Monday, September 26, 2016

मेस्सीसँगको सेक्स अनुभव गरेकी यी युवती भन्छिन ‘मेसीसँग रात विताउनु भनेको मृत शरीरसँग रात विताउनुजस्तै हो

एजेन्सी,फुटबल स्टार लियोनल मेस्सी फुटबल मैदानमा सर्वोत्कृट खेलाडीको रुपमा परिचित छन् । विश्वभर उनका करोडौ फ्यान छन् । ती फ्यानहरु मेस्सीका बारेमा कुनै पनि नकरात्मक कुरा सुन्न चाहँदैनन् । तर, एक अर्जेन्टिनी मोडल जोएना गोन्जालेजले भने मेस्सीको बारेमा नकरात्मक टिप्पणी गरेकी छन् ।
2016-09-26_1734
उनले लियोनल मेस्सीसँग रात बिताएको दाबी गर्दै मेसीले आफूलाई सेक्समा सन्तुष्टि दिन नसकेको बताएकी हुन । गोन्जालेजले पेरुभिएन टेलिभिजन शोमा भनेकी छन्, ‘मेसीसँग रात विताउनु भनेको मृत शरीरसँग रात विताउनुजस्तै हो ।’ केही वर्षअघिसम्म मेस्सी र जोएना सम्बन्धमा थिए । गोन्जालेजले २९ वर्षीय मेस्सीको आफु ठूलो फ्यान समेत रहेको स्वीकार गरेकी छिन् । गोन्जालेजले भनेकी छिन्, ‘जब कोही खेलाडीले मैदानमा उत्कृष्ट खेल देखाउँछ तब ऊ बाट केही धेरै नै आश गरिएको हुन्छ । मैले पनि मेस्सीबाट धेरै आश गरेकी थिए । तर, एक समय यस्तो महसुस भयो कि मैले मृत शरीरसँग सेक्स गरिरहेकी छु ।’ हुन त पछिल्ला समयमा मेस्सीले खेल मैदानमा पनि उत्कृष्ट नतिजा दिन सकेका छैनन् । कोपा अमेरिकाको फाइनल खेलमा अर्जेन्टिना चिलीसँग पराजित भयो । त्यसलगत्तै उनलाई कर छलिको आरोप पनि लाग्यो । केही समय अघि मात्रै पनामा पेपर्समा मेस्सीले गैरकानुनी रुपमा लगानी गरेको भन्दै उनको नाम प्रकाशन भएको थियो ।

कसरी आयो त्रीशूलीमा वेपत्ता घिमिरेको मोबाइलबाट आज एसपीको मोबाइलमा फोन ?

मुग्लिन, १० असोज : जीप दुर्घटना हुँदा त्रिशुली नदीमा बेपत्ता भएका पूर्व मन्त्री तथा पूर्व मुख्य सचिव माधव घिमिरेको मोबाइलबाट चितवनका एसपी वसन्त कुँवरको मोबाइलमा सोमबार बिहान फोन आयो।

बिहान ९ बजेर २२ मिनेट जाँदा एसपी कुँवरको मोबाइलको घण्टी बज्यो। उनले फोन उठाउँछु भनेर हेर्दा, माधव घिमिरेको नम्बर देखियो। झण्डै १० सेकेण्ड घण्टी बजेपछि फोन काटियो। यसअघि कुँवरको घिमिरेसँग कुराकानी हुने गरेको थियो। उनले त्यसपछि फोन गर्ने प्रयास गरेपनि घरी लाग्ने, तर नउठ्ने घरी फोन नलाग्ने भयो।

बेपत्ता रहेका घिमिरेको मोबाइलबाट फोन आएको कुरा आइतबारदेखि नै घटनास्थलमा रहेका एसपी कुवँरले चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहलाई सुनाएका थिए।

त्यसपछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा एसपी कुँवरको नेतृत्वमा एक टोली त्रिशुली नदी किनारमा खोजीका लागि गयो। खोज्दै जाँदा बेपत्ता घिमिरेको मोबाइल किनारमा च्यापिएको अवस्थामा फेला पर्‍यो।

घिमिरेको मोबाइल च्यापिएकाले आफै फोन डायल भएर एसपी कुँवरलाई फोन गएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी सिंहले जानकारी दिए। दुर्घटनामा परेर त्रिशुली नदीमा बेपत्ता भएका घिमिरेसहित तीन जनाको अहिले पनि खोजी भइरहेको छ।