Monday, September 26, 2016

मोदीलाई पाकिस्तानी जनताले भने–रुन बन्द गर

narendra-modi-hd-images-and-pics

इस्लामाबाद, १० असोज । जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मादीले केरलको कोझिकोडमा आफ्नो भाषण गरिहेका थिए, ठीक त्यहीँ बेला पाकिस्तानमा सोसल मिडियामा ट्रेन्ड भैरहेको थियो ।पाकिस्तानका जनताले भनिरहेका थिए कि, ‘भारत रुन बन्द गर ।’ यो ह्यान्डिल पाकिस्तानको न्यूज च्यानल एक्सप्रेस न्यूजले शुरु गरेको थियो । सैयल अली ने ट्वीट गरे, ‘नरुनुस्, यो झुठ तपाईंका जनताका वीचमा फैलाउनुस् ।’ फारुक ले लेखेका छन्, ‘इरान, चीन, रुस, जर्मनी, जापान, कुवेत, इन्डोनेसिया जस्ता देश पाकिस्तानका साथ छन् । भारत भन्छ, पाकिस्तान अलग थलग छ ।’ मरमय ले लेखे, ‘भारत हाम्रा विरुद्ध युद्ध गर्न सक्दैन । उसले भारत पाकिस्तानवीचको क्रिकेट खेलवारे कुरा गर्न सक्छ ।’  उर्मर विर्क ले लेखे, ‘भारतीय सेनाका अधिकारी समेत ४० हजार जवानको छुट्टीका लागि निवेदन दिएका छन् । पाकिस्तानको सोसल मिडियामा तनाव बढेपछि भारतीय सेनाका जवानले विदा मागेको विषयलाई त्यहाँका मिडियाले पनि कभरेज गरेका छन् ।

No comments:

Post a Comment