एजेन्सी , चीन र रूसले मिलेर संसारकै सबैभन्दा शक्तिशाली ड्रोन विमान ‘डिवाइन ईगल’ बनाएको घोषणा गरेको केहि दिन बित्न नपाउदै अमेरिका ले एफ-३५ लडाकु विमान सार्वजनिक गरेको छ ।
अमेरिकाको क्यालिफोर्नियास्थित एडवर्ड वायुसेनाको ग्राउण्डमा परीक्षण गरिने एफ-३५ लडाकु विमान ३००० गोली हान्न सक्ने क्षमता भएको एक बिषेश बन्दुक जोडिएको छ ।
बिश्व हतियारको इतिहासमै महंगो मानिएको एफ-३५ लडाकू विमानको देब्रे पंखामा पनि बन्दुक लगाइएको छ । जसको एक मिनेटमा एक हजार गोली हान्न सक्ने क्षमता रहेको छ । एफ-३५ को परीक्षण यही महिनामा नै पूरा गरिने नौसेनाका लेफ्टिनेन्ट जनरल रोबर्ट सिमिडल बताए । एफ-३५ लडाकु विमानलाई ‘उड्ने कम्प्युटर’ नाम दिएको छ ।
No comments:
Post a Comment