हिसाबले हेर्दा कम्पनीलाई एक सेट बेच्दा ४२४ डलर नाफा हुन्छ। १८९ प्रतिशत नाफा कम्पनीले लिएपनि यसमा अनुसन्धान, विज्ञापन, कार्यक्रम लगायतका अन्य खर्च समावेश गरिएको हुँदैन।
यसलाई आधिकारीक र ठ्याक्कै यति नै हो भनेर किटान भने गर्न नसकिने अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन्।
No comments:
Post a Comment