Friday, September 23, 2016

प्रधानमन्त्री दाहालले दिए ​वैशाख १ भित्र मेलम्चीको पानी काठमाडौंमा ल्याउन निर्देशन

काठमाडौं,७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्ची खानेपानी आयोजना आगामी वैशाख १ गतेभित्र सक्ने गरी काम गर्न निर्देशन दिएका छन् । मेलम्ची खानेपानी आयोजना २०७४ सालको दसैँ अघि सक्ने गरी जिम्मा पाएको भएपनि वैशाख १ गतेनै सक्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री दाहालले शुक्रबार मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गर्दै वैशाख १ गतेभित्र आयोजना सक्ने गरी निर्देशन दिएका छन् । उनले राष्ट्रिय गौरबका आयोजनाहरु निर्माणमा ढिलासुस्ती हुने देखिएकोमा त्यो तोड्न पनि मेलम्ची खानेपानी आयोजना वैशाख १ गते सक्नु पर्ने भन्दै भने – ‘युद्धस्तरमा काम गर्नुस्, काममा समस्या आए सरकारले तत्काल समस्या समाधान गर्छ ।’ त्यस्तै बेलैमा आयोजना सम्पन्न गरेर पुरस्कृत हुन पनि प्रधानमन्त्री दाहालले आग्रह गरे ।

No comments:

Post a Comment