Monday, September 26, 2016

दिमागलाई कदमै तेज बनाउने यस्ता छन् घरेलु ७ जडिबुटी

दिमाग शरीरको एकदमै महत्वपूर्ण हिस्सा हो। दिमाग बिना शरीरका कुनै पनि अंगले काम गर्न सक्दैन। तर कहिले कहिँ मानिसहरुको मध्यपान, धुम्रपान, नराम्रो आदत, पोषक तत्वको कमि जस्ता कुराले गर्दा स्मरण शक्ति कमजोर हुन जान्छ । त्यसकारण स्मरण शक्ति बढाउनका लागि हामीले घरेलु ७ जडिबुटीहरुका बारेमा तपाईलाइ बताउन गईरहेका छौं । तिनीहरुको सहि तरिकाले प्रयोगमा ल्याउदा दिमाग तेज हुन सक्छ ।
१. जटामंसी                                                                                 


jatamansi

यसको जरामा लट्टा परेको कपाल जस्तै तन्तु हुने भएकाले यसलाई जटामसी भनिएको हो । यो औषधिको रुपमा प्रयोग हुन्छ । यो स्मरण शक्ति बढाउनको लागि एकदमै राम्रो औषधि हो । एक चम्चा जटामसी एक कप दूध मा मिसाएर पिउदा दिमाग तेज हुन्छ ।


२. दालचीनी  


honeycinnamon
दालचीनीलाई खानमा गरम मसलाको मात्र नभएर यो औषधि पनि हो । दालचिनीले दिमागलाई तेज बनाउछ । राति सुत्ने समयमा एक चिम्टी दालचिनी पाउडर लाइ मह मा मिलाएर खादा मानसिक तनाब बात मुक्त मिल्छ । अनि दिमाग तेज हुन्छ।

३. बेसार
बेसार दिमाग लाइ तेज बनाउने जडिबुटी हो ।यो खानाको स्वाद र रंगमा प्रयोग गरिन्छ यसको नियमित प्रयोग ले भुल्ने समस्या बाट बच्न सकिन्छ ।

४. जायफल
दिमाग लाइ तेज बनाउनको लागि जायफल पनि उपयोगी जडिबुटी हो । यसको प्रयोगले भुल्ने समस्या बाट मुक्त मिल्छ ।

५. तुलसी
बिशेस यो रुघाखोकी लाग्दा प्रयोग गरिन्छ । यो धेरै जसो मानिसले चिने जाने को जडिबुटी हो । यसको प्रयोगले मुटु र दिमागलाई राम्रो गर्दछ ।

६. अदुवा
अदुवाले खानामा स्‍वाद दिनुका साथै अनिद्रा, डिप्रेशन जस्ता रोग हरुको लागि औषधिका रुपमा प्रयोग हुन्छ ।

७. कालो मरीच
कलोमरीचमा पेपरिन रसायन पाइने हुदा यसको प्रयोगले दिमागका कोसीका लाइ आराम मिल्छ । डिप्रेशन रोग बाट मुक्ति मिल्न मदत गर्दछ। दिमाग लाइ स्वस्थ राख्नको लागि कालोमरिच उपयोगी हुन्छ ।




No comments:

Post a Comment