Thursday, September 22, 2016

पाकिस्तानसँग भिड्न भारतमा भयो यस्तो तयारी, फ्रान्सबाट लडाकु विमान ‘राफेल’ झिकाऊंदै

rofel-fighter-plane
काठमाडौं, ६ असोज – भारतले पहिले देखि नै फ्रान्ससँग किन्ने भनेर चर्चा भएको लड़ाकू विमान ‘राफेल’ भारतको केन्द्र सरकारले फ्रान्ससँग किन्ने सम्झौता पक्का गरेको छ ।

भारतीका सञ्चारमाध्यमहरुका अनुसार भारत र फ्रान्सबीच भएको यस सम्झौता अनुसार शुक्रबाररसम्म दुवै देशका अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम तय भैईसकेको  छ । फ्रान्सको डसाल्ट एविएशन कम्पनीले निर्माण गर्ने यो एक विमानको मूल्य १ हजार  ६ सय २८ करोड रुपैया पर्छ । भारतले १० भन्दा बढी विमान ल्याउन लागेको बताइएको छ ।

पछिल्लो समय भारत प्रशासित काश्मिरमा आतंकवादी हमलामा १७ जना सैनिक मारिएपछि भारतले पाकिस्तानतर्फ आक्रमणको योजना बनाइरहेको समाचार आइरहेका छन् । भारतले पाकिस्तानबाट आतंकवादी आएर आफ्ना सैनिकमाथि हमला गरेको भन्दै पाकिस्तानतर्फका सीमा क्षेत्रमा आक्रमण गर्ने धम्की दिएको छ ।

भारतको धम्कीपछि पाकिस्तानले पनि सामना गर्न आफू तयार रहेको बताएको छ । एक रिपोर्टअनुसार हातहतियारको मामिलामा पाकिस्तान भारतभन्दा धेरै अगाडि रहेको बताइन्छ ।

यो रोफेल नाम गरेको लडाकु विमान रुस, अमेरिका लगायतका देशले बनाएको लडाकु बिमान भन्दा पनि  बढी क्षमतावान् विमान हो । यसबाट धेरै टाढाबाट पनि सिधै मार हान्न सकिन्छ।




No comments:

Post a Comment