Monday, September 26, 2016

विश्वमा फेरि मानिसलाई रुवाने यो तस्बिर कस्को ?

91377338_kid11
एजेन्सी, विश्‍वमा फेरि एक पटक सबैलाई रुवाउने तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। किर्गिस्तानको ओश प्रान्तको सडकमा सुतिरहेको यो तस्बिरले मानिसको ध्यान फेरि एकपटक तानेको छ। करीब ३ वर्षीया यो बालकको तस्बिर सामाजिक सञ्‍जालमा पोस्ट हुनेबित्तक्कै धेरै भाइरल भएको छ।

किर्गिस्तानका मानिसहरु भने यो तस्बिरलाई लिएर गरिबी र आर्थिक अवस्थालाई लिएर चर्चा गरिहरेका छन्। सडकमा कार्डबोर्डमा सुतिरहेको उक्त बालकको तस्बिरलाई विश्‍वभरका मानिसलाई सेयर गरिरहेका छन्। उनलको यो तस्बिरमा धेरैले समवेदना समेत प्रकट गरिरहेका छन्। उनीहरुले बालको आमाबुवा तथा किर्गिस्तानको सरकार तथा राष्ट्रपतिको खुलेर आलोचना गरिरहेका छन्।

एक फेसबुक प्रयोगकर्ताले लेखेका थिए, ‘देशका मूर्ख सरकार, यो तस्बिर तिमीहरुले देखेका छौ की छैनौ । यहाँ बालक कसरी सुतिरहेका छन्।? ‘ कसैले भने, ‘ यो राष्ट्रपतिको चरम लापरबाही भनेका छन्।’ यता, बीबीसी ट्रेन्डिङले यो सम्बन्धमा उक्क बालकको आमा ल्फ़िया यूसेनोवासँग कुराकानी गरेको छ। उनले भनेकी छन्, ‘ जब म काम गरिरहेकी थिए, मेरो छोरालाई निन्द्रा लाग्यो। मलाई थाहै भएन।

मैले उसलाई उठाएर कार्डबोर्डमा सुताइ दिए। ऊ १०-१५ मिनेट त सुकेको होला। तर मेरो भने गल्ती भयो।’ उनको परिवारको अवस्था निक्कै नाजुक स्थितिबाट गुज्रिरहेको थियो। उसको श्रीमान भने कमाउन रुस गएका छन्। तर उसले पतिलाई भने छोरा बितेको कुरा भने बताउकी छैनन्।

No comments:

Post a Comment