Saturday, September 24, 2016

‘भारतलाई एक इन्च पनि जमिन दिन्‍न, जस्तोसुकै खतरासँग लड्न तयार’: पाकिस्तानी सेना प्रमुख

एजेन्सी। भारत र पाकिस्तानबीच घम्साघम्सी चलिरहेको बेला पाकिस्तानका सेना प्रमुखले भारतलाई युद्ध गर्ने कडा चेतावनी दिएका छन् । पाकिस्तानका सेना प्रमुख राहिल शरीफले भारतविरुद्ध युद्ध गर्ने चेतावनी दिएका हुन्। पाकिस्तानस्थित राष्ट्रिय आतंकवाद विरोधी केन्द्रको कार्यक्रमलाई शुक्रबार साँझ सम्बोधन गर्दै उनले भने, ‘आफ्नो प्यारो मातृभूमीको रक्षाका लागि पाकिस्तानी सैनिक सबैखाले चूनौतीहरुसँग लड्ने क्षमता राख्छ।’
2016-09-24_1635

उनले यदि भारतले आफ्नो भूमिमा आक्रमण गरे पाकिस्तानी सेनाले त्यसको बदला लिन तयार रहेको जिकिर गरेका छन्। उनले भनेका छन्, ‘ भारतले आक्रमण गरे पाकिस्तानले शसक्त प्रतिकार गर्छ। एक इन्च पनि पाकिस्तानको जमिन भारतमा मिल्न दिन्‍न।’ उनले आफ्नो मातृभूमिको लागि जस्तोसुकै कदम उठाउन तयार रहेको बताएका छन्। सेना प्रमुख शरीफले पाकिस्तानी सेनासँग जस्तोसुकै खतराको सामना गर्न सक्ने क्षमता रहेको बताउँदै पाकिस्तान पछिल्लो समयमा आतंकवादबाट धेरै पीडित भएको र त्यसखाले खतराको डटेर लड्न सक्षम भएको दाबी गर्दै आएका छन्।


No comments:

Post a Comment