काठमाडौं, १० असोज । १० गुल्मीको हर्दिनेटा गाविस वडा नं. ८ बस्ने वाँसखर्कका ३२ वर्षिय रामबबहादुर नेपालीकी श्रीमती श्रीमान विदेश गएको दुई महिना मै लाखौं रकम हिनामिना गरेर वेपत्ता भएकी छन् ।
गुल्मीकै नयाँगाउँ माइती घर भएकी २९ वर्षिय दुर्गा नेपाली भदौ २९ गतेदेखि हराएकी छन् । उनका ८ एक वर्षका छोरा, १० वर्षकी एक छोरी छाडेर र ३ वर्षको छोरा लिएर सम्पर्कविहिन भएकी छन् ।
ससाना छोराछोरीको विचल्ली हुनेगरि सम्पर्क विहिन भएपछि श्रीमानले विदेशबाट दुई महिना मै घर फर्कनु परेको छ ।
घरमा भएको पाठोसमेत बेचेर, विभिन्न संघ सँस्थाहरुबाट निकालेको ऋण र श्रीमानले ऋण तिर्न भनी पठाएको गरि जम्मा ६ लाख रुपैयाँ हिनामिना गरेको आरोप श्रीमानले लगाएका छन् ।
No comments:
Post a Comment