Monday, September 26, 2016

जहाँ पोल्ट्री फार्म जस्तै महिलाबाट बच्चा जन्माएर बेचिन्छ

एजेन्सी, नाइजेरियामा एउटा यस्तो स्थान छ जहाँ कुखुराको पोल्ट्री फार्मजस्तै कलिलो उमेरकी किशोरीबाट गर्भधारणबाट बच्चा जन्माएर बेच्‍ने गरिन्छ।
2016-09-26_1231
नाइजेरियामा गरिएको यो घृणित कार्यलाई बेबी फार्मिङ भन्‍ने गरिन्छ। यहाँ सबैभन्दा खतरनाक कुरा के छ भने महिलाहरुलाई बन्दुकको छायामा राखिने गरिन्छ।

बेबी फार्मिङ नाइजेरियामा लुकीछिपि गरेर अस्पताल र अनाथलयमा गर्ने गरिन्छ। जहाँ कम उमेरका महिलालाई बच्चा जन्माउनेको लागि तयार गरिन्छ। बच्चा जन्माउने ती सबै महिला कि त अनाथ हुन्छिन् की त गरिब घरपरिवारको हुन्छिन्।

जो बाध्यताले यो अवैधानिक काम गर्न बाध्य भइरहेकी हुन्छिन्। जसले उक्त कार्य गर्न नमाने बन्दुक देखाएर गर्भवती बनाउने गरिन्छ।
उनीहरु चाहेर पनि गर्भपन गर्न पाउँदैन् कीनकी नाइजेरियामा गर्भपन गराउनु गैरकानूनी अपराध मानिन्छ।

यही कुरालाई फाइदा उठाउँदै बेबी फार्मर्सले उठाउँदै आएका छन्। उनीहरुले यो सबै काम कुनै मेडिकल संस्था तथा समाजसेवी संस्थाको आडमा लाचार महिलालाई गर्न बाध्य गराउने गर्दछन्।


त्रिशूलीमा बेपत्ता पूर्वमन्त्री घिमिरेको मोबाइलबाट विहानै एसपीलाई फोन आएपछि ..

चितवन, १० असोज । गाडीसहित त्रिशूली नदीमा वेपत्ता भएका पूर्व गृहमन्त्री माधव घिमिरेको मोबाइलबाट सोमबार विहानै चितवनका एसपी वसन्त कुँवरको मोबाइलमा फोन आएपछि सबैलाई आश्चर्यचकित पारेको छ ।2016-09-26_1238
आइतबार साँझ ५ बजेतिर त्रिशूलीमा कारसहित खसेर वेपत्ता घिमिरेको अहिलेसम्म अत्तोपत्तो नलागेका बेला उनकै मोबाइलबाट फोन आएपछि दुर्घटनास्थलमा मानिसहरुलाई आश्चर्यमा पारेको हो ।

चितवनका प्रहरी प्रमुख एसपी कुँवरका अनुसार उनको मोबाइलमा बिहान ९ बजेर २२ मिनेट जाँदा घिमिरेको मोबाइलबाट फोन आएको थियो । झण्डै १० सेकेण्ड घण्टी बजेपछि फोन काटिएको थियो । यसअघि कुँवरको घिमिरेसँग कुराकानी हुने गरेको थियो । तर, पछिल्लो फोन नउठाउँदै काटियो । एसपी कुँवरले फोन कलब्याक गर्न खोज्दा घरी लाग्ने, तर नउठ्ने घरी फोन नलाग्ने भयो ।

त्रिशूलीमा बेपत्ता घिमिरेको मोबाइलबाट फोन आएपछि अचम्म परेका एसपी कुवँरले चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहलाई जानकारी गराए ।

त्यसपछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा एसपी कुँवरको नेतृत्वमा एक टोली त्रिशुली नदी किनारमा खोजीका लागि गयो । खोज्दै जाँदा बेपत्ता घिमिरेको मोबाइल किनारमा च्यापिएको अवस्थामा फेला पर्यो ।

घिमिरेको मोबाइल च्यापिएकाले आफै फोन डायल भएर एसपी कुँवरलाई फोन गएको हुन सक्ने अनुमान प्रमुख जिल्ला अधिकारी सिंहले गरे । उनले भने- ‘फोन च्यापिएको अवस्थामा फेला पर्यो । आफै डायल भएर एसपी सापलाई फोन गएको हुनसक्छ । यसबारे थप अनुसन्धान हुँदैछ ।’

प्रमुख जिल्ला अधिकारी सिंहका अनुसार दुर्घटनामा परेर त्रिशुली नदीमा बेपत्ता भएका घिमिरेसहित तीन जनाको खोजी कार्य जारी छ ।