Thursday, September 22, 2016

बच्चा जन्माएर झाडीमा फाल्ने आमा पक्राउ

जाजरकोट,असोज ७ । यहाँको भेरीमालिका नगरपालिका–१३ इमेचौरकी २६ वर्षीय कमला विकले बच्चा जन्माएर झाडीमा फालेको अवस्थामा फेला परेको छ ।
झाडीमा बच्चाको मृत्यु भएको प्रहरीले बताएको छ । बिहीबार बिहान कमलाले बच्चा फालेको थाहा पाएपछि उनका ससुरा रामबहादुर विकले प्रहरीमा खबर गरेपछि प्रहरी चौकी कुदुले पक्राउ गरेको छ ।
त्यस्तै, जिल्लाको खगेनकोट–७ मा वन फँडानी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवबहादुर विक र जसुन्त चदारा रहेको जिल्ला वन कार्यालयले बताएको छ । इलाका प्रहरी कार्यालय दल्ली र इलाका वन कार्यालय दल्लीको संयुक्त पहलमा उनीहरुलाई पक्राउ गरिएको हो ।

No comments:

Post a Comment