Monday, September 26, 2016

पूर्व गृहमन्त्री घिमिरेले आफै गाडी चलाएको कुरा रहस्यमय !

१०,असोज,काठमाडौं  । त्यसो त त्रिसुली नदीमा कयौ यात्रुहरु गाडीसहित हराएका छन्,कयौले ज्यान गुमाएका छन् । तर मदन भण्डारी र पुर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको मृत्यु रहस्यमय बन्दै गएको छ । खास कुरा के हो भने मदन भण्डारीको जीप दुर्घटनामा पनि चालक अमर लामा बाचेका थिए भने माधव घिमिरेको गाडी त्रिसुलीमा डुब्दा पनि चालकमात्रै मात्रै बाँचे ।

तर कतिपयले यसलाई पत्याउन मानिरहेका छैनन् । माधव घिमिरेले आफै गाडी चलाएका थिए वा थिएनन्,त्यसको आधिकारीक पुष्टि कसैले गरेको छैन् । दुर्घटनामा बाचेका चालकले मात्रै भनेका छन् । यो गम्भीर अनुसनधानको विषय बनेको छ । घटनामा चालक मात्रै बाच्नु अर्को रहस्य र अनुसन्धानको पाटो बनेको छ ।
पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित दुर्घटनामा परेका यात्रुको खोजी बिहानैदेखि सुरु भएको छ । सातजना चढेको गाडी हिजो दिउँसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा पूर्वमन्त्री घिमिरेसहित तीनजना बेपत्ता भएका छन् ।



घिमिरेका आमा, अंगरक्षक सहित ३ जनाको भने मृत्यु भएको छ । हामफलेर बाच्न सफल चालक विष्णु राई घाइते हुनुहुन्छ । उहाँको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार मृत्यु हुनेमा घिमिरेकी आमा, आफन्त रामचन्द्र कार्की र सुरक्षागार्ड सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक नारायण काफ्ले रहेका छन् । मुक्तिनाथबाट पोखरा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा ९ च १५३१ नम्बरको स्करपियो गाडी दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त गाडी पूर्वमन्त्री घिमिरेले चलाएको बताइएपनि त्यसको पुष्टि भइनसकेको प्रहरीले बताएको छ ।

फक्रिँदै प्रेमः फिल्म हलमै सौगात र सृष्टिको डेटिङ !

काठमाडौं । सोनी केसीसँगको ब्रेकअप पछि अभिनेता सौगात मल्ल अभिनेत्री तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग अफेयरमा रहेको गसिप बजारमा राम्रै चर्चा चल्यो । पोखरामा सुटिङ सेटमै सौगात भेट्न सृष्टि पुगेको देखी काठमाडौंमा अनेक ठाउँमा भेट गरेको चर्चा चलिरहँदा  दुबैले मिडियामा भने प्रेममा नरहेको दाबी गर्दै आएका थिए ।


तर आईतबार यो सबैकुरा प्रष्टिएको छ कि सौगात र सृष्टि प्रेममा छन् । आईतबार दिउँसो दुबै जना राजधानीको कुमारी हलमा भेटिए  । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म झूम्कीु को साढे तीन बजेको शो हेर्न दुबैजना हलमा पुगेका थिए ।

फिल्म सुरु भईसकेको १५ मिनेटमा हतारिँदै अनि कसैले नदेखोस जस्तो नियतमा पुगेका सौगात र सृष्टि टिकट काटे अनि सोहि पारामा हतारिँदै हलमा छिरे ।  टिकट काउण्टरमा सृष्टिले पैसा तिर्न खोज्दा बायाँ हातले रोक्दै दायाँ खल्तिबाट पैसा निकालेर सौगातले तिरेका थिए ।

सौगात रातो कलरको सर्टमा र कालो क्यापमा पुग्दा सृष्टि ब्राउनु कलरको टिसर्ट र जिन्स पेन्टमा थिईन् ।  हलमा छिर्दै गर्दा सेक्युरिटीले चेक जाँचको लागी रोके, सोहि समय सौगात छिरेकै ठाउँबाट पुरुष छिर्ने ठाउँबाटै सृष्टि पनि हलमा ईन्ट्री भईन् ।

त्यसपछि ४ बजेर १३ मिनेटमा सौगात एक्लै पुनः तल झरेर कोल्ड ड्रिङस र पपकर्न किनेर आफैले बोकेर हल छिरे । ईन्ट्रभलमा पनि बाहिर ननिस्केका दुबै जना फिल्म सकिएपछि पनि सोहि पाराले हतारिँदै हलबाट बाहिरिएका थिए ।

सृष्टि निकट श्रोतका अनुसार सौगातलाई आफ्नै गाडीमा लिएर सृष्टि फिल्म हेर्न पुगेकी थिईन् । सिटी सेन्टरको पार्किङमा गाडी रोकेर उनिहरु कुमारी हल पुगेको बताईन्छ। शुक्रबार मात्रै राजधानीमा आयोजित एक कार्यक्रममा सृष्टिसँगको अफेयरको बारेमा मिडियाले गरेको प्रश्नमा उठबस गर्दैमा प्रेम नहुने बोलेका सौगात र सृष्टिसँगको रियल प्रेम आईतबारको दृश्यले छर्लङ्ग बनाएको छ ।

त्यसो त केहि हप्ता पहिले पनि सौगातकी पुर्व प्रेमी सोनी केसीले सृष्टिलाई लक्षित गर्दै फेसबुकमा स्टाटस लेखेर आक्रोस पोखेकी थिईन् । गाजलुु डेब्यू हिरोईन सृष्टिले फिल्म रिलिजको समयमा मिडिया माझ सौगात मल्ल मन पर्ने र उनिसँग डेट जान चाहेको ईच्छा व्यक्त गरेकी थिईन् ।

त्यस यता सृष्टिले नै सौगातलाई फलो गरेको र मायाँजालमा पारेको बताईन्छ । जुन कुरा पोखरामा यी दुईले गरेको भेट तथा काठमाडौंमा पनि एक फिल्मको सुटिङमा समेत ट्याक्सी लिएर सृष्टि पुग्दै भेटे गर्दै फर्किदै गरेको प्रसंगले सृष्टि र सौगातको प्रेम झाङ्गिँदै गरेको बुझ्न गार्हो छैन् ।

त्यसो र माथी उल्लेखित तश्विरमा सृष्टिले बालुवामा  लेखेको (एस लभ एस) अर्थात स प्रेम स सहितको दृश्यले पनि सौगातसँग सृष्टिको प्रेमको छनक दिन्छ ।