Thursday, September 22, 2016

पाकिस्तानमा फाइटर विमानले युद्ध अभ्यास सुरु गरेपछि भारत आतंकित

काठमाडौं, ६ असोज । भारत प्रशासित क्षेत्र काश्मीको उरी क्षेत्रमा भएको आतंकवादी आक्रमण पश्चात भारत र पाकिस्तान युद्ध नजिक पुगेका विश्लेषण गर्न थालिएको छ ।
2016-09-22_1814

उरी क्षेत्रमा रहेको भारतीय सैन्य क्याम्पमा आतंकवादी आक्रमण हुँदा १७ जना सेना मारिएपछि भारतले सो आक्रमण पाकिस्तानले गराएको आरोप लगाएको छ । यसपछि विग्रिएको दुई देशको सम्बन्ध अब युद्ध तर्फ अग्रसरका भएको संकेत देखा परेको छ ।

पाकिस्तानले फाइटर विमान उडाएर युद्धको अभ्यास गरिरहेको छ । पाकिस्तानले भारतसँगको सीमावर्ती शहर लाहौरको सडकमा ‘हाई–मार्क’ एक्सरसाइज गरिरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

सुत्रको हवला दिँदै दिएको भारतीय सञ्चारमाध्यमको समाचारअनुसार पाकिस्तानले उत्तरी इलाकामा एयरस्पेसमा एयरफोर्सका फाइटर विमान (युद्ध विमान)ले युद्ध अभ्यास गरिरहेको छ ।

पाकिस्तानले युद्धको अभ्यास सुरु गरेपछि भारतभर आतंक छाएको छ । दुवै देश परमाणु शक्ति सम्पन्न छन् ।


No comments:

Post a Comment