गर्भावस्थामा अत्यधिक तातो वा चिसोले समय नपुगी बच्चा जन्मन सक्ने वैज्ञानिकहरुले बताएका छन् । यसैगरी गर्भ रहेको पहिलो सात हप्ता निकै तातो वा चिसो ठाँउमा बस्दा शिुशु खेर जाने खतरा रहेको पनि वैज्ञानिकहरुले औल्याएका छन् ।
अत्याधिक ताप वा चिसोले भ्रुणको विकास वा भ्रुणमा रक्त पवबाहमा समस्या पर्न सक्ने उनीहरुले अनुमान गरेका छन् । ‘हाम्रो अध्ययनले गर्भवती महिलालाई अप्रिय मौसम (तातो वा चिसो) मा एक्सपोज नहुन सुझाव दिएको छ’ अध्ययन टोलीका सदस्य तथा म्यारिलेन्डस्थित बाल स्वास्थ्य संस्थाका चिकित्सक डा. पाउलाइन मेनाडोला भने ।
३९ देखि ४० साताको गर्भावस्थालाई पूर्ण विकसित मानिन्छ । तर ३७ साताअघि बच्चा जन्मिएमा प्रि–म्याचअर वर्थ मानिन्छ ।
जलबायु परिवर्तनका कारण पनि समय नपुगी शिशु जन्मिने गरेको सो अध्ययनमा उल्लेख छ । अध्ययनले गर्भवती महिलालाई अत्यधिक न्यानोमा बस्न चिकित्सकले दिएको सुझावलाई पुर्नबिचार गर्न आग्रह गरिएको छ ।
No comments:
Post a Comment