Saturday, September 24, 2016

युद्धको तयारीमा पाकिस्तान र भारत, पाकिस्तानी सेनाले स्लामावादको आकाशमा उडायो लडाकु विमान

काठमाडौं, ८ असोज । काश्मिरको उरीमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढेको विवादले युद्धको रुप लिने देखिएको छ ।

भारतले पाकिस्तानी सीमा नजिक बोफोर्स तोप राखेको र पाकिस्ताने युद्धको तयारी स्वरुप शुक्रबार आकाशमा लडाकु विमान उडाएपछि स्थानियले युद्ध सुरु भएको आशंका गरेका छन् ।

भारतले कशमिरसँग जोडिएको पाकिस्तानी सीमामा लामा र ठुलो दुरीको रकेट लञ्चर तयारी आवस्थामा राखेको छ ।

यस्तै पाकिस्तानले पनि युद्धको तयारी स्वरुप राजधानी स्लामावादको आकाशमा शुक्रबार केही लडाकु विमान उडाएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

No comments:

Post a Comment