काठमाडौं, ७ असोज । रोजगारीका लागि युएई आएको पाँच महिनामा नै एक नेपालीको ज्यान गएको छ । मोरङको लेटाङ १० खेरुवाका दिलिप चौंलागाईंको हृदयघातका कारण ज्यान गएको हो ।
गएको बुधवार राती खाना खाएर राम्रैसँग सुतेका दिलिप मध्यरातमा अचानक छटपटाएको र बेहोस भएको देखेर सोही कोठामा बस्नेहरुले अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको युएईमै कार्यरत मृतकका साढुदाइ खगेन्द्र ढुङगेलले जानकारी दिए ।
दिलिप पाँच महिना अघि मात्रै सारजाहमा रहेको कनमिक्स एलटिडी नामक सिमेण्ट फ्याक्ट्रीमा स्टोर किपरको रुपमा काम गर्न आएको थियो । मृतकको शव सारजाह अस्पतालमा राखिएको छ । कानूनी प्रक्रिया पूरा गरी शव नेपाल लैजान नेपाली दूतावाससँग समन्वय गरिरहेको कम्पनीले जनाएको छ |
No comments:
Post a Comment