काठमाडौँ । उडुसले शरीरको कुनै पनि भागमा सजिलैसाग टोक्न सक्छ । यसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने गर्छ । यस्ता विषालु किराबारे सोच्दा मात्र पनि कतिपयलाई राति निद्रा नै पर्दैन । एउटा माउ उडुसले आफ्नो जीवन कालभर ५ सय अन्डा पार्छ ।
ती अण्डाबाट निस्कने बच्चाले पछि फेरि अन्डा निष्कासन गर्छ । यसरी प्रत्येक पिढीमा तिनको संख्या बढ्दै जान्छ र यिनीहरू झुन्ड हुादै पूरै घरभरि फैलन्छन् । त्यसैले, तिनको रोकथाममा जति ढिलाइ गर्यो, त्यति नै प्रकोप बढ्छ र नियन्त्रण गर्न पनि कठिन हुन्छ । उडुसलाई नियन्त्रण गर्ने केहि घरेलु उपाय यस्ता हुन सक्छन् :
उडुसले पुदिनाको गन्ध सहन सक्दैन । त्यसैले, पुदिनाका केही पात आफ्नो ओछ्यानको नजिक राख्नुहोस् । सुत्ने बेला तपाईं पुदिनाका पात पिसेर आफ्नो शरीरमा दल्न पनि सक्नुहुन्छ । यसो गर्दा उडुसको टोकाइबाट बच्न सकिन्छ ।रातो खुसार्नीको गन्धले पनि उडुसहरू छिटो भाग्छन् । तपाईंले रातो खुर्सानीको धूलो बनाएर उडुस भएको ठाउामा स्प्रे पनि गर्न सक्नुहुन्छ । यसो गर्नाले उडुस निष्क्रिय हुने गर्छन् ।
उडुस रोजमेरीको गन्धले पनि भाग्छ । रोजमेरीको स्प्रे बनाएर पनि सम्भाव्य ठाउाहरूमा छर्कन सक्नुहुन्छ ।नीलगिरीमा औषधीय गुण हुनुका साथै उडुस मार्ने क्षमता पनि हुन्छ । यसको केही थोपा उडुस भएको ठाउामा छर्कन सक्नुहुन्छ ।
नीमको तेलमा धेरै एण्टी माइक्रोबियल गुण हुन्छन् । कीराहरू टाढा राख्न यसको प्रयोग गरिन्छ । उडुस भएको ठाउा तथा घरको सबै भागमा छर्केदा राम्रो हुन्छ । साथै, साबुनमा यसलाई मिसाएर कपडा धुने गर्नाले यसको गन्धले उडुस टाढा भाग्छ । नया पत्रिकाबाट
No comments:
Post a Comment