तर कतिपयले यसलाई पत्याउन मानिरहेका छैनन् । माधव घिमिरेले आफै गाडी चलाएका थिए वा थिएनन्,त्यसको आधिकारीक पुष्टि कसैले गरेको छैन् । दुर्घटनामा बाचेका चालकले मात्रै भनेका छन् । यो गम्भीर अनुसनधानको विषय बनेको छ । घटनामा चालक मात्रै बाच्नु अर्को रहस्य र अनुसन्धानको पाटो बनेको छ ।
पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित दुर्घटनामा परेका यात्रुको खोजी बिहानैदेखि सुरु भएको छ । सातजना चढेको गाडी हिजो दिउँसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा पूर्वमन्त्री घिमिरेसहित तीनजना बेपत्ता भएका छन् ।
घिमिरेका आमा, अंगरक्षक सहित ३ जनाको भने मृत्यु भएको छ । हामफलेर बाच्न सफल चालक विष्णु राई घाइते हुनुहुन्छ । उहाँको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार मृत्यु हुनेमा घिमिरेकी आमा, आफन्त रामचन्द्र कार्की र सुरक्षागार्ड सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक नारायण काफ्ले रहेका छन् । मुक्तिनाथबाट पोखरा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा ९ च १५३१ नम्बरको स्करपियो गाडी दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त गाडी पूर्वमन्त्री घिमिरेले चलाएको बताइएपनि त्यसको पुष्टि भइनसकेको प्रहरीले बताएको छ ।
No comments:
Post a Comment