Friday, September 23, 2016

काश्मिर विवादका कारण भारत र पाकिस्तानबिच युद्धको खतरा बढ्यो, दुबै देश युद्धको तयारीमा व्यस्त

एजेन्सी । काश्मिर विवादका कारण भारत र पाकिस्तानबिच युद्ध हुने खतरा बढेको छ । दुबै देशले युद्धको तयारी कै झल्को दिने गरी सैन्य गतिविधि बढाएपछि दक्षिण एशियाका यी दुई आणविक शक्ति सम्पन्न देशबिचको तनाव सतहमा आएको हो ।
पाकिस्तानले बिहीबार राति लडाकु विमान उडाएर युद्धपूर्वको अभ्यास र तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जियो न्यूजका सम्पादक हामिर मीरका अनुसार इस्लामावादमा बिहीबार राति चार लडाकु विमान उडेका थिए । यसअघि बिहीबार नै भारतीय सेनाले काश्मिरमा हातहतियार तथा बन्दोबस्तीका सामानको तैनाथी बढाएको थियो ।

काश्मिरमा कुनैपनि स्थितिको सामना गर्न भारतीय सेनाले नियन्त्रण रेखामा युद्धका लागि १ सय ५ वटा मध्यम खालका तोप लगायतका हतियार, र अरु उपकरण तैनाथ गरेको बिबिसीले जनाएको छ । भारतीय सेनाले बुधबार रातिदेखि नै काश्मिरको नियन्त्रण रेखा नजिक युद्ध सामाग्री पुर्‍याउन सुरु गरेको हो । काश्मिरको विषयमा भारत र पाकिस्तानबिच वर्षौंदेखि विवाद छ । पछिल्लो समय विवाद चर्किंदा त्यहाँ कर्फ्यु लगाइएको छ ।


No comments:

Post a Comment