Monday, September 26, 2016

भारतसँग युद्ध भए चीनले पाकिस्तानलाई सहयोग गर्ने !

काठमाडौं, १० असोज । भारत–पाकिस्तानबीचको विवादमा चीनले चासो देखाएको खबर सार्वजनिक हुन थालेको छ । अघिल्लो हप्ता काश्मीरको उरी क्षेत्रमा आतंकवादी आक्रमणभएपछि पाकिस्तान र भारतबीच युद्धको खतरा भइरहेका बेला चीनले समेत चासो देखाएको हो ।

भारतसँग युद्ध भए पाकिस्तानलाई सहयोग गर्ने संकेत चीनले दिएको भन्दै पाकिस्तानी अखबारहरुले समाचार छापेका छन् । पाकिस्तानबाट प्रकाशित हुने ‘डान पत्रिका’काअनुसार चीनले पाकिस्तानलाई कुनै पनि छिमेकी राष्ट्रविरुद्ध सीमाको विषयमा हुने युद्धमा साथ दिने आश्वासन दिएको हो । चीनको यो आश्वासन पाकिस्तान र भारतबीचको सम्बन्ध युद्ध उन्मुख भइरहेका बेला आएको हो । जसले दुई देशको विवादमा तेस्रो देशले चासो देखाएको हो ।

पञ्जाव प्रान्तका मुख्यमन्त्री शहबाज शरिफको कार्यालयमा बसेको बैठकमा चीनका महावाणिज्यदूत यू बोरेनले कुनैपनि छिमेकी राष्ट्रविरुद्ध सीमाको विषयमा हुने युद्धमा आफ्नो देशले साथ दिने बताएका सो पत्रिकाले उल्लेख गरेको छ ।

यही असोज २ गते भारत प्रशासित क्षेत्र काश्मीरस्थित उरी क्षेत्रमा आतंकवादी आक्रमण हुँदा १७ जना भारतीय सैन्य मारिएका थिए भने ४ जना आतंककारीको मृत्यु भएको थियो । सोही विषयलाई लिएर पाकिस्तान र भारत एकअर्कामाथि आक्रमणको तयारीमा जुटेका छन् ।

No comments:

Post a Comment