Monday, September 26, 2016

तातो चिया पिउनुहुन्छ भने सचेत रहनुहोला, तातो चियाले यस्तो खतरा हुन्छ !

2016-08-09_1012
भन्ने गरिन्छ चिया छिटो पिउनुहोस् अहिल्य चिसो हुन्छ । समान्यतया धेरै मानिस तातो चिया पिउछन् । तपाई पनि तातो चिया पिउनुहुन्छ भने सचेत रहनुहोला ।

तातो चियाले घाँटीको क्यान्सर हुन सक्ने एक अध्ययनले देखाएको छ । ब्रिटिस मेडिकल जर्नलमा छापिएको सो अध्ययनअनुसार तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणाबढी हुन्छ ।
५० हजार मानिसमा गरिएको एक अध्ययन बाट यो तथ्य पत्ता लागेको हो । अध्ययन प्रतिवेदनका अनुसार धेरै तातो चिया पिउने मानिसमा मनतातो चिया पिउने मानिसको तुलनामा क्यान्सरको खतरा आठ गुणाबढी हुन्छ’ । तातो चिया पिउँदा घाँटीको भित्रिभागमा मा रहेका नरम तन्तुहरुलाई मार्ने काम गर्दछ ।

-

No comments:

Post a Comment