
साधारणतया बच्चाहरुलाई जब निन्द्रा लाग्ने गर्छ तब ऊ रुन कराउने थाल्छ । तब उनलाई कुनै पनि किसिमले फकाउने फुल्याउने जति कोशिश गरेपनि बेकार सावित हुन्छ । त्यस समय उनलाई जरुरी हुन्छ मिठो लोरीको साथ साथैशान्त माहौल र आमाको काखा । लोरी सुनाएर बच्चालाई सुताउने चलन बर्षौदेखि चलिआएको छ । आज पनि आमाहरुले आफनो बच्चालाई लोरी सुनाएर सुताउने गर्छिन् । विस्तारै विस्तारै र मिठो स्वरमा गाएएको गीत लोरीले बच्चाको दिमागमा धेरै असर पर्छ । यसको सुनी सुनी र विस्तारै विस्तारै मिठो निन्द्रातिर बढन थाल्छ
लोरी जी आवश्यक
लोरी बच्चालाई सुताउने सबैभन्दा प्यारो तरिका सझिने गरिएको छ । तर मात्र लोरी नै जरुरी छैन यसको साथ बच्चालाई शरिरमा हल्का हल्का धाप र काखमा उसलाई विस्तारै विसतारै हल्लाउने पनि धेरै मदतगार सावितहुन्छ । र यो प्रक्रिया तपाईलाई तबसम्मगर्नर्ुपर्छ जबसम्म बच्चा गहिरो निन्द्रामा सुति नहालोस् ।
लोरी सन्नेबितिक्कै किन सुत्ने गर्छ बच्चाहरु
लोरीको मिठो आवाजले बच्चाको ध्यान आसपासको आवाजहरुबाट हटन थालछ । बच्चाहरुलाई लगातारकाखमा हल्लाउनाले उसको नजर कुनै पनि चीजमा टिक्न पाउदैन । र विस्तारै नै केही छिनमा उसको आँखामा निन्द्रा आउन थाल्छ र विस्तारै विस्तारै आफनो आँखालाई बन्द गर्न थाल्छ ।
स्तनपान गराउदै
साधारणतया देखिएको छ कि बच्चाहरु आमाको काखमा स्तनपान गरिरहेको समयमापनिसुतिहाल्छ । यसतोमा उनको टाउकोमा विस्तारै विस्तारै हातले सुम्सुमाउनुहोस् जसले गर्दा उनको आँखामा निन्द्रा आउन थाल्छ । र जब ऊ निन्द्रामा सुतिहाल्छ तब उसलाई विस्तारै विस्तारामा सुताइदिनुहोस् ।
काखमा लिएर हल्लाउनुहोस् विस्तारै
बच्चालाई जब निन्द्रा आउँछ तब ऊ तपाईको काखमा सुत्न चाहन्छ । यस्तोमा बच्चालाई आफनो काखमा लिएर दाया बाया विस्तारै हल्लाउदै सुताउनुहोस् । विस्तारैविस्तारै उसको आँखा भारी हुन लाग्छ र थकावटको कारण आफनो आँखा बन्द गर्नमा मजबुर हुदै जान्छ । ध्यान रहोस् कि धेरै जोडे हल्लाउनाले बच्चा डराउन पनि सक्छ ।
प्रैम वा स्ट्रलरमा
कयौ पटक देखिएको छ कि बच्चा प्रैम वा स्ट्रलरमा बसी अगाडी पछाडी हल्ल्दै सुतिहाल्छ । यो प्रक्रिया बारम्बार गर्ना बच्चा विस्तारै विस्तारै निन्द्राको भावनामा गइहाल्छ ।
बच्चालाई नडराउनुहोस् Don't make him/her fearful
कहिले पनि बच्चालाई सुताउनलाई उसलाई नडराउनुहोस् । यस्तो गर्नाले उसको मनमा डर बस्न जान्छ जुन पछि गएर उसको व्यक्तित्वको विकासमा बाधन हुनेछ ।
बच्चालाई एक्लै नछोडनुहोस् Don't leave your baby alone
ध्यान राख्नुहोस् कि बच्चालाई सुताउदाको समय एक्लै कोठामा नछोडनुहोस् । जब कहिले पनि बच्चाको निन्द्रा खुल्छ तब ऊ आफूलार्इर्र्एक्लै कोठामा पाएर डराउन सक्छ । यस्तोमा जरुरी छ कि तपाईको उसको छेउछाउमा नै हुनुहोस् ।
बच्चालाई सुताउदा निम्न कुराहरुमाध्यान दिनुहोस्
- सुताउने ठाउँ सफा सुग्घर हुनुपर्छ ।
- जहाँ सुतेको छ त्यहा धेरै हल्ला हुनुहुदैन ।
- केही छिनमा हेरिरहनुहोला कि बच्चाले पिसाब त फेरिसकेको छैन
- यो हर्ेर्नुस कि बच्चालाई कुनैपरेशानी त छैन र उसमाथि राम्ररी ओढने कपडा बसिरहेको छ कि छैन-
- कोठा अध्यारो हुनुपर्छ ताकि जसले गर्दा बच्चालाई लागोस् कि अहिले रात नै छ ।
No comments:
Post a Comment