Monday, September 26, 2016

जाजरकोट जंगलमा साढे ५ सय राउन्ड अत्याधुनिक गोली फेला

जाजरकोट, १० भदौ । जाजरकोटको एक जंगलमा पाँच सय २६ राउन्ड अत्याधुनिक गोली फेला परेको छ । खलंगा–डोल्पा सडक खण्ड अन्तर्गत थाप्लेचौरको जंगलमा सो गोली छरिएरको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

फेला परेका ती गोलीहरु इन्सास राइफललगायतका अत्याधुनिक हतियारको भएको प्रहरीको भनाइ छ । ती गोली कस्ले र किन राखेको खुलिनसकेपनि माओवादी द्वन्द्वका क्रममा छोडिएका गोली हुन सक्ने अनुमान गरिएको छ ।

No comments:

Post a Comment