Thursday, September 22, 2016

वैद्य माओवादीले भोलि चक्काजाम र आइतबार उपत्यका बन्द गर्ने

काठमाडौं, ६ भदौ । आफ्नो नेता पक्राउ गरेको विरोधमा वैद्य माओवादीले चक्काजाम सहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

जबरजस्ती चन्दा असुली गरेको आरोपमा बुधबार काठमाडौंको बागबजारबाट पार्टीका केन्द्रीय सदस्य शिवराम यादव, अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय संयोजक राम नेपालीसहित चार जनालाई प्रहरीले पक्राउ गरेपछि विरोध जनाउँदै वैद्य माओवादीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार घोषितमा असोज ७ गते (भोलि) बिहान १० देखि ११ बजे सम्म चक्का जाम गर्ने, ८ गते शनिबार दिउँसो सिठ्ठी जुलुस र ९ गते काठमाडौं उपत्यका बन्दको कार्यक्रम गर्ने जानकारी दिएको छ ।

माओवादीले जबरजस्ती चन्दा दिन बाध्य नपारेको बताएको छ । यद्यपी उसले आर्थिक संकलन कार्यक्रम अन्तर्गत केन्द्रीय सदस्यसहित ११ जनालाई परिचालन गरेको जनाएको छ ।

No comments:

Post a Comment